भूकम्पपछि: आफ्नै गाउँको बारेमा

गोरखा बोर्लाङ् -७ महादेवटार, घाटबेसीका दाजुभाइ दिदीबहिनीहरू,

आज बिहान भाइ हरि (ऊ हिजो सोमबारदेखि घाटबेसीमै छ) र आमाबाट घाटबेसी-महादेवटारको अवस्था बारे जानकारी पाइयो । ।

अब त सबैलाई अवगत भइसक्यो होला – कि हाम्रो गाउँका अधिकांश घर या त पुरै सोत्तर भएका छन्, या बस्न नमिल्ने गरी धरापमय बनेका छन् । भाग्यकै कुरा मान्नु पर्छ, त्यत्रो तहसनहस हुँदा पनि मानवीय क्षति भएनछ । जब कि पारि सल्यान्टारमै २० जना जतिले ज्यान गुमाएछन् । र, गाउँमा भएको ‘सुविधा’ – खानेकुरा, पानी, र महामारीको चिन्ता कम छ ।

GhatbesiGorkha

भूइँचालो जानु अगाडिको घाटबेसी (२०६५) (तस्बीर: आफ्नै)

उत्तरी गोरखा, सिन्धुपाल्चोक, रसुवा आदिको तुलनमा हाम्रोमा भएको क्षतिलाई निकै ‘कम’ मान्नुपर्छ । त्यसैले राज्य तथा दात्रीराष्ट्रको ध्यान ती भेगमा जाने कुरा स्वभाविकै हो । हामी सभासदहरू र पूर्वप्रधानमन्त्रीहरूलाई भनसुन गर्न सक्छौं । भलै केही आश्वासन र सहयोग त आउला नै, तर त्यति उपलब्धीमूलक हुने छैन । किनभने, उनीहरूको नजरबाट हेर्दा बढ्ता महत्वपूर्ण ठाउँहरू अन्तै छन् । आखिर हामी वार्ड ६-७ लाई हेर्ने भनेको हामी नै हो । त्यसैले आजैबाट एउटा निश्चित उद्देश्य र रणनीति लिएर सबैजना गाउँले एकजुट हुन आवश्यक छ ।

प्रश्न आउँछ – अब के गर्ने ?

अबको हाम्रो सोचाइ भनेको असार-साउनको वर्षा कसरी कटाउने भन्ने हो । कसैको पनि धुरी नभएको अहिलेको परिप्रेक्षमा हामीलाई चाहिने भनेको जस्तापाता हो । कति वटा पाता चाहिन्छ, हिसाब गर्नुपर्यो । कहाँ पाइन्छ, बुझ्नु पर्यो । र कति पैसाको आवश्यक हुन्छ, इस्टमेट गर्नुपर्यो । जस्ता पाताको हिसाबकिताब गाउँमा भएका भाइबहिनीहरूलाई अनुरोध गरे आउला ।

दोश्रो कुरा, स्कूलको मर्मत हुन आउँछ । भिनाजु शिवप्रसाद ढकालले जानकारी दिएअनुसार जागेश्वर उच्च माविका भवनहरू पनि भत्किएका छन् । विद्यार्थीहरू बैशाख-जेठको घाममा बाहिर पढ्न सक्तैनन् । न त, महिनौं बिदामा बसाउन सकिन्छ । त्यसको लागि स्थानीयस्तरबाटै तत्काल के गर्न सकिन्छ, पहल गर्नुपर्छ । खर-स्याउलाका छानाहरू बनाएर भने पनि अस्थायी कटेरो बनाउनु उत्तम होला ।

तेस्रो, अन्य आवश्यक कुराहरूको विवरण पनि लिनु आवश्यक छ । जस्तै, औषधीमुलो र खानको लागि चिन्ता कम छ भने पनि केही दाजुभाइ‍-दिदीबहिनीहरूलाई तिनको आवश्यक हुन सक्छ । विवरण आएपछि कसरी सहयोग गर्न सकिन्छ छलफल हुन जरुरी छ ।

अन्त्यमा, हाम्रो आवश्यकता भनेका माथिका कुराहरू मात्र त अवश्य हैनन् । तर कम्तीमा पनि यिनको जोरजाम गर्न सके दशैंसम्म जसोतसो कटाउन सकिन्छ । र त्यसपछिको योजनाहरू बनाउँदै गर्न सकिन्छ ।

हामीले सामुहिक रुपमा देशभित्र र देशबाहिरबाट अर्थ संकलन पनि गर्न जरुरी छ । योजना र कार्वान्वयन गर्ने तरिकाहरू प्रष्ट पार्न सकियो भने दात्रीहरूलाई सहयोगको अनुरोध गर्न पनि सजिलो हुन्छ ।

हामी विदेशबाट राशि संकलन गरौं । काठमाण्डौंमा संकलन गरौं । अन्य ठाउँ र गाउँबाटै पनि संकलन गरौं । त्यसमाथि दात्रीहरूलाई पनि गुहारौं । तर व्यवस्थापनमा चाहिं आफैं नकस्सिए असारसम्ममा सामान उपलब्ध हुँदैन ।

आ-आफ्ना बिचारहरू राख्नुहोला ।

भूइँचालोपछिका केही दृष्यहरू । भरत भट्टको फेसबुक पेजबाट (ठुलो पारेर हेर्न तस्बीरमा क्लिक गर्नुहोस्):
https://www.facebook.com/bhattabharat/posts/812034642208925

Ghatbesi-after-earthquake-1

Ghatbesi-after-earthquake-2

Ghatbesi-after-earthquake-3

जापानमा चौध वर्ष

अप्रिल ४, २०१४ । जापानमा पाइला टेकेको १४ वर्ष पुरा भएछ । यो ‘चौध वर्षे वनवास’ कस्तो भयो त ? फर्केर विश्लेषण गर्दा यसो देखियो ।

  • २०००-०१ – नयाँ देश, नयाँ भाषा, नयाँ जीवन । सबै थोक नयाँ । सिकाइको एक वर्ष ।
  • २००१-०२ – नयाँ ठाउँ, कलेज जीवनको शुरुवात । सिकाइको अर्को वर्ष ।
  • २००२-०३ – आफ्नो मेजर बिषयका आधारभूत ज्ञान शुरु गरेको एक वर्ष ।
  • २००३-०४ – जापानी भाषा र कलेज जीवन बानी परेर केही शान्त बनेको एक वर्ष ।
  • २००४-०५ – अनुसन्धानको निमित्त प्रयोगशाला (research lab) मा दिनहरू बितेको वर्ष । BEडिग्री हात परेको वर्ष ।
  • २००५-०६ – पेपरहरू लेखेर जाग्राम रातहरू कटेको वर्ष ।
  • २००६-०७ – पेपर प्रेजेन्ट गर्दै हिंडेको, दिनभरि YouTube हेरेको, NESAJको उथलपुथलमा सहभागी भएको, जागीर मिलेको वर्ष । MS degree हात परेको वर्ष ।
  • २००७-०८ – जागीरे जीवनको शुरुवात । सिक्दा-सिक्दै, बुझ्दा-बुझ्दै, नबुझ्दा‍-नबुझ्दै बितेको वर्ष ।
  • २००८-०९ – पहिलोपटक आफैंले प्रोजेक्टहरू गरेको । टेन्सन् र असफलताको सामना गर्दै, पढ्दै-पर्दै बढेको वर्ष ।
  • २००९-१० – सिनियरसँग मिलेर निकै असजिला र गाह्रा प्रोजेक्टहरू ‘सजिलै’ गर्दै जाने तरिका सिकेको वर्ष ।
  • २०१०-११ – ठुला, असजिला, गाह्रा प्रोजेक्ट आफैं गर्दै गरेको वर्ष ।
  • २०११-१२ – जुनियर र अन्यलाई सिकाउँदै आफैं पनि बढेको एक वर्ष ।
  • २०१२-१३ – सिकाउँदै, सिक्दै टिम अँझ सशक्त बनेको वर्ष ।
  • २०१३-१४ – नयाँ र झनै गहारो वातावरणको वावजुद सबैजना मिलेर प्रोजेक्ट फत्ते गरेको वर्ष । फर्केर हेर्दा सिनियर भइसकिएछ कि क्या हो ? जस्तो लागेको वर्ष ।

एक मुस्ठमा भन्नुपर्दा यो चौध वर्ष सिक्नु र सिकाउनुको चौध वर्ष रहे । र प्रत्येक वर्ष सन्तुष्टिका वर्ष रहे । प्रत्येक वर्ष नयाँ सिँढी चढेको जस्तो ।

यस्तो मौका दिने जापान सरकार र जापानी जनतालाई धन्यवाद नदिइरहन सकिन ।

NEA-JC Symposium मा प्रस्तुत गरेको कार्यपत्र

आज Nepal Engineers Association Japan Chapter (NEA-JC) ले चिबा प्रिफेक्चर (टोकियोको आसपास) एउटा सिम्पोजियम आयोजना गर्यो । Seventh NEA-JC symposium on Current and Future Technologies नाम गरिएको उक्त सिम्पोजियमका प्रमूख अतिथि जापानका लागि नेपाली राजदुत डा मदनकुमार भट्टराई हुनुहुन्थ्यो ।

कार्यक्रममा मैले नेपाली हिज्जे संशोधन सफ्टवेरको बारेमा कार्यपत्र प्रस्तुत गरेको थिएँ ।

कार्यक्रमको रुपरेखा : Click here

कार्यक्रममा प्रस्तुत गरेको मेरो स्लाइड हेर्न यता : Click here

मेरो कार्यपत्रको दुई पृष्ठको रिपोर्ट हेर्न यता : Click here

मेरो प्रेजेन्टेसनलाई सुनेर र रोचक प्रश्न तथा प्रतिकृया दिनुहुने सबै श्रोताहरूलाई धन्यवाद छ । र, कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने अवसर दिएकोमा NEA-JC प्रति पोहोर-परार झैं यस वर्ष पनि कृतज्ञ छु ।

Information Ethics

The #JustineSacco case today reminded me of the Information Ethics lectures I took in the graduate school.

Who is Justine Sacco anyway ? While I leave it on to you and google for her background check, it is fair to say she represents a big institution. And this fact has worked against her in today’s case.

Just before the lady boarded her flight to South Africa today, she tweeted this.

JustineSaccoTweet

That came from a senior PR executive of a company that owns Dictionary.Com, Match.Com, and many more. While she remained in bliss for the next 11 hours thousands of feet up in the sky, probably with some red wine in a business-class seat, the cyber-world below went turbulent.

She trended worldwide : #HasJustineLandedYet

TweetTrend

Ms Sacco’s tweet came, most probably, out of light humor. But not many were amused. She now has her Twitter account suspended. She has offended millions of people. And her career could be in question.

Definitely, the information you send in Facebook and Twitter does not necessarily reach the receiver the way you want it to. People are people after all – they have their own ways of interpreting your message.

A few months back, a professor of my own university found himself in disgrace after repetitively firing offensive tweets.


The professor eventually tweeted an apology. That came only in the next morning after visiting his furious bosses. Meanwhile, he did not forget to blame alcohol for his actions.


Next is a case of Mr Prakash Dahal. This is a screen capture of his Facebook statuses before and during the vote-counting of the recent election. See the contradiction. He should be thanking the lord for filling Nepalis with merciful DNAs. 🙂

Prakash-Dahal-tweets

Moral of the story : use the social media to the full. But be careful of the consequences your actions may invite. Go through your post for one last time before clicking Post/Enter/Reply buttons. You may be about to make a fool of yourself. Your reputation and career may be at risk.

In the age of social media, ethics is critical.

Picture sources :


NEA-JC Workshop को झलक

गत हप्ता टोकियोमा Nepal Engineers Association, Japan Center (NEAJC) ले एक दिवशीय सेमिनार आयोजना गर्यो ।

कार्यक्रमको बारेमा टोकियो-नेपाल डट कमले समाचार राखेको रहेछ । त्यतै पढ्दा ठिक होला – इन्जिनियर्स एशोसिएशन जापानको विचार-गोष्ठी सम्पन्न

कार्यक्रममा त्यस्तै २५-३० जना जति सरिक हुनुहुन्थ्यो । त्यसलाई निकै बाक्लो उपस्थिति मान्नु पर्छ । मूख्य अतिथिका रूपमा नेपाली राजदूत डा मदनकुमार भट्टराई आउनुभयो । र पहिलेका कार्यक्रमहरूका राजदूतावास प्रतिनिधिले झैँ भाषण र फोटो-सेसन सकेर बाहिरिनु भयो ।

सधैँ झैँ बाँकी कार्यक्रम पनि रमाइलो र ज्ञानबर्धक दिन रह्यो । जापानका बिभिन्न ठाउँबाट पाल्नुभएका ईन्जिनियरहरूसँग भेट भयो । गफहरू आदानप्रदान गर्ने मौका मिल्यो । नयाँ पुराना-इन्जिनियरहरूले आफ्ना-आफ्ना अनुसन्धान र अनुभवहरू सुनाउनुभयो । NEA-JC र व्यवस्थापन समितिका प्रमूख ध्रुव पन्थीलाई धन्यवाद!

कार्यक्रमको रुपरेखा हेर्नको लागि यता क्लिक गर्नुहोस् । र मेरो प्रस्तूतिको स्लाइडहरू हेर्न यहाँ क्लिक गर्नुहोला

मेरो प्रेजेन्टेसनका मूख्य बुँदाहरू यसप्रकार रहेका थिए –

  • सफ्ट्वेयर बिकासबारे सामान्य धारणा कस्तो छ र वास्तविकता कस्तो हुन्छ ?
  • सफ्ट्वेर किन र केका लागि ?
  • सफ्ट्वेर बिकासक्रममा प्रोजेक्ट शुरु गरेदेखि रिलिज गरून्जेलसम्म के-कस्ता काम गरिन्छ ?
  • सफ्ट्वेयरहरूको मूल्यांकन कसरी गरिन्छ ?
  • IT प्राविधिक हुनको लागि के-कस्ता क्षमता चाहिन्छ ?
  • सफल IT प्राविधिकहरूका के-कस्ता गुण हुन्छन ?
  • उपसंहारमा – सफ्ट्वेयरमा कोडिङ् बाहेक अन्य काम पनि छन्। अन्य क्षेत्रमा झैँ सफल हुन परिश्रम र smartness चाहिन्छ ।



प्रमूख अतिथि बिदा हुनु अगाडि लिइएको सामुहिक तस्वीर । सौजन्य – सुदर्शन भण्डारी

NEA-JC Workshop, 2012

Nepal Engineers Association, Japan Chapter (NEA-JC) is organizing a workshop on Dec 11. It will be held in University of Tokyo, Komaba campus. The Nepalese ambassador to Japan, Dr. Madan Kumar Bhattarai, is the chief guest. And I am presenting. If you are interested and are nearby, do attend !

Nepal Engineers’ Association Japan Center (NEA-JC)
The Sixth Symposium on Current and Future Technologies
9 December 2012 (Sunday), Tokyo

PROGRAM VENUE
Institute: Institute of Industrial Science (IIS), Komaba Research Campus, The University of Tokyo
Address: 4-6-1 Komaba, Meguro-ku, Tokyo 153-8505
Room: Seminar Hall As 313/314
Contact Numbers: Dhruba Panthi (090-6650-5562), Laxmi Prasad Suwal (080-4720-4754)
Access: The most convenient station: YOYOGIUEHARA station (Chiyoda/Odakyu Line); other nearest stations are IKENOUE station, KOMABATODAIMAE station and HIGASIKITAZAWA
Visit http://www.iis.u-tokyo.ac.jp/access_e/access_e.html for accessdetails.

About my presentation

Title: Software Development and Skill Requirements of Successful IT Professionals
Speaker: Er. Kumar Simkhada
Abstract: With the fast changes in consumer trends and user needs, enterprises require speedy, cost effective, and reliable software to implement their business plans. Moreover, such software need to be highly flexible for future modifications. This presentation highlights the different kinds of software widely used in enterprises. In particular, it differentiates corporate-specific software with package software and points out the areas Nepalese IT professionals can take advantage of. It also discusses the different phases of software development. I point out the tasks carried out in each phase and showcase their importance for the project and for business sustainment. Also, highlighted are the capabilities required of IT professionals and project managers. Pre-requisites for IT engineers include expertise in different programming languages and intuition to detect bugs. Furthermore, to be successful, it is necessary to fully understand user requirements and to foresee potential changes the user may demand. Other capabilities include logical thinking, communication skills, ability to make right decisions, and ability to execute tasks according to plan.

See the complete program details here.


टोकियोमा तीज – २०१२

मलाई तीज भन्ने बित्तिकै एकदम अनौठो अनुभूति हुन्छ । जब म दश वर्षभन्दा सानो थिएँ, गाउँका महिलाहरू भेला भएर नाचेको झिनो सम्झना छ । उनीहरू तीज शुरु हुनुभन्दा एक महिना अगाडिदेखि नै बेलुका-बेलुका टुकीको उज्यालोमा गीत गाउँथे – सायद त्यो ‘रिहर्सल’ हुन्थ्यो । हामी आँखा मिचीमिची भए पनि निद्रासँग जुध्दै हेर्न जान्थ्यौँ ।

दश वर्षको भएपछि पोखरामा छात्रावास जीवनले गाँज्यो । छात्रावासमा तीजमय दिनहरू देख्न पाइएन । तर प्रत्येक तीजको दिनमा हामीलाई ‘हापछुट्टी’ गराएर बाटुलेचौरमा लगिन्थ्यो, जहाँ विशाल मेला लाग्थ्यो । गीतहरू बेस्सरी जम्थे । तर प्रत्येक तीजको दिन हाम्रो लागि पौडी खेल्ने सूवर्ण अवसरको रूपमा आउँथ्यो । तीजको निउमा बाटुलेचौर पुगेपछि हामी सुटुक्क तल कालीखोलामा झर्थ्यौँ । पोखरामा बिताएका नौ वर्षमा सायद प्रत्येक नौ वर्ष त्यसरी नै बिताएको हुनुपर्छ ।

२०-२२ वर्षपछि खास तीजका गीतहरू सुन्न यस वर्ष पाइक पर्यो ।

अहिले जापानभरि तीज लागेको छ । अघिल्लो हप्ता एउटा कार्यक्रममा गइएको थियो, र आज अर्को । आजको कार्यक्रम अन्तराष्ट्रिय नेपाली समाज जापान र नारीकुञ्ज जापानले संयुक्त रुपमा आयोजना गरेका रहेछन् । कार्यक्रममा नेपालबाट निम्त्याइएका कलाकारहरू र स्थानीय कलाकारहरूको जमघटले निकै रोचक भयो ।

कार्यक्रम ढिलो शुरु हुने, व्यवस्थापकीय त्रुटीहरू छरपस्ट हुने, र दर्शकहरू अलि अव्यवस्थित हुने जस्ता कुराहरू नेपाली कार्यक्रमहरूमा हुने नै भए । जो म यहाँ skip गर्छु ।

कार्यक्रम नेपालबाट आएका तीन कलाकारहरू – मञ्जु पौडेल, पशुपति शर्मा, र राधिका हमालले चलाए । माइक उनीहरूको हातमा परेदेखि नछोडुञ्जेलसम्ममा सबै दर्शकहरू उनीहरू पुरै controlमा लिए । नेपाली संगीतले व्यवसायिकतामा यति चाँडै यसरी फड्को मारिसकेछ । यी तीन कलाकारले दर्शकहरूलाई साँढे तीन घण्टा लगातार मनोरञ्जन दिइरहे, रोमाञ्चकता बढाइरहे, र दर्शक अलि सेलाएको जस्तो देख्ने बित्तिकै heat बढाइरहे ।

मञ्जु पौडेलको उद्घोषण सशक्त थियो । उनी रसिक रहिछन् । उसो त पशुपति शर्मा पनि जस्तो सुकै मसला दिएर भए पनि दर्शकलाई मनोरञ्जन दिन पछि पर्दा रहेनछन् – धेरै पटक आफूलाई कालु र तालुको उपाधि दिएर/पाएर हँसाइरहे । राधिका हमाल पनि बिचबिचमा यस्तै मसलाहरू प्रयोग गर्दै हँसाउँदै थिइन् ।

यो कार्यक्रम मैले अहिलेसम्म जापानमा देखेको नेपाली सांस्कृतिक कार्यक्रमहरूमा सबभन्दा सफल र उत्कृष्ट लाग्यो । कार्यक्रममा कम्तीमा ५-७ सयदेखि एक हजारसम्मको उपस्थिति थियो । त्यसमा अधिकांश महिला थिए । अधिकांश महिला भएर नै कार्यक्रम मर्यादित, अनुशासित, र मनोरञ्जक बन्न पुग्यो । केटाहरू मात्रै भएका भए पिटापिट चलिहाल्थ्यो होला (अनुभवका आधारमा भन्दा) । कार्यक्रम हेर्न आउने जो कोहीले १,००० येनमा त्यो भन्दा अधिक मूल्यको मनोरञ्जन लिए ।

गत १०-१२ वर्षमा नेपाली बजारमा आएका लोकगीतहरूबारे अनभिज्ञ रहे पनि आजको कार्यक्रम देख्ता लाग्यो नेपाली लोक गीतको भविष्य राम्रो रहेछ । नेपालीहरूलाई सही रूपमा मनोरञ्जन दिन सक्ने आखिर लोक गीत नै रहेछ भन्ने प्रत्याभूति भयो । किनभने नेपालीको रगतमा लोकगीत नै बहेको छ । नेपालबाट रकब्यान्डहरू ल्याएर प्रवासको दर्शकलाई मनोरञ्जन दिन खोज्नु भनेको अर्थहिन र फिका जस्तो लाग्यो ।

कार्यक्रमका केही भिडियोहरू युटुबमा राखेको छु । फोनले हलको सबभन्दा पछाडिबाट लिएको हुनाले त्यति प्रष्ट त छैन तर कार्यक्रमको रौनकता भने प्रष्टै देख्न सकिन्छ ।

मञ्जु पौडेलले ‘तीज आयो’ बोलबाट गीत शुरु गरिन् र बिस्तार बिस्तार दर्शकहरूलाई dance floor मा तानिन् ।

मञ्जु पौडेलको ‘पोहोरको जामा छोटो भो आमा’ ।

पशुपति शर्माको ‘हेर्न है बटुली यसरी हो नाच्ने’ ।

पशुपति शर्माको अर्को गीत ।

राधिका हमाल र स्थानीय कलाकारहरू भगवती उप्रेती अनि युवराज आचार्यको गीत पनि रेकर्ड गर्ने इच्छा त थियो तर आईफोनको ब्याट्री सकिएकोले भिडियो यति मात्रै ।

तीजको उपलक्ष्यमा सबै दिदीबहिनीलाई शुभकामना !

September 16, 2012

GBS Revisited

Visited my high school, Gandaki Boarding School (GBS), in May earlier this year. I had last been there more than 12 years back, just a month before I first left for Japan.

So many changes. Most of the teachers who taught me have either left or retired. Those who remain surprised me with grey-hair. I could see many young teachers – most of them younger than myself. The number of students seems to be significantly higher as there are more sections. The bars in hostel somehow looked weird. The roofs — of all the buildings- hostels, dining hall, and the gymnasium — seriously need repairing; the brown roofs make them look very old.

There is a new building for the Gandaki College of Engineering and Sciences (GCES) in the farm area where we grew corns and planted oranges in our Agriculture class. Of course, those trees are gone.

Enjoy some pictures from my trip.

[nggallery id=2]


Kinkazan Island

Kinkazan (金華山) is a small island in the Pacific coast of Miyagi prefecture, Japan. It is a beautiful and naturally rich piece of land with deers roaming around freely. The whole island is forested and is a part of a 445 meter high mountain, which we would call hill in Nepal 🙂

On March 11, 2012, it was badly hit by the Tohoku Earthquake and Tsunami as it was one of the closest land parts from the epicenter.

We were there in 2006. Then, things were good – plenty of visitors and fishermen in ships and on ground. We were on a hike to the top of the mountain and around the island. We drove to Ishinomaki port, one of the most badly hit areas of the earthquake and tsunami. Then we sailed to the island by ferry. Here are a few shots from that trip.

[nggallery id=1]

To view some pictures of the aftermaths of the earthquake and the tsunami, visit this blog.