Best Mystery Movies

For all mystery loving people – if you are planning to spend some of your summer time (or the end of it) with mystery movies, here are some tips. My ratings for the top 10 of the IMDB’s List of Best Mystery Titles.

1. Inception (2010) – 4 stars
I would not index it under mystery. Otherwise, excellent concept. It is about entering the subconsciousness of targets through dreams to extract secrets. There are rules regarding the projections and the reality, and also to switch from one to another. The movie gets complicated in course with the characters entering dreams of higher level – dreams within dreams. To understand, you’d need to listen to the dialogues carefully.

2. Rear Window (1954) – 3 stars
You can not blame it for too few twists and turns; it is a 1954 movie after all. The leading character has a broken leg. So, he is confined to his room. He lazily watches the tenants in the other building day in day out. In course, he suspects a guy has murdered his wife. The remaining part of the movie is to prove this point.

3. Se7en (1995) – 5 stars
The best part of this movie is Kevin Spacey’s surprise appearance. Not a pleasant ending, but full of surprises. Morgan Freeman and Brad Pitt, as usual, perform brilliant.

4. The Usual Suspects (1995) – 5 stars.
Perfect in terms of narration (Kevin Spacey) and the way the story unfolds. As is the case with mystery movies, the last few minutes come as a surprise, thrill, pleasure, and you name what.

5. Psycho (1960) – 4 stars.
The story is just like something you would imagine from the title. The movie is about a murder (or rather, about the murderer) of young beautiful office lady who runs away with $40,000 from her boss. Needless to say, there is a psycho killer. There is a unique medical explanation behind the mental disability. A movie of such quality story in 1960 – must have been a blood-buster then.

6. Memento (2000) – 4 Stars
The best part of the story is the timeline which goes backwards. To understand the story, you will have to go over the story again – this time from the end to the opening scene. It is about a guy who memory lasts only 15 minutes – the idea inspired in an Aamir Khan movie too.

7. North by Northwest (1959) – 3 Stars
Another classic movie all right. But from mystery perspective, could not rate higher. This movie would rather be classified as a romance thriller.

8. Citizen Kane (1941) – 1 Star
Can not rate it precisely. Some story about an American media moghul. I dozed off almost throughout the movie and eventually switched off to YouTube for some interesting clips.

9. Vertigo (1958) – 4 Stars
A mix of thrill, romance, and suspense. This oldie is gold. One moment you would be expecting some ghost to come out, and the next you would wonder who would be perpetrating a crime. Does not bring new twists every now and then, but you will enjoy it. In the meantime, it is fun to see San Francisco of 1958.

10. The Shining (1980) – 4 Stars
Based on Stephen King’s horror novel and starring Jack Nicholson. So, you’d be quite motivated to watch this movie. Very brilliantly made. The end makes you feel yuck.

टोकियोमा तीज – २०१२

मलाई तीज भन्ने बित्तिकै एकदम अनौठो अनुभूति हुन्छ । जब म दश वर्षभन्दा सानो थिएँ, गाउँका महिलाहरू भेला भएर नाचेको झिनो सम्झना छ । उनीहरू तीज शुरु हुनुभन्दा एक महिना अगाडिदेखि नै बेलुका-बेलुका टुकीको उज्यालोमा गीत गाउँथे – सायद त्यो ‘रिहर्सल’ हुन्थ्यो । हामी आँखा मिचीमिची भए पनि निद्रासँग जुध्दै हेर्न जान्थ्यौँ ।

दश वर्षको भएपछि पोखरामा छात्रावास जीवनले गाँज्यो । छात्रावासमा तीजमय दिनहरू देख्न पाइएन । तर प्रत्येक तीजको दिनमा हामीलाई ‘हापछुट्टी’ गराएर बाटुलेचौरमा लगिन्थ्यो, जहाँ विशाल मेला लाग्थ्यो । गीतहरू बेस्सरी जम्थे । तर प्रत्येक तीजको दिन हाम्रो लागि पौडी खेल्ने सूवर्ण अवसरको रूपमा आउँथ्यो । तीजको निउमा बाटुलेचौर पुगेपछि हामी सुटुक्क तल कालीखोलामा झर्थ्यौँ । पोखरामा बिताएका नौ वर्षमा सायद प्रत्येक नौ वर्ष त्यसरी नै बिताएको हुनुपर्छ ।

२०-२२ वर्षपछि खास तीजका गीतहरू सुन्न यस वर्ष पाइक पर्यो ।

अहिले जापानभरि तीज लागेको छ । अघिल्लो हप्ता एउटा कार्यक्रममा गइएको थियो, र आज अर्को । आजको कार्यक्रम अन्तराष्ट्रिय नेपाली समाज जापान र नारीकुञ्ज जापानले संयुक्त रुपमा आयोजना गरेका रहेछन् । कार्यक्रममा नेपालबाट निम्त्याइएका कलाकारहरू र स्थानीय कलाकारहरूको जमघटले निकै रोचक भयो ।

कार्यक्रम ढिलो शुरु हुने, व्यवस्थापकीय त्रुटीहरू छरपस्ट हुने, र दर्शकहरू अलि अव्यवस्थित हुने जस्ता कुराहरू नेपाली कार्यक्रमहरूमा हुने नै भए । जो म यहाँ skip गर्छु ।

कार्यक्रम नेपालबाट आएका तीन कलाकारहरू – मञ्जु पौडेल, पशुपति शर्मा, र राधिका हमालले चलाए । माइक उनीहरूको हातमा परेदेखि नछोडुञ्जेलसम्ममा सबै दर्शकहरू उनीहरू पुरै controlमा लिए । नेपाली संगीतले व्यवसायिकतामा यति चाँडै यसरी फड्को मारिसकेछ । यी तीन कलाकारले दर्शकहरूलाई साँढे तीन घण्टा लगातार मनोरञ्जन दिइरहे, रोमाञ्चकता बढाइरहे, र दर्शक अलि सेलाएको जस्तो देख्ने बित्तिकै heat बढाइरहे ।

मञ्जु पौडेलको उद्घोषण सशक्त थियो । उनी रसिक रहिछन् । उसो त पशुपति शर्मा पनि जस्तो सुकै मसला दिएर भए पनि दर्शकलाई मनोरञ्जन दिन पछि पर्दा रहेनछन् – धेरै पटक आफूलाई कालु र तालुको उपाधि दिएर/पाएर हँसाइरहे । राधिका हमाल पनि बिचबिचमा यस्तै मसलाहरू प्रयोग गर्दै हँसाउँदै थिइन् ।

यो कार्यक्रम मैले अहिलेसम्म जापानमा देखेको नेपाली सांस्कृतिक कार्यक्रमहरूमा सबभन्दा सफल र उत्कृष्ट लाग्यो । कार्यक्रममा कम्तीमा ५-७ सयदेखि एक हजारसम्मको उपस्थिति थियो । त्यसमा अधिकांश महिला थिए । अधिकांश महिला भएर नै कार्यक्रम मर्यादित, अनुशासित, र मनोरञ्जक बन्न पुग्यो । केटाहरू मात्रै भएका भए पिटापिट चलिहाल्थ्यो होला (अनुभवका आधारमा भन्दा) । कार्यक्रम हेर्न आउने जो कोहीले १,००० येनमा त्यो भन्दा अधिक मूल्यको मनोरञ्जन लिए ।

गत १०-१२ वर्षमा नेपाली बजारमा आएका लोकगीतहरूबारे अनभिज्ञ रहे पनि आजको कार्यक्रम देख्ता लाग्यो नेपाली लोक गीतको भविष्य राम्रो रहेछ । नेपालीहरूलाई सही रूपमा मनोरञ्जन दिन सक्ने आखिर लोक गीत नै रहेछ भन्ने प्रत्याभूति भयो । किनभने नेपालीको रगतमा लोकगीत नै बहेको छ । नेपालबाट रकब्यान्डहरू ल्याएर प्रवासको दर्शकलाई मनोरञ्जन दिन खोज्नु भनेको अर्थहिन र फिका जस्तो लाग्यो ।

कार्यक्रमका केही भिडियोहरू युटुबमा राखेको छु । फोनले हलको सबभन्दा पछाडिबाट लिएको हुनाले त्यति प्रष्ट त छैन तर कार्यक्रमको रौनकता भने प्रष्टै देख्न सकिन्छ ।

मञ्जु पौडेलले ‘तीज आयो’ बोलबाट गीत शुरु गरिन् र बिस्तार बिस्तार दर्शकहरूलाई dance floor मा तानिन् ।

मञ्जु पौडेलको ‘पोहोरको जामा छोटो भो आमा’ ।

पशुपति शर्माको ‘हेर्न है बटुली यसरी हो नाच्ने’ ।

पशुपति शर्माको अर्को गीत ।

राधिका हमाल र स्थानीय कलाकारहरू भगवती उप्रेती अनि युवराज आचार्यको गीत पनि रेकर्ड गर्ने इच्छा त थियो तर आईफोनको ब्याट्री सकिएकोले भिडियो यति मात्रै ।

तीजको उपलक्ष्यमा सबै दिदीबहिनीलाई शुभकामना !

September 16, 2012

GBS Revisited

Visited my high school, Gandaki Boarding School (GBS), in May earlier this year. I had last been there more than 12 years back, just a month before I first left for Japan.

So many changes. Most of the teachers who taught me have either left or retired. Those who remain surprised me with grey-hair. I could see many young teachers – most of them younger than myself. The number of students seems to be significantly higher as there are more sections. The bars in hostel somehow looked weird. The roofs — of all the buildings- hostels, dining hall, and the gymnasium — seriously need repairing; the brown roofs make them look very old.

There is a new building for the Gandaki College of Engineering and Sciences (GCES) in the farm area where we grew corns and planted oranges in our Agriculture class. Of course, those trees are gone.

Enjoy some pictures from my trip.

[nggallery id=2]


जापानको सीमाविवाद र नेपालको लागि शिक्षा

जापानको लागि अहिले सबभन्दा टाउको दुखाईको विषय बनेको छ – सीमाविवाद । यो कतातिर जाँदैछ र नेपालले के शिक्षा लिन सक्छ, छलफल गरौँ ।

जापान – टापूहरूको देश । वरिपरिका तीनै वटा राष्ट्र – रूस, दक्षिण कोरिया, र चीनसँग बिभिन्न टापुहरूको विषयलाई लिएर लामो समयदेखि विवाद पर्दै आएको छ । पछिल्लो समयमा विशेष गरी चीन र कोरियासँगको झगडाले चर्को रूप लिएको छ ।

माटोको मूल्य अमूल्य । चीनियाँ, कोरियाली, र जापानीहरू अधिक राष्ट्रप्रेमी देखिन्छन् । त्यसैले यो सीमाविवाद अँझै चर्किने सम्भावना देखिन्छ । विवादित टापुहरू आर्थिक रूपले महत्त्वपूर्ण सम्भावना बोकेका कारणले पनि सबै मुलुक आफ्नो पोजिसनमा अडिग छन् ।

रूस
रूससँगको सीमाविवाद दोश्रो विश्वयुद्धजति नै पुरानो हो । जापानको उत्तरी टापु होक्काइडोभन्दा अँझै उत्तरतर्फका टापुहरूमा रूसले आफ्नो नियत्रणमा लिएको छ । यद्यपि जापानले आफ्नो दावी अँझै छोडेको छैन । केही वर्ष अगाडि मात्रै जापानी माझीहरूलाई रूसले नियन्त्रणमा लिँदा एक जनाको ज्यान गएको थियो । गत महिना मात्र रूसी प्रधानमन्त्री मेडभेडले यो टापुको भ्रमण गरी आफ्नो नियन्त्रणको सन्देश दिए । यो टापु रूसको लागि प्रसान्त महासागरमा निस्कने महत्त्वपूर्ण नाका भएकोले रूसले आफ्नो दावी छोड्ने सम्भावना देखिँदैन ।

दक्षिण कोरिया
जापानी भाषामा ताकेसिमा र कोरियालीमा दोकुतो नामको टापु अर्को विवादित टापु हो । यो टापुलाई कोरियालीहरूले लामो समयदेखि हक हालिरहेको छ । जापानीहरू फेब्रुअरी २२ तारिखलाई ताकेसिमा-दिवसको रूपमा लिने गर्छन् । यो टापु कोरियाली नियन्त्रणमा छ भने पनि हुन्छन् । गत महिना कोरियाली राष्ट्रपति ली म्युन-बाकले यस टापुमा पुगेर ‘कोरिया’ शब्दलाई सुम्सुम्याएका दृष्यहरूले निकै चर्चा पाए । कतिले यसलाई राष्ट्रपतिको पुन-निर्वाचनको लागि लिइएको पब्लिसिटी स्टन्टको रूपमा हेरेका छन् । तर कोरियालीहरू राष्ट्रवादी विषयलाई यति उच्चस्तरमा प्राथमिकता दिएकोमा उनको समर्थनमा देखिन्छन् – उनकै चाहना बमोजिम । अनि जापानी प्रधानमन्त्रीले कोरियाली राष्ट्रपतिलाई पठाएको ‘बिरोध पत्र’लाई कोरियाले अस्वीकार गरेर फिर्ता गरेको, अनि त्यसलाई जापानले फिर्ता लिन नमानेको अचम्मको समाचारहरू पनि देख्न पाइयो । त्यसपछि कोरियाली केटाहरू उक्त टापुसम्म पौडेर जाने, टापुभित्र बास्केटबल म्याच गरेको, आदि दृष्य पनि देखिन आएका छन् । लन्डन ओलम्पिकमा कोरियाली फुटबल खेलाडीले ‘ताकेसिमा हाम्रो हो’ भन्ने प्लेकार्ड लिएकोले पुरस्कार वितरण समारोहबाट बञ्चित भएको पनि देखियो ।

चीन
रूस र कोरियालीहरूसँगको विवाद र चीनसँगको बिबादमा के फरक छ भने, यहाँ मात्र जापानको नियन्त्रण देखिन्छ । जापानसँग बिबादित सेन्काकु-टापुहरूमा केही वर्ष यतादेखि चीनको दावी चर्किँदै आएको छ । यी टापुहरू वरिपरि प्राकृतिक ग्याँसहरू भएको प्रमाणहरू भेटिएका छन् । त्यसमाथि पनि प्रसान्त महासागरको ‘गेट’को रूपमा भौगोलिक रूपमा भूमिका खेल्न सक्ने भएर यी टापुको आर्थिक महत्त्व झनै बढेको छ । पोहोर चीनिया डुङ्गाहरू सिधै जापानीको कोस्टगार्ड डुङ्गासँग ठोक्किएको तस्वीर युटुबमा सार्वजनिक हुँदा निकै चर्चा पायो । गत महिना हङ्कङ्बाट माछा मार्नेहरू जहाजमा सेन्काकु-टापुमा प्रवेश गर्न खोज्दा जापानी कोस्टगार्डले नियन्त्रणमा लिई डिपोर्ट गरे । त्यसको विरुद्ध चीनमा व्यापक विरोध भयो । जापानी कम्पनीहरूमाथि ढुङ्गामुढा भए । जापानी कुटनीतिज्ञको गाडीमाथि आक्रमण भयो । यता जापानको राजधानी टोकियो प्रिफेक्चरका मेयर सिन्तारो इसिहाराले सेन्काकु-टापुलाई सरकारसँग २ अरब येनमा खरिद गर्ने योजना सार्वजनिक गरे । यो कदमलाई जापानमा निकै सकारात्मक रूपमा हेरिएको छ । इसिहारा आफैँमा प्रचुर राष्ट्रवादी (नेस्नलिस्ट)को रुपमा चिनिन्छन् ।

अमेरिकाको ‘असंलग्न नीति’
यी विवादित टापुहरूसम्बन्धमा कुनै न कुनै रूपमा ऐतिहासिक (र अहिले पनि) रूपमा महत्त्वपूर्ण भूमिका रहे पनि यी सबै विवादबिच अमेरिका भने केही प्रतिकृया दिन चाहिरहेको छैन । जापान र दक्षिण कोरिया उसको लागि महत्वपूर्ण ‘मित्र’हरू हुन् । चीन पनि उसको सबभन्दा ठुलो व्यापारिक मित्र हो । ऊ यी देशहरूले वार्ताद्वारा समस्या समाधान भएको देख्न चाहन्छ । र, त्यसको सम्भावना न्यून देखिन्छ ।

नेपालको लागि शिक्षा
चीनियाहरूको सीमाविवाद नहुने छिमेकी राष्ट्र नै कुनै पो होला र ? बीपीको पालासम्म पुरै नेपालको रहेको सगरमाथा, महेन्द्रको पालामा आधा चीनको भइसकेको अवस्था छ । पूर्वी एशिया र जापानमा सगरमाथालाई चीनको ‘छोमोलोङ्मा’ भनेर चिन्नेहरू धेरै छन् ।चीनको बढ्दो आर्थिक शक्ति र बिकराल स्वरूपसँग नेपाल सजग हुने अवस्था आइसकेको छ । अहिले हामी नेपाललीलाई चीनिया सीमा मिलाउने सायद अन्तिम मौका छ । कुनै दिन यस्तो देख्न नपरोस् जब सगरमाथा चढ्न चीनिया भिसाको आवस्यक पर्नेछ । उत्तरी भेगको सीमामा नेपाली बस्तीहरू र सीमाबलहरू तैनाथ नगरे वर्षै पिच्छे एउटा-एउटा डाँडो गरी नेपाल मिचिँदै नजाला भन्न सकिन्न । झन अहिलेको तरल राजनैतिक अवस्था अँझै चल्ने र र ‘सस्ता’ अनि नैतिकहीन नेताहरूमा राज्यको चाबी पनि बसिरहने हो भने माथि उल्लेख गरेको अवस्था नआउला भन्न सकिन्न ।

Related
Japan’s Territorial Disputes – by John Sylvester
Soviet–Japanese border conflicts
Liancourt Rocks (Takeshima)
Senkaku Islands dispute


HeNN को लागि संकलित रकम हस्तान्तरित

Help Nepal Network (HeNN)को १० करोडको अक्षयकोषको लागि गत एक महिनादेखि संकलन गरेको रकम आज सेप्टेम्बर १ गते HeNNको बैंक खातामा रू १४७,६४५ जम्मा गरियो । आज हस्तान्तरित रकमको विवरण यस प्रकार छ ।

सहयोगीहरू

SN Name Address Amount (JPY)
1 Kumar Simkhada Saitama 10,000
2 Tara Adhikari Saitama 1,000
3 Ujjwal Raj Neupane Saitama 10,000
4 Shambhu Man Shrestha Tokyo 10,000
5 Aayam Lamichhane Tokyo 10,000
6 Sushil Shrestha Tokyo 5,000
7 Jigyan Kumar Thapa Yokohama 5,000
8 Ram Giri Tokyo 5,000
9 Achyut Sapkota Chiba 10,000
10 Alok Chalise Tokyo 3,000
11 Hari Bahadur Pahari Tokyo 5,500
12 Rajendra Prasad Parajuli Tokyo 2,000
13 Saroj Kandel Nagoya 2,000
14 Ranjan Kumar Dahal Ehime 10,000
15 Bed Prasad Poudel Tokyo 1,000
16 Saseem Poudel Hokkaido 10,000
17 Prakash Poudel “Maila” Yokohama 10,000
18 DP Kandel Tokyo 2,000
19 Akhilesh Kumar Karna Saitama 10,000
20 Priza Kayastha Tokyo 5,000
21 Sandesh Pokharel Nagoya 1,000
22 Others 5,000
Total 132,500

बैंक विवरण :
A/C Name: Help Nepal Network.
A/C No: 3501017500185.
Swift Code: NARBNPKA.
Bank Address: Nabil Bank Limited, Chabahil, Kathmandu, Nepal.

ट्रान्सफर गरिएको रकम :
Money to send : JPY 131,650.
Transfer fee : JPY 850.
Exchange rate: NRS 1.125/JPY
Amount deposited in HeNN’s account : NRS 147,645.

ट्रान्सफर गरेको रिसिप्ट HeNNका रवीन्द्र मिश्र र माथिका चन्दादाताहरूलाई ईमेलमार्फत पठाइसकिएको छ । दाताहरू सबैलाई हृदयदेखि धन्यवाद छ ।

के तपाईँ जापानमा बस्नुहुन्छ ? र यस अक्षयकोषलाई सहयोग गर्न चाहनुहुन्छ ? ईच्छुक मित्रहरूले kumarsimkhada [at] gmail.com मा मलाई पत्राचार गर्नुहोस् । वा टेलिफोन ०४८-२८०-६१८५मा सम्पर्क गर्नुहोस् । वा सोझै १८१३०-३३४८३८०१ मा रकम जम्मा गर्नुहोस् । तपाईँबाट प्राप्त रकम दोश्रो चरणमा जम्मा गरी पठाइनेछ । जसको लागि २०,००० येनको आश्वासन पाइसकिएको पनि छ ।

Related
Appeal for Rs 100m Charitable Endowment Fund
HeNN’s Rabindra Mishra’s Facebook Page