हेल्प नेपाल नेटवर्क (Help Nepal Network : HeNN)का अग्रता रवीन्द्र मिश्रको अग्रसरतामा शुरु भएको १० करोड अक्षय कोषसम्बन्धी विस्तृत जानकारीको लागि HeNN को आधिकारिक पृष्ठमा वा रवीन्द्र मिश्रको फेसबुक पेजमा पढ्न सकिन्छ ।
HeNNको गतिबिधि बिगत केही वर्ष अगाडिदेखि नियाल्दै आएको छु । यो संस्थामा आवद्ध व्यक्तित्वहरू, यसका उद्देश्यहरू, र यसका अहिलेसम्मका गतिबिधिहरू हेर्दा यसलाई विश्वास गर्ने प्रसस्त ठाउँ देखिन्छ । विश्वासयोग्य व्यक्ति र संस्थाहरूको खडेरी परेको हाम्रो मुलुकको लागि रवीन्द्र मिश्र र यो संस्था मदनकृष्ण-हरिवंश र माइती-नेपालसँग दाँज्न सकिएला ।
हुन त च्यारिटीबाट देश कहिल्यै बन्न सक्तैन । यो सत्य हो । देश बनाउन त देशका जनशक्तिको थोपा-थोपा पसिनाहरू जम्मा हुनुपर्छ । कम्पनी-व्यवसायहरू खोल्नुपर्छ, रोजगार बढाउनुपर्छ, कलकारखाना बढाउनु पर्छ । तर हामीकहाँ सरकारले आफ्नै हेरचाह गर्न नसकेको अवस्थामा यो देशलाई परोपकारको आवश्यकता छ । र औसत नेपाली दाजुभाइ-दिदीबहिनीभन्दा ‘खान पुगेका दिन पुगेका’ हामी प्रवासी नेपालीहरूले त झन ठुलो भूमिका खेल्न सक्छौँ नै !
यो अक्षयकोषको निमित्त जापानका नेपाली साथीहरूबाट चन्दा संकलन भइरहेछ । यदि यसमा सरिक हुन चाहनुहुन्छ भने, मलाई सम्पर्क गर्नुहोला । विस्तृत विवरण सिधै पठाउने छु । करीब दुई सातापछि संकलन भएको रकम हस्तान्तरण गर्ने योजना छ ।
आज अगस्ट ११सम्ममा १२ जनाबाट ७९,५०० येन जम्मा भइसकेको छ ।
Update
Aug 11, 2012 : 79,500 Yens (including commitments) received from 12 people.
Aug 17, 2012 : 104,500 Yens (including commitments) received from 17 people.
Aug 25, 2012 : 116,500 Yens received from 17 people.
Sep 1, 2012 : 132,500 Yens received from 22 people.