जब कुनै देशमा सुदूर-दायाँ र सुदूर-वायाँ शक्तिहरू मिलिजुली सरकार बन्छ एउटा निर्क्यौल निकाल्न सकिन्छ – कि, त्यो समिकरण सिद्धान्तमा चलेको हुँदैन । बरु शक्ति र पैसाको चालखेल बढी हुन्छ । र, त्यस्तो अवस्थामा बाहिरी शक्तिहरूले पनि भरपुर खेल्ने मौका पाउँछन् ।
नेपालमा त्यही भइरहेछ ।
राप्रपा नेपाल र एमाओवादीको समिकरणको सरकार भनेको तार्किक (logical) रुपमा असम्भव कुरा हुन् । यो समिकरणलाई जबर्जस्ती “राष्ट्रवाद”को संज्ञा दिएर उचित-सिद्ध गर्न खोजिएको छ, जुन भ्रामक हो ।
उदाहरणको लागि यी पक्षहरू कम्ता विरोधाभाषपूर्ण छन् त ?
यी माथिका समावेश गरिएका पक्षहरूले आ-आफूले सोचेको आदर्श समाज नेपालमा बनोस् भनेर काम गरिरहेका छैनन् भनेर सैद्धान्तिक रुपमा वकालत गर्न यिनै उदाहरणहरू काफी छन् ।
गाँस, बास, र कपास । भनिन्छ, जब मानिसका यी तीन आधारभूत आवश्यकता परिपूर्ण हुन्छ, तब उसलाई दुई कुराको आवश्यकता/इच्छा बढेर जान्छ । पहिलो – सूरक्षा (security – भौतिक रुपमा सूरक्षा, सम्पत्तिको हकमा सूरक्षा, पारिवारिक भविष्यको सूरक्षा, आदि लिन सकिन्छ) । र दोस्रो – शक्ति (power) । यी मानव जातिको प्राकृतिक स्वभाव हो । सूरक्षा र शक्तिले उन्मुक्त भएपछि मात्र मानिस त्यसभन्दा माथि उठेर समाजकल्याण (altruism) तर्फ ध्यान दिन सक्छ । यो सोचाइलाई मोटामोटी रुपमा Maslow’s hierarchy of needsले परिभाषित गरेको छ ।
हाम्रा नेताहरू (र कार्यकर्ताहरू) सूरक्षा र शक्तिकै पछाडि दौडिरहेका छन् । राष्ट्रिय हितको खातिर काम गर्ने भनेको केही परको कुरा हो ।
यी दुई पक्ष हासिल नगरी नै सिधै समाजकल्याणमा लाग्नको लागि कठोर त्याग र आत्मअनुशासन आवश्यक पर्छ । जुन हाम्रा अधिकांश नेताबाट आश गर्नु गहारो छ ।
फर्केर हेरौं, समय-समयका आन्दोलन र राजनैतिक परिवर्तनमा निर्णायक भूमिका निभाउनेहरूले सूरक्षा (पैसा) र शक्तिको पछाडि दौडेर कसरी आफ्नो व्यक्तित्व पतन गर्दै आए ।
अहिलेको संकट टरेपछि (आशा गरौं त्यो शिघ्र टर्छ)को नेपालमा नयाँ शक्तिको आवश्यकता र त्यसका तयारी पनि हुँदैछन् । यस परिपेक्षमा हामी सर्वसाधारणले नयाँ नेता छान्दा यी दुईमा एकमा सन्तुष्ट भएकाहरूलाई मात्रै छान्नु पर्छ – १) के यो उम्मेद्वारलाई सूरक्षा र शक्तिको खेलमा अल्मलिन नपर्ने गरी पुगिसकेको छ ? वा, २) के यो उम्मेद्वारसँग सूरक्षा र शक्तिमा भुल्न नपर्ने गरी आत्मअनुशासित हुने क्षमता छ (त्याग छ) ?
हैन भने, जुनै जोगी आए पनि कानै चिरेका !