Yahoo Data Breach

Received this email from Yahoo two days ago regarding recent data breach. Now what? Where’s all the personal email information and data gone ?

If you are one as well, which I believe you are, consider changing passwords. But then, what is stolen is stolen and is probably resting in some state’s private server waiting to be opened. The most frustrating part of using free Internet-based services.

Ref:

——————–

NOTICE OF DATA BREACH
Dear XXX,

We are writing to inform you about a data security issue that may involve your Yahoo account information. We have taken steps to secure your account and are working closely with law enforcement.

What Happened?

Law enforcement provided Yahoo in November 2016 with data files that a third party claimed was Yahoo user data. We analyzed this data with the assistance of outside forensic experts and found that it appears to be Yahoo user data. Based on further analysis of this data by the forensic experts, we believe an unauthorized third party, in August 2013, stole data associated with a broader set of user accounts, including yours. We have not been able to identify the intrusion associated with this theft. We believe this incident is likely distinct from the incident we disclosed on September 22, 2016.

What Information Was Involved?

The stolen user account information may have included names, email addresses, telephone numbers, dates of birth, hashed passwords (using MD5) and, in some cases, encrypted or unencrypted security questions and answers. Not all of these data elements may have been present for your account. The investigation indicates that the stolen information did not include passwords in clear text, payment card data, or bank account information. Payment card data and bank account information are not stored in the system we believe was affected.

What We Are Doing

We are taking action to protect our users:

We are requiring potentially affected users to change their passwords.
We invalidated unencrypted security questions and answers so that they cannot be used to access an account.
We continuously enhance our safeguards and systems that detect and prevent unauthorized access to user accounts.

What You Can Do

We encourage you to follow these security recommendations:

Change your passwords and security questions and answers for any other accounts on which you used the same or similar information used for your Yahoo account.
Review all of your accounts for suspicious activity.
Be cautious of any unsolicited communications that ask for your personal information or refer you to a web page asking for personal information.
Avoid clicking on links or downloading attachments from suspicious emails.

Additionally, please consider using Yahoo Account Key, a simple authentication tool that eliminates the need to use a password on Yahoo altogether.

For More Information

For more information about this issue and our security resources, please visit the Yahoo Security Issues FAQs page available at https://yahoo.com/security-update.

Protecting your information is important to us and we work continuously to strengthen our defenses.

Sincerely,

Bob Lord
Chief Information Security Officer
Yahoo

प्रमको ट्विटर ह्याक प्रकरणबाट के सिक्ने ?

केही समयअगाडि हाम्रा प्रधानमन्त्री सुशील कोइरालाको आधिकारिक ट्विटर ह्यान्डल ह्याक हुँदा सामाजिक सञ्जालमा, र विशेष गरी ट्विटरमा, ठुलै होहल्ला भयो ।

PM_SK_Twitter_Hacked

यदि बाराक ओबामा, नरेन्द्र मोदी, र डेभिड केमरुनजस्ता अन्य देशको कार्यकारी प्रमूखको ट्विटर एकाउन्ट ह्याक भएको भए के हुने थियो, सजिलै कल्पना गर्न सकिन्छ ।

आखिर प्रतीक प्रधानजस्ता हस्तीको रेखदेखमा भएको एकाउन्ट कसरी कसैले ह्याक गर्न सक्यो ? यस घटनाले कस्तो सन्देश दिएको छ ? र यस्ता ह्याकरबाट बच्न के गर्नु पर्छ ? आउनुहोस् केही छलफल गरौँ ।

कसरी ह्याक भयो ?

ह्याक कसरी भयो भन्ने बारे बाहिर प्रकाशमा नआएपनि ट्विटर एकाउन्टको पासवर्ड कसैले चोरी गरेर वा अनुमान गरेर प्रधानमन्त्रीको ट्विटर एकाउन्टमा छिरेको अनुमान लगाउन सकिन्छ ।

यसरी कुनै व्यक्ति वा एकाउन्ट विशेषलाई target गरेर, त्यसलाई ह्याक गर्न तथ्यहरू (पासवर्ड आदि) संकलन गरेर गरिने कामलाई information securityको विधामा targeted attack भन्ने गरिन्छ । यस्ता attack गर्दा पासवर्ड अनुमान गर्नको लागि ह्याकरहरूले मूख्यत तलका तीन वटा बिधि अपनाउने गर्छन् ।

  1. Scanning or brute-force attack: मानी लिनोस् तपाईं एउटा यस्तो ढोका अगाडि हुनुहुन्छ जसभित्र छिर्नको निमित्त २ अंकको कुनै निश्चित नम्बर (उदाहरणको लागि सही उत्तर: ६७) गेस गर्नुपर्ने हुन्छ । यदि तपाईंले यो अंक मिलाउन सक्नुभयो भने मात्र ढोका खुल्दछ । सही उत्तर मिलाउने सबभन्दा सजिलो उपाय के होला ? दिमागमा जुन अंक आयो अन्धाधुन्ध त्यही अंक भन्दै जानुभन्दा ०० बाट क्रमैसँग ९९ सम्म भन्दै गएमा ६८औं ‘ट्राइ’मा ढोका खुल्नेछ । मतलब, अधिकमा १०० वटा नम्बरसम्म भन्दै जान पट्यार त लाग्छ नै, तर सफलता अवश्यम्भावी छ । अरूको ट्विर (वा अन्य कुनै एकाउन्ट पनि) भित्र लग-इन गर्नको निमित्त पनि यस्तै तरिका प्रयोग गर्न सकिन्छ, भलै पासवर्ड २ अक्षरको नभई धेरै लामो हुन्छ । पासवर्ड लामो भयो भने यसरी ‘ट्राई’ गर्नुपर्ने संख्या पनि अत्याधिक बढेर जान्छ । तर यहाँ के बुझ्नु जरुरी छ भने एउटा साधारण ‘हिट एण्ड ट्राइ’को सानो सफ्टवेरले एक रातमै लाखौं ‘ट्राइ’हरू मारिसक्न सक्छ । यसरी अरूको पासवर्ड अनुमान गरेर एकाउन्ट ह्याक गर्ने तरिकालाई scanning वा brute-force भनिन्छ ।
  2. Dictionary attack: यो पासवर्ड गेस गरेर अरूको अकाउन्टमा लग-इन गर्ने अर्को तरिका हो । शब्दकोषमा भेटिने शब्दहरू, जस्तै firefly, america, nepal जस्ताको तस्तै पासवर्डको रुपमा प्रयोग गर्ने मानिसहरूको संख्या पनि अत्याधिक छ भन्ने कुरा सर्वविदितै छ । यही तथ्यलाई मध्येनजर राख्दै, कुनै शब्दकोषमा भएका सबै शब्दहरूले ‘ट्राइ’ मार्दै गएमा एक न एक पटक मिल्न जान्छन् । माथिको scanning भन्दा यो तरिका बढी छिटो हुन्छ किनकि यसमा ‘ट्राइ’ मार्न पर्ने संख्या निकै कम हुन्छ ।
  3. Social engineering: यो सबभन्दा सशक्त तरिका हो । तपाईंले कहीं न कहीं मानिसहरूलाई पासवर्ड वा पासवर्डका हिन्टहरू फुस्काएको हुनसक्छ । भलै त्यो साथी वा परिवारको सदस्य वा बाहिरी व्यक्ति वा इन्टरनेटको कुनै पेजहरूमा जहाँकहीँ पनि हुन सक्छ । र त्यो पोहोर-परार, गत महिना, हिजो वा आजै पनि हुनसक्छ । कहिल्यै यसो भन्नुभएको छ ? – “म त जुनसुकै एकाउन्ट बनाउँदा सम्झिन सजिलोको लागि जन्ममिति प्रयोग गर्ने गर्छु ।” यस्ता “साना मसिना” कुराहरू जोड्दै जाँदा तपाईंको पासवर्ड अनुमान गर्ने सम्भावना निकै हुन्छ । त्यसको लागि ह्याकरहरूले तपाईंले फेसबुक, ट्विटर, ब्लग आदि सार्वजनिक ठाउँमा छोड्नुभएको हिन्टहरू जुटाउन सक्छन् । अर्को कुरा, सामाजिक सञ्जालहरू (facebook, twitter, linkedin, आदि), वेब-मेल (hotmail, yahoo mail, gmail, आदि), सपिङ् साइटहरू (amazon, rakuten, ebay, आदि) र अनगिन्ती पेजहरूमा प्रयोगकर्ताहरूले एउटै पासवर्ड प्रयोग गर्ने चलन पनि थाहा भैसकेको अर्को तथ्य हो । कतै तपाईं आफैं पनि त्यस्तै नै गर्नुहुन्छ कि? यसै क्रममा तपाईंले कुनै कम-विस्वसनीय पेजहरूमा एकाउन्ट खोल्नुभएको छ र त्यो कुनियतको साइट हो छ भने त्यस साइटका मालिकहरूले तपाईंको त्यो पासवर्ड प्रयोग गरेर gmail, facebook, twitter, amazon जस्ता महत्वपूर्ण अन्य एकाउन्टमा लग‍-इन गर्ने ‘ट्राइ’ मार्न सक्छन् । एउटा साइटले त खुलेरै यो विधि तरिका प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ

प्रधानमन्त्रीको एकाउन्ट ह्याक हुँदा कुन चाहिँ विधि अपनाइयो, त्यो हामीलाई थाहा हुने कुरा भएन । तर जुनकुनै भए पनि इन्टर्नेटमा भएका तपाईं हाम्रा एकाउन्टका पासवर्ड नचोरिउन् वा एकाउन्ट ह्याक नहुन् भनेर सतर्कता अपनाउनु जरुरी छ ।

यसपटकको ह्याकबाट के सिक्ने ?

यस पटकको प्रकरणबाट हामीले यो सिक्न जरूरी छ कि हामी कोही पनि नेटमा सुरक्षित छैनौँ । जब देशको प्रमूख कार्यकारीको एकाउन्टमाथि त यस्तो भयो (जब कि, ह्याकरलाई थाहा अवश्य छ कि, यदि पक्रियो भने ठुलै फन्दामा ऊ पर्न सक्छ) भने हामी सर्वसाधारणको के कुरा ? यदि हामी सजग भएनौँ भने ।

बिचार गरी हेर्नुभयो भने तपाईंका महत्वपूर्ण जानकारी र सूचनाहरू इन्टर्नेटमा छन् – चाहे त्यो कुनै साथीसँगको तस्बीर किन नहोस्, वा तपाईंको पूर्व-प्रेमी/प्रेमिकालाई लेखेको इमेल, अथवा आर्थिक कारोवारका इमेलहरू अनि बैंक अकाउन्ट आदि तपाईं आफैंले सेभ गरेर राख्नुभएका डकुमेन्ट अनि महत्तपूर्ण अडियो-भिडियो आदि । यी यदि चोरी भए या बाहिर आए भने तपाईंमाथि ठुलो आर्थिक, मानसिक, र सामाजिक प्रतिष्ठामाथिको नोक्सान हुन सक्नेछ ।

अर्को कुरा बुझ्न के जरूरी छ भने आजभोलिका यस्ता ह्याकिंग सम्बन्धी घटनाहरू अधिकांश पैसा कमाउने वा बदला लिने उद्देश्यले अभिप्रेरित छन् । तपाईंको एकाउन्ट ह्याक गरी तपाईंसँग पैसा माग्ने, र पैसा नदिए तपाईंका महत्वपूर्ण डकुमेन्टहरू सार्वजनिक गर्ने धम्की दिन सक्छन् ।

उदाहरणको लागि, गत वर्ष आफ्नो राष्ट्रपतिमाथि हास्यचलचित्र बनाएको प्रतिशोधमा उत्तर कोरियालीहरूले विश्वप्रसिद्ध Sony Pictures को नेटवर्कभित्र गरेको ह्याकिंगले उक्त कम्पनीलाई नराम्ररी असर पार्यो । अन्तत Sony Pictures ले त्यो चलचित्र रिलिज गर्नबाट रोक्न पर्यो नै, उसका धेरै कामदार र प्रशासकहरूको तलब आदि महत्वपूर्ण डकुमेन्टहरू सार्वजनिक गराएर लज्जास्पद हुनु पर्यो ।

यस्ता ह्याकिंगबाट बच्न के गर्ने ?

माथि मूख्यत पासवर्ड चोरीको कुरालाई उल्लेख गरिएकोले मूख्यत हामीले ‘बलियो’ पासवर्डहरू रोज्न जरूरी छ । बलियो पासवर्ड कसरी राख्ने बारे तल बुँदागत रुपमा केही जानकारी लिऊँ ।

  • पासवर्ड सकेसम्म लामो बनाउने । हिजोआजको best practice भन्नु पर्दा ८ देखि १० अक्षर हो । तर जति लामो त्यति सशक्त।
  • कुनै नाम या शब्दलाई पासवर्ड नबनाउने । जस्तै आफू जन्मेको देश वा गाउँको नाम, आफ्नै नाम, आफ्नै थर आदिलाई ‘कमजोर’ पासवर्डको रुपमा मानिन्छ ।
  • पासवर्डमा small alphabet, capital alphabet, symbol (!, ., $, #, &, आदि), र 0-9को अंक कम्तीमा पनि एक‍-एक ओटा राख्ने ।
  • पासवर्ड सम्झन गहारो हुन्छ भने बरू कुनै सम्झिन सक्ने वाक्यप्रयोग गर्ने । जस्तै, “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” । यसका शब्दहरूको पहिलो alphabet हरू लिँदा -> mtdhjh । अब यसमाथि symbol, number, capital आदि थपथाप पारेर पासवर्ड निकाल्न सकिन्छ । तपाईं पनि आफैंले मात्र सम्झने यस्तै वाक्यबाट पासवर्ड निकाल्न सक्नुहुन्छ ।
  • पासवर्ड कहिल्यै पनि कसैलाई पनि नभन्ने । हिन्ट पनि नदिने । अरूको पासवर्ड सोध्ने बानी पनि नगर्ने ।
  • पासवर्डलाई समय-समयमा परिवर्तन गरिरहने ।

इन्टर्नेट रमाइलो र सुबिधाजनक मात्रै छैन । यहाँ बसेर खेलबाड गर्नेहरू र तपाईंको अवस्थालाई फाइदा लिन चाहनेहरू पनि थुप्रै छन् । भौतिक रुपमा देखिन नपर्नाले यसरी फाइदा लिन चाहनेहरूलाई सजिलो पनि छ । यिनै खतराहरूलाई मनन गरेर सधैँ सजग भई आफूले आफूलाई बचाउन सके मात्रै इन्टर्नेटको सदुपयोग लिन सकिन्छ ।