मनरोभियामा हराइरहेका इबोलाका रोगी फर्किए

DivyaDeepDahalदिव्यदीप दहाल, लाईबेरिया
अगस्ट १९, २०१४

गत शनिबार लाईबेरियाका राजधानी मनरोभियाको एक पश्चिमी भेगको घना आवासीय क्षेत्रमा इबोलाका रोगी राख्ने उपचार केन्द्रबाट १७ जना व्यक्ति भागेका थिए ।

उक्त केन्द्रमा त्यहींका असन्तुष्ट एवं क्रुद्ध व्यक्तिहरूले नै नेतृत्व गरी लुट्ने क्रममा भगाएका हुन् । उनीहरू असन्तुष्ट हुनुको कारण इबोलाका रोगीहरू बहिरबाट समेत ल्याएर उक्त केन्द्रमा रखिएकोले हो ।

ती सबै भागेकाहरू सोही केन्द्रमा आज ३ गते सम्पर्कमा आएको कुरा त्यहाको स्थानीय प्रेसले जनाएको छ । उक्त प्रेशलाई उधृत गर्दै जोनाथन पेलेले भनेका छन्, ती शंकास्पद व्यक्तिहरूलाई स्थानीयबासीहरूले लुट्ने क्रममा भगाएका थिए ।

जनमानसमा ठूलो भए के रहेको थियो भने ती व्यक्तिहरूले राजधानीका धेरैलाई इबोलाका माहामारी फैल्याउने छन् । राजधानीमा नियन्त्रण गर्न मुस्किल भइरहेको अवस्थामा, अँझ महामारी फैलिने सन्त्रास थियो ।

भगाइएकाहरू इबोलाका निश्चित रोगी नभै शंकास्पदमात्र थिए । अब तिनीहरूलाई विस्तृत जाँच गरिने छ । पहिचान भएपछि राजधानी कै जे.एफ.के. अस्पतालमा राखिने छ ।

स्थानीयहरूले उक्त उपचार केन्द्रमा छापा मार्दा तिनीहरूले प्रयोग गरेका केही च्यादर र म्याट्रेशहरू र उपचारसामग्रीहरू पनि लुटेर लगेका थिए । झण्डै तीस जना विरामी राख्न सकिने उक्त केन्द्रका विरामीले प्रयोग गरेका सामग्री लुटिनुले भाइरस सर्ने शंका र त्रास झन बढेको थियो ।

यो भाइरस लागेका रोगीको प्रत्यक्ष सम्पर्क तथा निजबाट निसृत रगत, बान्ता, पसीना जस्ता तरल पदार्थबाट जति जनालाई पनि सर्न सक्तछ । डिसेम्बर २०१३ ई.सं देखी यता मात्र झण्डै १,२०० जनाको मृत्यु भइसकेको छ भने २,२००भन्दा बढी विरामिरहेको कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म यसको औषधी र खोप आई नसकेको भए पनि यो भाइरस देखिएका वा शंकालागेका विरामीलाई एकान्त स्थानमा राखेर उपचार गरिन्छ । यस्ता एकान्त केन्द्रहरूमा विशेष प्रकारको पोशाक Personel Protective Equipment (PPE) Suit लगाएका स्वास्थ्यकर्मीहरूबाट मात्र देखभाल गराइन्छ । अन्य आफन्तहरू समेतलाई नजिक जान मनाही गरिएको हुन्छ ।

यस्ता केन्द्रहरू पश्चिमी अफ्रिकन मुलूकहरू गिनी, सियरालियोन, लाईबेरिया, र नाईजेरियामा खोलिएका छन् । यी मुलूक बाहेक अन्य कतिपय मुलूकमा समेत मानवीय आवत जावतमा निषेद गरिएको छ ।

शंकास्पद व्यक्तिलाई छुट्टै राख्ने व्यवस्था मिलाएका छन् भने केन्या, बेलाएत जस्ता कति पय राष्ट्रले त यी प्रभावित देशमा आफ्ना कुनै पनि नागरिक नजान भनेको र जहाजहरू नउडाउने निर्णय समेत गरिसकेका छन् । यसका साथै उच्च सर्तकतासाथ यात्रीका निगरानी समेत शुरु भइसकेको छ ।

यदि शंका लागेका मात्रै भए पनि विश्वका लाखौं मानिस छुट्टै अवलोकनमा बस्नु पर्ने हुन्छ ।