अप्रिलको एक बिहान शतप्रतिशतकी केटीसँग भएको भेटको बारेमा

-हारुकी मुराकामी

     अप्रिलको मौसम सफा भएको एक बिहान, हाराजुकु(१) पछाडिपट्टिको सडकमा मैले शतप्रतिशतकी केटीलाई भेटें।
     खासै सुन्दर केटी हैन। राम्रो कपडा लगाएकी पनि हैन। भर्खरै उठेर आएको जस्तो गरी उसको कपालको पछाडिको भाग कक्रक्क परेका थिए र उमेर पनि सायद करीब तीस पुगेको हुँदो हो। तर मैले पचास मीटर परैबाट उसलाई चिनें। ऊ मेरो लागि शतप्रतिशतकी केटी हो। उसलाई देखेको क्षणबाटै मेरो मुटु अनियमित चालमा धड्किन थाल्यो र मुख मरूभूमिजस्तै सुख्खा भयो।
     मानी लिऊँ, तपाईंलाई कुनै किसिमको केटी मन परेको हुन सक्छ। जस्तै सलक्क परेको पातलो पैतला भएको केटी, अथवा आँखा ठुली भएको केटी, अथवा राम्रा औंलाहरू भएकी, वा समय लगाएर बिस्तारै खाना खाने, त्यस्ता कुनै किसिमका केटी मन पर्न सक्छ। केटीको मामिलामा ममा पनि यस्तै प्राथमिकताहरू छन्। रेस्टुरेन्टमा खाना खाँदै गर्दा, पल्लो टेबलकी केटीको नाकको आकारले आकर्षित भएको पनि छु।
     यद्यपि शतप्रतिशतकी केटीलाई कस्तो किसिमको भनेर वर्गीकरण गर्न कसैले पनि कदापि सक्तैन। उसको नाकको आकार कस्तो थियो भनेर म पटक्कै सम्झन सक्तिन। हैन, उसको नाकै थियो या थिएन भन्ने पनि सम्झन सक्तिन। एक मात्र के सम्झिन्छु भने ऊ खासै सुन्दर थिइन। कस्तो अचम्मको कुरो हो है।
     “हिजो मैले शतप्रतिशतकी केटीलाई बाटोमा भेटें नि,” म कसैलाई भन्छु।
     “ए,” ऊ उत्तर दिन्छ। “राम्री थिई?”
     “हैन, त्यस्तो थिइन।”
     “उसो भए मनपर्ने खालकी थिई?”
     “त्यो त सम्झन सक्तिन। आँखा कस्तो आकारको थियो, छाती ठुलो थियो या सानो केही पनि सम्झेको छैन।”
     “अचम्म छ त बा!”
     “अचम्मै त नि!”
     “त्यसो भए,” ऊ पट्यार मान्दै भन्छ। “केही गर्यौ? उसलाई बोलाउने अथवा पिछा गर्ने जस्तै क्या!”
     “केही पनि गरिन,” म भन्छु। “उसलाई बाटोमा भेटेको मात्रै हो।”
     
     —
     
     ऊ पूर्वतिरबाट पश्चिम, म पश्चिमबाट पूर्वतिर हिंड्दै थियौं। साह्रै आनन्दमय अप्रिलको बिहान थियो त्यो।
     तीस मिनेटको लागि भए पनि मलाई ऊसित कुरा गर्न मन लाग्यो। उसको जीवनकथा सुन्न मन लाग्यो र उसको अगाडि खुल्न मन लाग्यो। र सबैभन्दा त सन् १९८१को अप्रिलको एउटा सफा मौसम भएको मनमोहक बिहानीमा हाराजुकुको पछाडिपट्टिको सडकमा हामीहरू एकअर्कालाई किन भेट्तैछौं, यो भाग्य जुर्नुको कारण खुलाउन मन लाग्यो। त्यसमा शान्तिकालीन बेलाको पुरानो मेसिनमा जस्तै न्यानो रहस्य लुकेको छ, कुनै सन्देह छैन।
     हामीहरू यस्तै केही गफहरू गरेर कतै लन्च खाईवरी उडी अलेन (२)को फिल्म हेरी, होटलको बारमा छिरेर कक्टेल अथवा केही पिउन पाइएला। मिल्यो भने त्यसपछि ऊसित सुत्न पनि मिल्ला।
     सम्भावनाहरू मेरो मुटुको ढोका ढक्ढक्याउँछन्।
     मेरो र उसको बीचको दूरी सिर्फ पचास मीटरमा नजिकिएको छ।
     मैले उसलाई कसरी बोलाउनु पर्छ होला?
     “नमस्ते। सिर्फ तीस मिनेटको लागि भए हुन्छ, मसँग कुरा गरिदिनुस् न!”
     छ्या कस्तो सिल्ली, बीमा बेच्न आँटेको जस्तो।
     “सुन्नुस् न, यता वरिपरि चौवीसै घन्टा खुल्ने कपडा धुने पसल छ?”
     यो पनि मिलेन, जबकि मसित मैलो कपडा जम्मा गरेको झोला नै छैन !
     अथवा सिधै सत्य कुरा खुलाउँदा पो ठिक हुन्छ कि ! “हेल्लो, तिमी मेरो लागि शतप्रतिशतकी केटी हौ नि।”
     उसले सायद त्यस्तो कुरा पत्याउँदिन। यदि पत्याइहाली भने पनि मसित गफ गर्न मन नलाग्न पनि त सक्छ। म तिम्रो लागि शतप्रतिशतकी केटी भए पनि तिमी मेरो लागि शतप्रतिशतको केटा हैनौ, उसले भन्न सक्छे। यदि त्यस्तो अवस्था आइपर्यो भने, निःसन्देह म साह्रै विलखबन्दमा पर्नेछु। म बत्तीस वर्ष पुगिसकेको मान्छे, आखिर उमेर बढ्दै जाने भनेको यस्तै कुरा त हो।
     फूल-दोकानको अगाडिपट्टि ऊ र म एकअर्कालाई पार गर्छौं। न्यानो हावाको सानो फोकाले मेरो छाला स्पर्ष गर्छ। पिच गरेको फुटपाथ पानीले भिजेको छ, र वरिपरि गुलाबको बासना मगमग छ। म उसलाई बोलाउन सक्तिन। उसले सेतो स्विटर लगाएकी छ र दाहिने हातमा टिकट नटाँसेको सेतो खाम बोकेकी छ। सायद उसले कसैलाई चिठी लेखेकी थिई। त्यो किन भन्न सकिन्छ उसको अनुहार साह्रै नै अनिंदो थियो; त्यो चिट्ठी उसले रातभरि नै लगाएर लेखेकी पनि हुन सक्थी। र त्यो खामभित्र उसको सबै व्यक्तिगत र गोपनीय कुराहरू थुनिएका पनि हुन सक्छन्।
     केही कदम हिंडेर पछाडि फर्कंदा उसको आकार मान्छेहरूको भीडमा हराइसकेको थियो।
     
     ****
     
     त्यस बेला मैले ऊसित के भनेर गफ शुरु गर्न पर्थ्यो, त्यो मलाई अहिले भने प्रष्ट थाहा छ । तर त्यो साह्रै लामो हुन्थ्यो र सायद मिलाएर भन्न चाहिं म सक्ने थिइन। मेरो मनमा फुरेको वाक्य त्यति व्यवहारिक पनि छैन।
     जे होस्, मेरो कुरा “एकादेशमा” बाट शुरु भई “कहानी साह्रै दुखद छैन त?” मा समाप्त हुन्छ।
     
     ****
     
     एकादेशमा, धेरै पहिले, एउटा किशोर र एउटी किशोरी थिए। केटो अठार वर्षको थियो, केटी सोह्र वर्षकी थिई। केटो ह्यान्ड्सम् पनि होइन, केटी पनि खासै राम्री थिइन। ती जहाँ पनि भेटिन सकिने एक्ला साधारण किशोर-किशोरी थिए। तर ती दुवै जना यो संसारको कुनै कुनाकाप्चामा आफूलाई शतप्रतिशत मिल्ने केटी र केटा छ भनेर गहिरोसँग विश्वास गर्दथे।
     एक दिन ती दुई जना कुनै सडकछेउमा अकस्मात भेट्न पुगे।
     “ओहो कस्तो अचम्म, म अहिलेसम्म तिमीलाई नै खोज्दै थिएँ। पत्याउन्न हौली, तर तिमी मेरो लागि शतप्रतिशतकी केटी हौ।” केटोले केटीलाई भन्यो।
     केटीले केटालाई भनी, “तिमी नै मेरो लागि शतप्रतिशत मिल्ने केटा हौ। सबै कुरा मैले कल्पना गरेको जस्तै दुरुस्त। सपनै जस्तो पो भयो त।”
     दुई जना पार्कको बेन्चमा बसेर लामो समयसम्म पट्यार नमानी गफमा भुलिरहे। उनीहरू अब एक्ला थिएनन्। शतप्रतिशत मिल्ने साथी चाहनु र शतप्रतिशत मिल्ने साथीबाट चाहिनु भनेको, ओहो, कति ठुलो र भाग्यमानी कुरा !
     तर ती दुईको मनमा सानो, साह्रै सानो, शंका उब्जियो। लामो सपना यति सजिलैसँग यथार्थमा परिणत हुन हुन्छ?
     केही बेर भलाकुसारी रोकिएको मौका पारेर केटाले भन्यो, “सुन न, अब एक चोटि परिक्षण गरी हेरौं। यदि हामी साँच्चिकै एकअर्कालाई शतप्रतिशत मिल्ने प्रेमी-प्रेमिका हौं भने पक्कै पनि कुनै न कुनै दिन फेरि पनि हाम्रो भेट हुनेछ। र त्यस बेला भेट हुँदा एकअर्काको लागि शतप्रतिशत मिल्ने जोडी हौं भने तत्कालै बिहे गरौं। हुन्छ?”
     “हुन्छ,” केटीले भनी।
     यसरी ती दुई जना छुट्टिए।
     तर साँच्चै भन्ने हो भने त्यसरी परिक्षण गरिरहने आवश्यकता रतिभर थिएन। किनभने उनीहरू सच्चा शतप्रतिशतका प्रेमी-प्रेमिका थिए। र भाग्यको छालले उनीहरूलाई अन्तै डोर्याउँदै लग्यो।
     कुनै वर्षको शिशिरयाम फैलिएको इन्फ्लुएञ्जा लागेर ती दुई जना धेरै हप्तासम्म मृत्युको संघारमा पुगेर अन्ततः बाँच्न त सके तर पुराना स्मृतिहरू हराउन पुगे। आँखा खोल्दा उनीहरूको स्मृतिपटल किशोरअवस्थाको डि.एच्. लरेन्स्को खुत्रुकेजस्तै खालि थिए।
     तर ती दुई साह्रै बुज्रुक अनि सहनशील किशोर‍-किशोरी थिए र संघर्षपछि संघर्ष गर्दै ज्ञान र भावनाहरू सिक्दै-जान्दै अन्तत्वगोत्वा पुनः समाजमा फर्कन सक्ने भए। उनीहरू रेलस्टेसन परिवर्तन गर्न, हुलाकमा एक्स्प्रेस डेलिभरी गराउन पनि सक्ने भए। अनि पचहत्तर प्रतिशतको प्रेम र असी प्रतिशतको प्रेम पनि अनुभव गरे।
     यसो हुँदाहुँदै केटो बत्तीस वर्षको भयो भने केटी तीस वर्षकी। समय आश्चर्यलाग्दो वेगमा बित्तै थियो।
     र अप्रिल महिनाको एउटा सफा मौसम भएको बिहानीपख केटो मर्डिङ्-सर्भिसको कफी पिउन हाराजुकुपछाडिको बाटोमा पश्चिमतिरबाट पूर्व जाँदै हुन्छ भने केटी एक्स्प्रेस-डेलिभरी गर्नको लागि हुलाक टिकट किन्न उही बाटो पूर्वबाट पश्चिमतर्फ आइरहेकी हुन्छे। ती दुई बाटोको बीचमा एकअर्कालाई पार गर्न पुग्छन्। हराएको स्मृतिको सानो किरणले दुई जनाको मुटुलाई छोटो समयको लागि भए पनि केही उज्यालो बनाउँछ।
     ऊ मेरो शतप्रतिशतकी केटी हो।
     ऊ मेरो शतप्रतिशतको केटो हो।
     तर स्मृतिको किरण साह्रै कमजोर भइसकेको हुन्छ। र उनीहरूका शब्दहरू चौध वर्षदेखि अस्पष्टका अस्पष्टै भइरहेको हुन्छ। दुई जना निशब्द एकअर्कालाई पार गरी भीडमा बिलाउन पुग्छन्।
     कहानी साह्रै दुखद छैन त?
     
     ****
     
     मैले ऊसँग यसो भनेर कुरा शुरु गर्नु पर्थ्यो।
     
—————-
(१) हाराजुकु – टोकियोको मध्येभागमा रहेको एउटा ठाउँको नाम।
(२) उडी अलेन – हलिउडको पुरानो कलाकार।

– अनुवादः कुमार सिंखडा

About Interesting Books

From my Facebook status.

Thanks Basanta Gautam jee for nominating me. Whenever I think over the books that have impressed me most, these are some of the ones that come into my mind. Although I have come across tens of equally interesting reads and am yet to find hundreds of others. I hope this list will be a reference in case you are looking for interesting stuff to read.


  1. The Outsider – Albert Camus
  2. माधवी – मदनमणि दिक्षित
  3. ノルウェイの森-村上春樹(Norwagian Wood- Haruki Murakami)
  4. पागलबस्ती – Sarubhakta Shrestha
  5. भैरव अर्यालका हाँस्यव्यङ्ग्य – भैरव अर्याल
  6. श्वेतभैरवी – विश्वेश्वरप्रसाद कोइराला
  7. The Asian Mind Game – Ching-Ning Chu
  8. To Kill a Mockingbird – Harper Lee
  9. The God Delusion – Richard Dawkins
  10. In Our Time – Ernest Hemingway

On my to-read list are Long Walk to Freedom – Nelson Mandela, प्रयोगशाला – Sudhir Sharma, and The Plague – Albert Camus.

Next, I would like to nominate Alok Chalise, Binod Gurung,प्रदीप बराल, and Sushil Tamrakar. Happy reading!

Arresting God in Kathmandu

ArrestingGodinKathmanduThis is an amazing collection of short stories.

Samrat Upadhyay takes readers from the lower middle-class struggling to survive in Kathmandu’s deras to the reigning class’s lavish lifestyles. Stories are sometimes spiced with plots in the United States and India too.

The protagonists in each story have their own everyday problems to solve. Most of them have inferiority complex. They are, at the same time, disturbed with premarital and extramarital affairs.

I expected this book to be full of social miseries of struggling Nepalese middle class. That is well received. Upadhyay defies our expectations – he goes one step further by portraying human sexual desire in the backdrop of adversaries facing the characters’ lives.

Samrat Upadhyay’s stories are reminiscent of BP Koirala’s Nepali short stories – very powerful and full of colorful characters.

The book is sure to entertain and enlighten you.

Four stars out of five.


कमरेड अभि

कमरेड अभि र मेरो परिचय लामै हो । तर साह्रै नजिक भनिहाल्न चाहिँ अलि मिल्दैन ।

महिना, गते यकिन भएन, तर बार भने शुक्रबार नै हुनुपर्छ । नत्र म सुटको पहिरनमा कालो ब्याग बोकेर त्यस रेस्टुरेन्टमा पसेको हुने थिइन ।

“ओहो कमरेड, के छ?” ढोकाबाट छिर्ने बित्तिकै उनीले मेरो ध्यान खिचे ।

म राजनैतिक मान्छे हैन । उनीले पनि खुल्लै रुपमा कुनै पार्टीको प्रचार गरेको देखेको छैन । तर यो उनको थेगो हो या सरसता, उनी जसलाई पनि ‘कमरेड’ नामाकरण गरिदिन्छन् र आफैँ पनि ‘कमरेड’ सम्बोधन गरिन रुचाउँछन् – कम्तीमा पनि अनौपचारिक भेटमा ।

औपचारिकता पुरा गर्नै पर्यो । हात मिलाइयो । धेरै दिनसम्म भेटघाट नभएकोमा गुनासो सुनियो, सुनाइयो । उनको संस्थाका गत केही महिनाका कार्यक्रमहरूको बारेमा बुझियो । फलाना-ढिस्कानाको हालखबर सोधियो । अरू केही आउरे-बाउरे गफ गरियो ।

त्यतिञ्जेसम्ममा उनीले म एक्लै आएको बुझे । एउटै टेबलमा बस्न आग्रह गरे ।

टोकियोको मुटुमा शुक्रवार बेलुका दुई जना खान बसेपछि, शुरुवात त बियरबाटै गर्नुपर्यो । त्यही गरियो – पूर्णिमाले हाम्रो अगाडि दुई गिलास किरिन्-नामा बियर भरिदिइन् ।

हामी कुनै एक संस्थाको मार्फत एक-अर्कालाई चिन्न पुगेका नेपाली हौं । त्यसैले सधैँ कुराकानी नेपालको बारेमा, संस्थाको बारेमा र संस्थामा आवद्ध सदस्यहरूको बारेमा हुन्छ । त्यस दिन पनि कुनै अपवाद हुने कुरै भएन ।

काठमाण्डौंबाट टोकियोसम्म सिधा डोरी टाँग्ने हो भने त्यो पाँच हजार किलोमिटरभन्दा लामो होला । झन् त्यसमाथि पनि आकाश छुने हिमालय, चीनको विशाल धरातल, अनि समुद्र । बीचमा जे-जस्तै भौगोलिक व्यवधान बिछिए पनि, मानसिक दुरी सून्य छ ।

फेरि पनि, हामी नेपाली । नेपाली रेस्टुरेन्टमा जमघट हुँदा सुरुवात केबाट गर्ने भन्ने चिन्तै हुँदैन । खानाको कुरा गरे म:मबाट, गफ गरे नेपालको राजनीतिबाट । मैले पूर्णिमालाई खानाको अर्डर दिएँ । उनले गफको प्रसंग निकाले, “खै, यस्तै चालले संबिधान लेखिएला र ?”

स्वभाविक र सान्दर्भिक चिन्ता थियो ।

“यो, हामी जस्ताले तपाईं जस्तालाई सोध्ने प्रश्न पो त !” मैले उत्तर दिएँ ।

“तपाईंको विचार सोधेको ।”

“संबिधानसभा त्यसैको लागि त छ नि । जनता र नेताले चाहे नआउने कुरै छैन, हैन र ?”

“हाम्रो देशमा चाहेर मात्रै हुँदैन । मूख्य पार्टीहरूमा त्यो मानसिकता नभई हुँदैन ।” उनले केही चिन्ता थपे ।

हामीले एक‍-एक गिलास किरिन्-बियर थप्यौं ।

“पार्टीहरूमा भर पर्ने हो भने त पार्टीतन्त्र भइहाल्यो नि । लोकतन्त्रको युगमा लोकको बिचार अनुसार पो चल्नुपर्यो नि!” यो मैले सधैँ मनमा लिएको बिचार थियो । प्वाक्क भनिहालें ।

“त्यो आइडियल कुरा हो । त्यसको लागि जनताको मनोभव अनुसार नेता चल्नुपर्छ । जापानजस्तो शत प्रतिशत शिक्षित मुलुकमा पनि त्यो पुरै रुपमा सम्भव छैन भने हाम्रो त के कुरा गर्नु!”

उनीसँग रेडीमेड उत्तर पनि थियो, “जब लोकतन्त्रको सिंहासनमा बसेकाहरूसत्ताको खिचातानमा व्यस्त छन् भने संबिधान लेख्ने फुर्सद कसलाई ?”

मैले टाउको हल्लाएँ ।

त्यसपछि कमरेड केही समय चिन्तनमय बने । मैले उनका यी सब चिन्ता पहिला भेटहरूमा सुनिसकेको थिएँ । फेरि पनि सुनिदिएँ, “भन्नुहुन्छ भने, हाम्रो जत्तिको लामो र गौरवमय ईतिहास कसको छ ? हाम्रो समाजबाट शान्तिका प्रतिक पनि निस्किए, क्रान्तिका पनि । वुद्धको पच्चीस सय वर्ष पहिलेको सन्देश कति देश घुम्दै यहाँ जापान आइपुग्दा त यिनीहरूले समाजलाई यस्तो बनाएका छन् । हामी भने वुद्धहरू र भृकुटीहरू जन्माउने, अनि आफ्नै देशमा काटमार गर्ने !”

सत्य कुरालाई नकार्न मिलेन । तर बेलुकाको मनोरञ्जन सित्तैमा दिनेवाला उनी पनि थिएनन् । मैले मौन बस्ने धरै पाइन । उनीले सोधिहाले, “किन हामी विश्वका सबभन्दा गरीब, अनि यिनीहरू सबभन्दा धनीहरू ? तपाईंलाई कस्तो लाग्छ ?”

मसित कुनै उत्तर त थिएन । हप्तान्तको बेलुका, मेरो दिमाग थकित र खाली थियो ।

खाली त बियरका गिलासहरू पनि थिए । अनि खाली थिए सँगैका प्लेटहरू, जसमा केही क्षण अघिसम्म म:मका डल्ला र सुकुटीका टुक्रा बिराजमान थिए । ती खाली शिशी र प्लेटहरू हामीलाई व्यंग्य हान्दै र चुनौती दिँदै थिए । पूर्णिमा फेरि अर्डर टिपेर फर्किन् ।

मसँग अभिको सवाललाई मत्थर पार्न सक्ने आत्मविश्वास थिएन । तैपनि हामी नेपालीका केही कमजोरीहरू दिएँ – अशिक्षा, यातायातको अभाव, परिश्रमको अभाव, बाहिरी विश्वसँगको दूरी, र सक्षम नेताको कमी ।

कमरेडको चित्त बुझेन । उनको अर्थ्याए, “ती पनि अवश्य हाम्रो बिकासको ढिलाइका कारणहरू हुन् । हाम्रो दरिद्रताको मुख्य कारण त हामी नेपाली आफैँ र हाम्रो समाजको भ्रष्ट सिस्टम ।”

म मुक भई उनको तर्क बुझ्ने प्रयत्न गरें । एक घुट्की बियरको सहयोग लिएँ । अहँ, त्यसले पनि दिमागलाई तिखार्न सकेन । उनको विद्वताको शरणमा पुग्नुको विकल्प मसँग थिएन ।

“ल भन्नुस्, तपाईंले अहिलेको अफिसमा काम गरेको कति भयो ?” उनीले सोधे ।

“पाँच वर्ष ।”

“कति स्टाफ छन् ?”

“आफ्नै र अन्य कम्पनीका कामदारहरू गरेर यसै होला, पाँच-सात हजार ।”

“अफिस कति बजे शुरु हुन्छ ?”

“नौ बजे ।”

“ती पाँचहजारमा दैनिक कति जना जति नौ बजिसकेपछि अफिसभित्र छिर्छन् ?”

“कारणबिना ढिलो हुने त कोही हुन्न । रेल-दुर्घटना, टाइफु आदिले गर्दा केही ढिला हुन लागेको खण्डमा अफिसका सहकर्मीहरूलाई अग्रिमै जानकारी गराउने चलन छ ।”

“यदि कोही बिनाकारण ढिलो भयो भने के हुन्छ ?”

“ढिलो भएको समय बराबरको तलब काटिन्छ ।”

“कुरा यहाँ छ ।” उनी आफ्नो तर्कलाई माथि पार्ने मौका छोप्दै थिए । मौका पाए ।

मैले पनि एउटा लामो बयानको झन्झटबाट केही बेर छुटकारा पाएँ ।

“यो उदाहरणमा, कुरा के भने कमरेड, जापानीहरू नियमका पक्का हुन्छन् । इमान्दार हुन्छन् । त्यसैले उनीहरू प्रगति गर्छन् ।”

“इमानदार र पक्का त नेपाली पनि हुन्छन् । बेलायती र भारतीय सेनाका नेपाली डफ्फा हेर्नुस् । भारतदेखि खाडी मुलुक अनि मलेशियाका कम्पनीहरूको गार्डहरू हेर्नुस् । ईमानदारिता र परिश्रमले त त्यस्ता काम ‘नेपाली’ भनेकै भरमा धमाधम पाउँछन् नि !” धेरै अरूबाट सुनेको, र केही आफूलाई लागेको बताएँ ।

“त्यही म भन्न खोज्दैछु ! ती कडा नियम कानूनमा छन् र पो ईमानदार छन् । अलिकति तलमाथि भयो भने कडा सजायँ मिल्छ ।”

“कडा नियम, कडा सजाय त सेनामा पनि हुन्छ !”

“र त सैनिक शासन अथवा हलुका निरंकुशता भएका देशमा भ्रष्टाचार कम र विकास अलि ज्यादा हुन्छ । हाम्रो जस्तो तेस्रो विश्वमा यो कुरा अलि बढी नै लागु हुन्छ ।”

“लिबिया, म्यानमार र उत्तर कोरियालाई यसको उदाहरण मान्न सकिन्छ ?” मैले उनको तर्कलाई ठट्टा गरेर टार्न खोजेँ । ।

“केही अपवाद होलान् । त्यो नेतामा भर पर्ने कुरा हो । महाथिरको मलेशिया हेर्नुस्, कम्युनिस्ट भियतनाम हेर्नुस्, मुस्सर्फको पाकिस्तान हेर्नुस् । केही निरंकुश थिए र पो तर बिकास र भ्रष्टचार-निवारण सम्भव भयो ।”

उनको कुरालाई पुरै स्वीकार्न नसके पनि दम अवश्य थियो ।

अभि-पूराणको अध्याय अँझै सकिएको रहेनछ । उनीले सोधे, “यो त भयो हाम्रो नेपाल र विदेशको सामाजिक सिस्टमको भिन्नता । हामी नेपालीले नसुधारी अघि लाग्न नसक्ने अर्को कारण छ । सुन्न पाँच-दश मिनेट समय छ तपाईंसँग ?”

पाँच-दश मिनेटको त के कुरा ? मसित पुरै शुक्रबार बेलुकी र त्यसपछिको शनिबार, आइतबार खाली थियो ।

“बास्तबमा, हामी नेपाली हामी आफैँ भित्रैबाट नसुधारी केही हुनेवाला छैन ।”

म ज्ञानी चेला भई उनको प्रवचन सुनिरहेँ ।

“हामी सधैँ समानता र अधिकारको कुरा गर्छौं, राज्यसँग झगडा गर्छौं, टायर बाल्छौं, गाडी तोडफोड गर्छौं, र देश बन्द गर्छौं । तर समानता र अधिकार देशले दिने कुरा हो ? त्यो त हामी आफू-आफूले एक अर्कासँग लिने दिने हो । जब लिने कुरा गर्छौं, कसैले त दिनै पर्यो । त्यो दिने को हो त ?”

मैले बोल्ने बेला आएको थिएन । उनकै शब्दहरूको प्रतिक्षा गरिरहेँ ।

“त्यो दिने नेपाली जनता नै त हो ।” उनले रहस्यको खुलासा गरे ।

“दिने पनि नेपाली जनता, लिने पनि नेपाली जनता ?”

“हो । सरकार भनेको जनताको प्रतिनिधि न हो ! जब नेपाली जनताले आफ्नो प्रतिनिधिसँग ‘अधिकार देऊ’ भनेर माग्छ भने, त्यसको साटोमा त केही दिनै पर्यो ।”

“कर्तव्यको कुरा ?”

“ठिक भन्नुभयो । हामी कर्तव्य चाहिँ ननिभाउने, तर अधिकार मागिरहने । त्यो सन्तुलन कसरी सम्भव छ ?”

कुरा सोह्रै आना सही थियो । जापानी परिवेश केही वर्ष देखेर भोगेको मान्छेलाई त झन चित्त बुझ्दो तर्क थियो ।

उनको कुरा अँझै सकिएको थिएन, “अब कुरा आउँछ, कर्तव्य कसरी निभाउने ? त्यो, दुई किसिमको हुन्छ – कानूनी र नैतिक जिम्मेवारी । कानूनी जिम्मेवारी त पुरा गर्नै पर्यो । साथैमा नैतिक जिम्मेवारी पुरा नगरी हाम्रो समाज सार्थक रुपले बिकास हुन सक्दैन ।”

“नैतिक जिम्मेवारीको मतलब – चन्दा दिने, सामाजिक काममा सहयोग गर्ने जस्ता कुरा गर्नुभा’ ?”

“त्यो त माथिल्लो स्तरको कुरा भयो । अँझै मध्यम वर्गीय सबैले त्यसो गर्न सक्ने क्षमता छैन ।”

“उसो भए ?”

“यसै, मानवीय काम गर्नु पर्यो । सन्तान उचित शिक्षा दिनुपर्यो । बालक बालिकालाई श्रममा लगाउनु भएन । घरेलु हिंशा रोक्नुपर्यो । महिलालाई किचनमा सीमित राख्नु भएन । जुवातास बन्द गर्नुपर्यो । जातीय भेदभावहरू बन्द गर्नुपर्यो । झुठ रोक्नुपर्यो । आदि, आदि सामान्य कुराहरू न हुन् । तर ती सबै प्रत्येक नेपालीबाट हुनु पर्यो । मानवीय आधारमा बिकास नभैकन देशले भौतिक बिकास कसरी सम्भव छ ?”

त्यसो त राजनैतिक शक्ति, मानव अधिकार संस्था, लेखक र पत्रकारहरू कुन चाहिँले यी विभेदको बिरुद्धमा बोल्ने गरेका छैनन् र ? त्यसो हुँदा हुँदै पनि यी समस्याहरू केही हलुका भएका छैनन् । टोकियोको कुनै रेस्टुरेन्टमा बियरको गफले यी सब ठुला-ठुला समस्याहरू कत्तिको मत्थर हुन्छन्, मैले अनुमान गर्न सकिन । तैपनि उनीलाई मैले भर्खरैको एउटा घटना सुनाएँ, “सुन्नुस् कमरेड ! तीन हप्ता अगाडि एउटा जापानी टिभीमा कुनै नेपालीको बारेमा डकुमेन्ट्री आएको थियो । मेरो अफिसका जापानी सहकर्मीहरूले हेरेका रहेछन्, भोलिपल्ट मलाई बताउँदै थिए । त्यो मान्छे जापानी महिलासँग बिहे गरेर यतै बस्दो रहेछ । उसको नेपालमा घर रहेछ गुल्मीतिरको कुनै बिकट गाउँमा । उता पनि उसकी एउटी श्रीमती रहिछ, पन्ध्र-सत्र वर्षको उमेरमा बाबुले खोजिदिएकी । दुइटा छोरी र एउटा छोरा उतै । टिभीले उसको गाउँको घरसम्म छायांकनसम्म गर्न भ्याएछन् । मेरा सहकर्मीहरूले जब उसको परिवारको बर्णन गरे, म आफैँलाई लाज लागेर आयो । उसको श्रीमती दिनदिनै पानी बोक्न आधा घण्टाको उकालो-ओरालो दैनिक पाँच-सात पटक गर्दिरहिछ, छोराछोरीहरू खाली खुट्टा हिँड्दा रहेछन् । उनीहरू गुन्द्रुक-च्याँख्लाले पेट भर्न बाध्य रहेछन् । बच्चाहरूको खानामाथि माखा-झिंगा, शरिरभरि मयल-घाउ, र कपालभरि लिखा-जुम्राको वर्णन सुन्दा म आफैँलाई उदेक लागेर आयो । त्यो मान्छे यहाँ कान्छी लिएर बस्ने, उसको परिवार भने नेपालमा नरकीय जीवन बिताइरहेका । अब भन्नुस्, केही कमाउने, बुझ्ने नेपालीहरूले त यस्तो गर्छन् भने दुई पेट भर्न धौ-धौ पर्नेहरूलाई कहाँको लोकतन्त्र, संबिधान, र मानव-अधिकारको बारेमा कसले सोच्छ ? कर्तव्य र अधिकारजस्ता ठुल्ठुला आदर्शका कुरा त हाम्रो क्षमताभन्दा बाहिरको कुरा हो । ।”

कमरेडले केही प्रतिकृया दिएनन् । उनी ट्वाइलेट जान्छु भनेर उठे । हाम्रो गफमा एकछिन ब्रेक पायो ।

साँझको हाम्रो भेटघाटको त्यस मध्यान्तरपछि अभिको बोलीको रफ्तार आश्चर्यजनक रूपमा कम भयो । सायद अधिक बियरको असर थियो ।

भन्नछन् – कुरो र कुलो जता लग्यो त्यतै जान्छन् । कमरेडको गफ समाजशास्त्र, राजनीति हुँदै बिज्ञान-प्रविधि र ईतिहासतिर मोड लिँदै गयो । उनीले केही बेर कम्युनिस्ट रूसले प्रविधिको बिकासको चुलीमा पुगेको, अहिलेको चीनले अमेरिका र संसारलाई जित्न लागेको कुराहरू थपे । त्यसपछि उनले अमेरिकाको चुरी फेरे – केही बेर क्युबा, केही बेर भियतनाम-युद्ध, र केही बेर अफ्रिका र मध्येपूर्वसँगको असफल कुटनीति । उनीले पूँजीवाद असफल भएको दाबी गरे । त्यसलाई पुष्टी गर्न अमेरिका र युरोपमा भएको सामाजिक-आर्थिक असमानताको उदाहरण दिए ।

म आफैँ पनि उनका तर्कहरू झण्डै झण्डै बुझ्न नसक्ने अवस्थामा पुगिसकेको थिएँ । मेरो लागि यो पूँजीवाद राष्ट्रमा बसेर यिनीहरूको खेदो काट्नु व्यर्थ थियो ।

हाम्रो गफ संसार भ्रमण गरेर अन्तत: नेपाल आइपुग्यो । कमरेडले लोकतन्त्रपछिको सत्ताको लुछाचुँडीप्रति चिन्ता व्यक्त गरे ।

हर-कोही वुद्धिजीवी, हर-कोही कवि-लेखक, हर-कोही नेतागिरी यो शहरमा छलफलको अन्त्य ‘समय’ सिवाय कसैले गरिदिन सक्तैन । हाम्रो भेटको अन्त्य गर्न सक्ने पनि त्यही ‘समय’ थियो । कमरेडले घडी हेर्दै भनेँ, “मेरो भोलि कार्यक्रम छ । हुन त जापानमा भए पनि नेपाली कार्यक्रम नेपाली समयमा नै शुरु हुन्छ । तैपनि सभा-हलको साँचोको जिम्मा म आफैँले लिनुपर्नेछ ।”

मैले उनको विवशता बुझेँ र त्यसमा सहमति जनाएँ ।

रेस्टुरेन्टको काउन्टरमा भीड अलिक बेसी नै थियो । कमरेडले आधा रकम मेरो हातमा थम्याई बाहिर कुर्ने ईशारा दिँदै निस्किए ।

पैसा बुझ्दै पूर्णिमाले भनी, “आज त तपाईँले अभि दाइलाई साह्रै चर्को घोच्ने गरी भन्नुभो नि ।”

मैले उसको कुरा बुझिन । त्यस दिन म निकै कम बोलेको थिएँ, कसरी उनीलाई असजिलो पर्ने कुरा भन्न सकेँ ?

पूर्णिमाले मेरो असमञ्जसतालाई बुझिछ क्यारे, उसैले थपी, “त्यही टिभीमा देखिएको नेपालीको कुरा । त्यो अभि दाइको अवस्थासँग धेरै मिल्छ ।”

म लज्जित भएँ । तर केही थाहै नपाए जस्तो गरी यो कुरा त्यसै टार्नु बाहेक मसँग अब कुनै उपाय थिएन ।

बाहिर कमरेड मलाई कुर्दै थिए । शुक्रबारको बेलुका, मान्छेको चहलपहल अलि बेसी नै थियो । अधिकांश मानिसहरू जागीरेहरू थिए । उनीहरूलाई सुट र कालो झोलाबाट सजिलै चिन्न सकिन्थ्यो । अनि धेरैजसो तीन-चार जनाको समुहमा थिए र प्राय: रक्सीले मातिएको अवस्थामा थिए । अलि पर तीस-चालीस जनाको संख्याको कलेजका ठिटाठिटीहरूको हुल थियो । सम्भवत: तिनीहरू पनि कुनै रेस्टुरेण्टमा रक्सी पिएर निस्केका थिए । उनीहरू चर्का-चर्का स्वरमा मात्तिँदै कराउँदै र हाँस्तै थिए ।

रेलको स्टेसनभित्र छिरेपछि कमरेडले हात मिलाउँदै भने, “हस् त कमरेड, मिल्यो भने भोलिको कार्यक्रममा आउनुहोला ।”

मैले स्वीकृति जनाउँदै उनीसँग बिदा लिएँ ।

कमरेड अभिको जीवन देखेर मलाई टिठ लागेर आयो । सात समुद्रपारि आइपुग्दा पनि उनीलाई आफ्नो कर्मले छोड्न सकेको थिएन । केही समय पायो कि दुई चार जना नेपालीहरू जम्मा गरेर एउटा संस्था खोल्छन्, दुई चार कार्यक्रम गराउँछन् – भलै त्यसको उपलब्धी सून्य किन नहोस् । उनीले कुन बाध्यताले यतै दोश्रो घरजम गरे, मैले बुझ्न सक्ने कुरो भएन । तैपनि पूर्णिमाको कुरा पत्याउने हो भने नेपालको परिवारलाई पनि चटक्कै बिर्सन सकेका छैनन् । आफ्नो देश अनि आफ्नो पूर्खामा गर्व गर्छन् – त्यो उनको बोलीचालीबाट प्रष्ट हुन्छ । आफ्नो क्षमताभन्दा निकै टाढाको कुरा भए पनि उनी देशको लागि ठुला-ठुला सपना देख्छन् । यो ‘वाद’को समर्थन र उ: ‘वाद’को बिरोध गर्छन् । तैपनि कुनै खुसी या कुनै बाध्यताले यो समाजको चक्रव्यूहमा फँसेका कमरेड अभि महाभारतका अभिमन्युजस्तै भएका छन् ।

भीडमा नहराउञ्जेलसम्म मैले उनैलाई हेरिरहेँ ।

प्रतिरुपण: खुसी (कथा)


आकाशमा एक टुक्रा पनि बादलको छनक थिएन । सूर्य आकाशको मध्ये भागमा झलमलाइरहेको थियो । यद्यपि आङ् सिरिङ्ग पार्ने गरी चिसो हावाको लहर अर्को एक पटक फैलिएर चौर पार गर्दै वरिपरिको पैयुँको रूखमा ठोक्कियो । तिनै पैयुँको रूखहरूबिचबाट हावालाई उत्तर दिए झैँ गरी एउटा कोइलीको आवाज आयो । बसन्त ऋतुको आगमन भैसकेको थियो ।

प्रमेश चौरको बिच भागमा पुग्न लाग्दा बिपरित दिशाबाट एउटा पुरुष आकृति हल्का हात हल्लाउँदै ऊतर्फ आउन लागेको थियो । त्यो कविराज थियो ।

“त, लाग्ने होइन ?” कविराजले सोध्यो ।

“ठिक छ, म तयार छु,” प्रमेशले मसिनो स्वरमा उत्तर दियो ।

“आजैबाट दुई हप्ताको बिदा शुरु हुँदैछ, तेरो बोलीमा कुनै उत्साह छैन त!” कविराजले आश्चर्य छिपाउन सकिरहेको थिएन ।

प्रश्नले प्रमेश झसंग भएजस्तो भयो । हो त, बिदा त शुरु भैसक्यो । उसका अफिसका सबै कर्मचारी भोलि नै केही समयको लागि टाढा हुन्छन् । स्टाफ क्वार्टर सुनसान हुन्छ ।  ऊ आफैँ पनि केही दिनको लागि आराम गर्न पाउँछ ।

“केको हर्ष, केको विष्मात ! काम र बिदामा केको फरक छ र ? मेरो लागि बिदा कटाउनु पनि कामकै एक भाग न हो ।” प्रमेशको स्वरमा अँझै कुनै परिवर्तन भएन ।

बेलुकापख प्रमेश र कविराज शहर निस्किए । उनीहरू सिधै ओसियन टावरको इटालिएन रेस्टुरेण्टमा छिरे र झ्यालको सिट लिए । बाहिर अग्ला भवनहरू अनि सडक वरपरका बत्तीहरूले शहरलाई झिलिमिली पारेका थिए । पर सैन्य परिशर नजिकैको होटलले सप्तरंगी प्रकाश फालेर आकाश अरू रोमाञ्चक बनाएको थियो । र शहरको पुरै झिलिमिली उज्यालो सामुद्रिक पानीमा ठोकिएर समय झनै मनमोहक बनेको थियो ।

“तेरो समस्य के हो ? तँलाई आजभोलि अलि बढी नै गम्भीर देख्छु ।” मौनतालाई छिचोल्दै कविराजले आफ्नो कौतूहल निकाल्यो ।

“मलाई उदास भन्न मिल्दैन । म उत्साह र उदासतालाई नियन्त्रण गर्न सक्छु ।”

“तेरो त्यो क्षमता त मैले मानेँ । तर तँ पहिलेजस्तो खुसी भने देखिँदैनस् ।”

प्रमेश झ्यालबाहिरको शहरको झिलिमिली हेर्दै चुपचाप रह्यो ।

“तँ आफैँ भन् न ! तँसँग के छैन ? पद, पैसा, प्रतिष्ठा् ? दिमाग अनि त्यसलाई उपयोग गर्ने वातावरण ?” कविराज गफको शिलशिला फेर्ने बिचारै गरेन ।

प्रमेशले उत्तर दियो, “त्यस्ता कुरा पुगेर मात्र खुसी हुन सकिने रहेनछ ।”

कविराज अल्मलियो । ऊसँग प्रतिउत्तर दिने केही तर्क थिएन । त्यसैले ऊ केही बेर स्प्यागेटी चपाएर मुखलाई व्यस्त देखाउने प्रयास गर्दै थियो । ताकि, उसले तत्काल केही बोलिहाल्न नपरोस् ।

“कवि, तँलाई थाहा छ – मान्छेलाई मान्छे भएर बाँच्नको लागि सबभन्दा आवश्यक कुरा के हो ?” यस पटक भने प्रमेश आफैँले गफलाई अगाडि ल्यायो ।

कविराजलाई थाहा थियो – ऊसँग प्रमेशलाई सन्तुष्ट पार्ने उत्तर थिएन । यदि त्यो सवालको जवाफमा भौतिक कुराहरू पर्ने भए प्रमेशले यो प्रश्न गर्ने नै थिएन । उसले चुपचाप मुन्टो हल्लायो ।

“मान्छेलाई सबभन्दा आवश्यक कुरा हो – अनभिज्ञता र स्वतन्त्रता । मलाई आजकल यस्तो लाग्न थालेको छ ।”

प्रमेशको तर्क बुझ्न कविराजलाई कठिन भयो । स्वतन्त्रताको कुरा त चित्त बुझ्दो नै छ । तर अनभिज्ञता ? त्यो कसरी मान्छेको आवश्यकता हुनसक्छ, जबकि संसारका हर कोही त्यसलाई नै तोड्न खोजिरहेका छन् । यो तर्क बुझ्न प्रमेशबाटै पुष्टि सुन्नु आवश्यक थियो ।

“यो सारा सृष्टि चलेको छ अनभिज्ञताले । भोलि के होला ? मैले यसो गरे कसो होला ? उसो गरे कस्तो प्रतिफल आउला ? छोराछोरीलाई भविष्यमा के बनाउँदा ठिक होला ? यस्तै अनभिज्ञता र अनिश्चितताले संसारका हर प्राणी पलपल अहिलेको जीवनशैलीमा बाँचिरहेका छन् । यदि भोलि के हुन्छ, एक वर्षपछि के हुन्छ, सबै अहिले नै जानकारी भए त्योभन्दा पट्यारलाग्दो जिन्दगी केही हुँदो रहेनछ ।”

प्रमेशको कुरामा कविराज सहमत थिएन। उसले आफ्नो तर्क दियो, “सारा मान्छे भविष्य जान्न ईच्छुक छन् । यत्रा ज्योतिष अनि तँ-हामी जस्तै वैज्ञानिक पनि भविष्य जान्न, अनि भविष्यमा हुन सक्ने कठिनाइहरूसँग कसरी सामना गर्ने तरिका खोज्न त लागिपरेका छौँ ।”

प्रमेशसँग कविराजको लागि रेडिमेड उत्तर थियो, “त्यो चाहना हो कवि । त्यसले खुसी दिन सक्तैन । यदि भगवान कृष्ण साँच्चै भगवान भएका भए संसारको सबभन्दा बेखुस प्राणी उनी हुनपर्छ ।”

“यसको मतलब, तैँले पनि भविष्य देख्न थालिस् ?” कविराजले प्रमेश किन यो सब कुरा निकाल्दै थियो बुझ्न सकेन ।

प्रमेशले प्रसंग मिलाउँदै उत्तर दियो, “मेरो कुरा अलि बेग्लै छ । मलाई यस अर्थमा पट्यार लाग्दैछ कि, मलाई थाहा छ भोलि या केही महिनापछि या केही वर्षपछि मेरो जीवन कस्तो हुन्छ । मेरो जिन्दगी, मेरो शरीर, मेरो खुसी, मेरो भविष्य म आफैँ नभएर अरू कोहीबाट इन्जिनियरिङ गरी छिनिएको छ ।”

कविराजले केही संयम भएर प्रमेशलाई बुझाउन खोज्यो, “तँ त यहाँको प्रख्यात वैज्ञानिक । तँलाई जो कोही पनि आदर गर्छ । तँलाई आफ्नो जन्मसँग यो सब किन चासो ? तँ जन्मिस् त्यो नै महत्त्वपूर्ण कुरा हो ।”

“मैले भनिसकेँ, प्रतिष्ठा मात्रै सबै थोक होइन । तँलाई थाहा छँदैछ, म पचास वर्ष अगाडि नै मरिसकेको कुनै मान्छेको कोषबाट प्रतिरूपण गरिएको, अनि मजस्तै प्रतिरुपित दशौँ प्रतिरूपितहरूमध्येको सर्वश्रेष्ठ ठहरिएको आधारमा जन्माउन छानिएको जन्मपूर्वको शिशु । म त आफूलाई जन्माइएको नभनेर बिकास गरिएको भन्न रुचाउँछु । मलाई बिकास गरिनुमा कुनै विशेष उद्देश्य थियो । मलाई बालककालदेखि नै भविष्यमा के हुनुपर्छ, के गर्नुपर्छ, के खान हुन्छ के हुँदैन सबै प्रष्ट पारिएको छ । आफ्नो कर्म छान्न नपाउने जिन्दगी जिइरहेको छु । अनि तैँ भन् यस्तो अनभिज्ञता र स्वतन्त्रता नभएको जिन्दगी केको लागि जिउने ?”

कविराजले कुरालाई सकारात्मक मोडमा लैजाने अन्तिम प्रयास गर्यो ,”यस अर्थमा त तँ पो भाग्यशाली रहेछस्, शुरुमै आफ्नो जिन्दगीको कर्मको बाटो पहिल्याउन सकिस् । भन्न त भनिन्छ नि, मजस्ता प्राकृतिक रुपमा जन्मिएका प्रत्येक सामान्य मानिसले पनि जन्म लिनुमा प्रत्येकसँग एक-एकोटा कारण (purpose) छन् रे । त्यो कारण पहिल्याउन सक्नु र नसक्नुमा जीवन आकास‍-पाताल फरक हुन्छ । कोही जीवनको बाटोको बिचैमा आफ्नो त्यो कारण पैल्याउँछन्, कोही जिन्दगीभर खोज्दै हिँड्छन् । म त तेरो लागि खुसी थिएँ, कि तेरो लक्ष्य प्रष्ट छ अनि त्यसको लागि तँसँग क्षमता पनि छ र वातावरण पनि ।”

प्रमेश अरु दिनभन्दा अलि बढी नै खुल्यो । अनि अलि बढी आवेशमा आयो । उसले आफ्नो एकलकाटे बाल्यकालको बारेमा बतायो । पचास वर्ष अगाडि मृत्यु भैसकेका एक विख्यात बैज्ञानिकको सुरक्षित कोषलाई धेरै हरदसम्म परिमार्जित गरी उसलाई प्रतिरुप मानवको रुपमा विकास गरिएको थियो । उसको आफ्नो आमा-बाबु भन्ने कोही थिएन । उसलाई जन्माइएको प्रयोगशाला, जसलाई उसका निर्माता इन्जिनियरहरू हस्पिटल भनी जबर्जस्ती सहजता दिलाउन खोज्थे, त्यहाँ उसको हेरचाह गर्ने परिचारिका जस्ता महिलाहरू उसका धाइ-आमा भए । प्रमेशलाई निरिक्षण गर्ने इन्जिनियरहरू तिनै वैज्ञानिकलाई उसको बाबु भनेर चिनाउँथे । यद्यपि ऊ त्यसो मान्न तयार थिएन । जब कुनै व्यक्ति कसैको शत-प्रतिशत उही हुन्छ, ती कसरी बाबु-छोरा हुन सक्छन् ? बाबु-छोरा हुन त बाबु चाहिँको आधा अंश मात्र देन हुनुपर्छ – मात्र तेइस क्रोमोजमबाट । यो प्रतिरूपणको सम्बन्ध त न बाबु-छोरा भन्न मिल्ने न त जुम्ल्याहा वा मित । यो सृष्टिले दिन नसकेको र मानव समाजले परिभाषित गर्न नसकेको सम्बन्ध थियो ।

बाल्यकालमा बाबु-आमाको अभावमा पनि प्रमेशले सामान्य जिन्दगी बितायो । त्यसै बेला उसलाई उसको जिन्दगीको रहस्य र लक्ष्यबारेमा बताइयो । उसले भविष्यमा उसले शरीरको अंश पाएको ती प्रख्यात वैज्ञानिक झैँ विभिन्न आविश्कारहरू गरेर मानव समाजको स्तर उकास्न सहयोग गर्नु पर्ने थियो । त्यसको लागि उसले सामान्य मानिसहरूभन्दा पृथक किसिमले बाँच्नुपर्थ्यो । रक्सी-चुरोट मनाही थियो । विशेष समय र निश्वित परिमाणमा हल्का ड्रिङ्क छुट थियो । लामो आयु बाँच्नु अनिवार्य थियो किनकि ऊ एउटा लगानी थियो । कम उमेरमा मरिदिनाले त्यो लगानी खेर जान सक्थ्यो ।

विद्यार्थी जीवनमा प्रमेशले आफ्ना निर्माता इन्जिनियरहरूलाई निरास पारेन पनि । वयश्य भएपछि भने उसलाई ‘बाबु’, ‘आमा’, र ‘परिवार’ भन्ने शब्दहरूले पोल्न र गिज्याउन थाले । उसको त्यो दर्द आजको कविराजसँगको भेटमा विष्फोट भएको थियो ।

प्रमेशसँग आफ्नो जिन्दगीको बह पोख्ने कविराज बाहेक कोही थिएन । आफूले नचाहेको जिन्दगी नचाहेको किसमले बाँच्नुपर्ने यथार्थ थियो त्यो । ऊ अघि भन्दै गयो, “तँ आफैँ भन् । म अहिले कहाँ छु, कोसँग छु, के गर्दै छु – कसैले चियो गरिरहेको हुन्छ ।  यही वाइन् नै, मैले कति पिएँ, कुन ब्रान्ड पिएँ र त्यो परिमाणले मेरो दिमागका कति लाख कोष नष्ट भए कसैले हिसाब गरिरहेको छ । यदि उनीहरूले किटेको मात्राभन्दा बढी मैले अर्डर गर्न लागेँ भने रेष्टुरेण्टलाई खबरदारी आउँछ । ट्राफिक दूर्घटनामा नपरोस् भनेर सवारी साधनमा चढ्न निरुत्साहित गरिन्छ र चढ्नै परे पनि निश्चित गाडी र निश्चित ड्राइभरको व्यवस्था हुन्छ । मलाई करिब करिब थाहा छ आजको एक महिनापछि, एक वर्षपछि र दश वर्षपछि कहाँ, कसरी र कुन विषयमा अनुसन्धान गरिरहेको हुन्छु । म श्री ३ हरूले सुखसयलमा बन्दी गरिएको कुनै श्री ५ जस्तै यो खुल्ला संसारमा बन्दी छु ।”

कविराजसँग सहज जवाफ सिवाय केही थिएन, “यसलाई कसरी लिने तैँमा भर पर्छ । तर तँ भोलिको इतिहाँसको पृष्ठमा नछुटाइने नाम त अवश्य होस् ।”

“होला, तर आफ्नै पौरखले इतिहासमा नाम लेख्नु र कुनै प्रयोगशालाका इन्जिनियरहरूद्वारा त्यस्तो बनाइनुमा फरक छ । मलाई केही स्वतन्त्रता छैन । यति हदसम्म कि मेरी गर्ल्फ्रेन्ड मनुजा समेत मेरो लागि छानिएको हुन्छ । अनि छानिएको हुन्छ साथी समेत, हो कवि, तँ पनि !”

“त्यो कसरी ? मनुजा र म त सामान्य मान्छे हौँ । यो प्रतिरूपणमा कसरी आयौँ ?” कविराज उत्तेजित भयो ।

“किन आएन ? मैले मानेँ, तिमीहरू मजस्तै गरेर प्रयोगशालामा जन्मेनौ । तर मेरो बानी-ब्यहोरा, ईच्छा, मन पराइका वस्तहरू सबै प्रयोगशालामा छानेर मेरो कोषमा राखिएको थियो । तिमी दुईको जीनलाई अनुसन्धान गरेरै मेरो कोषमा किटेको पनि मलाई थाहा छ । इन्जिनियरहरूको इच्छा नै रहेछ कि तँ मेरो साथी बनोस् र मनुजा श्रीमती । अब यसलाई के मान्ने !”

कविराज अवाक भयो ।

साँझ रातमा परिणत भयो । रेष्टुरेण्टबाट उनीहरू एउटा बारमा गए । मानिसको भीडले खचाखच भरिएको बारमा दुई जना युवतीहरू उनीहरूतर्फ हेर्दै कानेखुसी गर्न थाले । एउटीले मुख बाई । ऊ प्रमेशतिर हेर्दै आश्चर्यभाव प्रकट गर्दे थिई ।

बिपरित तर्फको टेबुलमा दुई जना अग्ला र चौडा छाती भएका केटाहरू पनि समय-समयमा प्रमेश र कविराजतिर हेर्दै एक अर्कालाई आँखाको ईशारा गर्दै थिए ।

“समलिङ्गी ?” कविराजले ठट्टा गर्यो ।

प्रमेशलाई लाग्यो उसले ती दुईलाई केही दिन अघिदेखि पटक-पटक फरक-फरक ठाउँमा देखिसकेको छ । उसले  ती केटाहरूको आँखा छली कविराजलाई भीडबाट निकाल्यो ।

बाहिर सडकमा आइपुग्दा रात निकै छिप्पिइसकेको थियो । चिसो स्याँठको अर्को झड्को छेउको भवनसँग ठोकिएर तल सडकसम्म आइपुग्यो । प्रमेशले आफ्नो हात ओभरकोटको खल्तीमा झनै बेस्सरी कस्यो र आँङ् कक्रक्क पारी चिसोको सामना गर्यो । केही बेरको लागि किन नहोस्, उसलाई स्वतन्त्रता नै प्यारो थियो । बसन्तकालीन रात्रीको चिसो स्याँठको बाबजुद पनि ।

(प्रतिरूपण: अंग्रेजीमा cloning)