स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमा उल्लेख्य वृद्धि भएको छ ।

वर्तमान आर्थिक वर्षको संशोधित अनुमान २४ अरबको तुलनामा आगामी आर्थिक वर्षमा यसलाई ६१ अरब पुर्याइएको छ। चालु खर्चलाई १९ अरबबाट ४५ अरबमा र पूँजी खर्चलाई ५ अरबबाट १५ अरबमा बढाइएको छ ।

कोरोना फैलिरहेको अहिलेको अवस्थामा यो वृद्धि धेरै अपेक्षित पनि थियो ।

यद्यपि खर्च गर्ने क्षमता अहिलेभन्दा करीब तीन गुनाले बढाउनु पर्ने देखियो, विशेष गरी पूँजीतर्फ ।

अहिलेसम्मको तथ्याङ्क हेर्दा पूँजीतर्फ वार्षिक पाँच-सात अरब जति खरब गर्न सकिने रहेछ । र एकै वर्षमा १५ अरब खर्च गर्नको लागि चाहिं राम्रै योजना र कार्यान्वयनको आवश्यकता छ ।

The Alternative Politics Question

In light of the Bibeksheel-Sajhas disintegrating back to their original factions today, instead of pondering on what went wrong in hindsight, it is worth discussing how these meager forces might want to advance.

Today’s political and social positioning is a perfect breeding ground for an alternative politics.

The ruling Communist party, with an overwhelming majority, is losing credibility with corruption, nepotism and lack of results. This is frustrating the populace by the day. A nigh moribund main opposition Nepali Congress, with its vigor and glory long gone, is virtually directionless and too feeble to check the increasingly authoritarian government. The voters, on the other hand, are more conscious, competent and young than ever and are fed up with the vile of traditional politics. At the same time, technology, prominently communications and social media, has pierced almost to the core of even the least privileged class.

If handled well, we could as well see one such new a force, full of energy and morale and vision, magnify themselves into prominence by the next election – or the next.

One or two elections ahead, gone will be the days when politics used to be about peace and stability and identity. With the change in demographics and overflow of young generation into the urban centers, the main agenda will by far be economy.

In this backdrop, it is tough for these newborns. It is not possible for them to capture the helm of the country without elucidating their positions in the political map. Do they wish to control the financial market or do they advocate laissez-faire? What sort of, and to what depth of, social security do they envisage? What will be their policy on education, health and infrastructure? Do they support a more labor-based agenda or a more competitive market swaying to capitalism?

Till now, they have been mustering all their resources in building themselves a house, so to speak – a house that would give them a common stand and recognition. That the house in question has now ended up in a debacle within a matter of 17 months, the need to clarify their positions with respect to the above questions has never been more crucial.

We have heard enough about their values. Now it’s time they enlighten us with their visions. For otherwise, people will be asking one tough question: Are the incumbent political forces, with some reform, not better off to lead the country?

बुढीगण्डकी: मुअब्जामा तँछाड-मछाड गर्न छाडी एक पटक सोच्ने कि!

बुढीगण्डकी जलविद्युत योजना वास्तविकतामा परिणत हुँदा (यदि भएमा) आसपासको क्षेत्रमा विकराल सामाजिक-आर्थिक समस्या पनि बढ्दै जाने खतरा छ । यस विषयमा राज्य र स्थानीयस्तरमा समयमै पहल गर्नु आवश्यक छ ।

प्रभावित क्षेत्रमा मुअब्जा बाँड्न थालिएको समाचार पढ्दै गर्दा, यसै क्षेत्रको स्थायी बासिन्दाको हैसियतले, केही लेख्न मन लाग्यो ।

————————–

निकै वर्ष भयो, प्रत्येक पटक घर फर्कंदा सुनिने “हल्ला”हरू सधैं उस्तै उस्तै । अब दुई महिनामा मुअब्जा बाँड्ने रे, फलानो ठाउँमा त आइसक्यो, यति वर्षपछि यस्तो हुन्छ रे, आदि आदि ।

धेरै स्थानीयहरूमा पैसाको बिटो बुझ्ने हतारो देखिन्छ । “बुज्रुक” र “ठालु”हरू आ-आफ्नो “बिटो” झनै बाक्लो बनाउने कसरतमा लागेका छन् । व्यवहारिक रुपमा एउटै छानोमुनि बसे पनि कागजमा सकेसम्म धेरै ‘एकल’ परिवार (nuclear family) बनाउने लहर प्रत्येक धुरीसम्म फैलिएको छ । वर्षौंसम्म गाउँबाहिरै बस्नेहरू यही “मौका”मा “छाप्रो” बनाउन फर्किन थालेको सुनिन्छ । यदाकदा, दशौं वर्षअगाडि पढाउनको कञ्जुस्याइँले छोरीलाई बिहे गरी पठाइदिनेहरू एकाएक “अलिकति भए पनि” अंश छुट्याइदिन ललायित देखिन्छन् ।

“नियम”ले दिएसम्म सबैले बुझुन्, त्यसमा केही गुनासो भएन । यस लेखको प्रयास – यो लहर अन्तत्वगोत्वा निराशामा परिणत नहोस् भनेर सचेत गराउने मात्रै हो । र यो लेख, यसमा दिइएको तर्क अनि उदाहरण, र दिन खोजिएको मेसेज कुनै नकारात्मक सोचको उपज होइन, धरातलीय यथार्थ हो ।

‘राष्ट्रिय गौरब’को यो परियोजना बन्नुपर्छ, यसमा दुई मत हुन सक्तैन । तर यस भेगको “माटो” र “मान्छे”को यथार्थलाई बुझेर बहस गर्ने हो भने, मुअब्जा बाँडिएपछि र डुबान शुरु भएपछि प्रभावितहरूलाई कस्तो भविष्यले पर्खी बसेको छ, सोच्नु मनासिब हुनेछ । बुँदागतमा रुपमा केलाउँदा :

१) प्रभावित भेगका बासिन्दा प्रायः सबैको ऋण छ । त्यो कृषि बिकास बैंक या गाउँकै साहूहरूबाट लिएकै किन नहुन् ! कसैले भैंसी-पालनको ऋण लिएर छोराको बिहे गरेका छन्, कसैले खेत बन्धकी राखेर बुहारीको उपचार गराएका छन् । गाउँका पसल, मिल, वल्लाघर-पल्लाघरको उधारो तिरेतारो त छँदैछ । मुअब्जा बुझेको निकै रकम शुरुमै यस्तैमा जाने देखिन्छ ।

२) यस भेगका अधिकांश बासिन्दा सोझा कृषक छन् । त्यसमाथि अनपढ छन् । धेरैलाई पैसालाई व्यवस्थित रुपमा प्रयोग गर्ने क्षमता नै छैन भने पनि अत्युक्ति हुँदैन । उनीहरूले नयाँ ठाउँमा अंगाल्न सक्ने पेशा भनेको कृषि नै हो, उनीहरूलाई चाहिने जग्गा नै हो । आयोजनाको सेयर दिएर, वा आयोजना बनिसकेपछि जागीर दिने सपना देखाएर पनि हुँदैन । किनकि ‘पढेलेखेका’हरू धेरै जसो शहर र बिदेश पसेका छन्; वास्तविक विस्थापित त गाउँमै हलो-कोदालोमै बिताउनेहरू हुन् ।

३) चल सम्पत्ती, खर्च हुने ठाउँ दशथरी हुन्छन् । कसैलाई यही मौकामा दुबई-कतार जाने इच्छा पलाउला, कसैलाई २ तोला सुन किन्ने सपना होला, र कसैलाई छोराछोरीलाई महँगै स्कूल-कलेजमा हाल्ने आँट आउला । धेरैले दारु, मासु, र ‘मेरिज’मा पनि “लगानी” गर्नेछन् । उमेरदार छोरा-छोरी हुनेहरूलाई गच्छेभन्दा अलिकति माथि उक्लेर विवाह र भोज-भतेर गर्न आँट बढ्ला । गाउँमा पसल भएका एक भाइले भूकम्पको राहत बाँडेपछि पसलमा दारुपानीको बिक्री ह्वात्तै बढ्यो भनेर केही हप्ता अगाडि फेसबुकमा लेखेका थिए ।

४) पैसा बाँड्नेबित्तिकै वरिपरिका जग्गा र घर-घडेरीको मूल्य आकासिने छन् । र प्रभावितहरूको अहिले जति जग्गा छ, त्यसको धेरै कम क्षेत्रफल मिल्नेछ । वरिपरिका बासिन्दाहरूलाई पनि तत्काल जग्गा बेचिहाल्नु पर्ने बाध्यता पनि त छैन – उनीहरू भाउ दह्र्याउने मौकामा बस्नेछन् । जग्गा व्यापारमा सरकारले नियन्त्रण गर्न नसकेको यथार्थ त काठमाण्डौं या चितवन आदि ठाउँहरू हेरे पुग्छ ।

५) कि त मुअब्जा एक मु्ष्ठमा बाँडेर तत्काल गाउँ छोड्न लगाउन पर्छ । नत्र, वर्षैपिच्छेको महंगी (inflation) लाई बिचार गर्ने हो भने, पैसाको भाउ (value) घटिसकेको हुनेछ । अहिलेको १ लाख पाँच वर्षपछि त्योभन्दा धेरै कम मूल्य बराबर हुनेछ । त्यसले विस्थापित बासिन्दालाई हात मुख जोर्न आवश्यक जग्गा नपुग्ने निश्चित छ ।

६) बुढीगण्डकी आसपासमा डुब्ने अधिकांश जग्गा टार र सम्म भागहरू पर्छन् । पहाडी भेगमा भए पनि यिनमा बढी उब्जनी र सिंचाइको सुबिधा छ । विस्थापित बासिन्दा वरिपरिको जग्गामा बसाइँ सर्ने हो भने सिंचाइ र सुबिधाको हकमा अहिलेकोभन्दा कमसल ठाउँहरूमा चित्त बुझाउनु पर्ने हुन्छ ।

७) र यो पनि सत्य हो कि – बुढीगण्डकी आसपासका टारका औसत बासिन्दाहरू वरिपरिका डाँडाका बस्तीहरूको तुलनमा बढी सुखी छन् । यी टारहरूमा बस्ती पनि बाक्लै छन् भने सामाजिक सद्भाव पनि निकै हदसम्म उदार देखिन्छ । राजनीतिले गाँजिए पनि संकुचितपन र झै-झगडाहरू कम छन् । परिश्रम गर्नेहरूको लागि दुई छाक खानको लागि त्यति समस्या छैन । यदि यिनीहरू वरिपरिको समाजमा थुप्रिने हो भने नयाँ ठाउँका कठिनाइ र भेदभावलाई आँकलन गर्न गहारै पर्ने देखिन्छ ।

यी आदि कारणहरू ध्यानमा राख्ने हो भने एकाध अपवादलाई छोडेर प्रभावित क्षेत्रका बासिन्दालाई मुअब्जामा आउने रकम उल्टै घाँडो हुने निश्चित छ । पैसा मात्रै बुझेर आ-आफ्नै ढंगले तितरबितर हुने हो भने ठुलै सामाजिक र आर्थिक असर पर्नेछ ।

यो परिवेशमा डुबान क्षेत्रका स्थानीय बासिन्दाहरूले पैसा लिन तँछाड‍-मछाड गर्ने, यति चाहिन्छ उति चाहिन्छ भनेर बार्गेनिङ् गर्ने समय यो होइन । बरू पूनर्वास कहाँ गर्ने, कस्तो समाज निर्माण गर्ने भनेर सोच्न र सम्बन्धित निकाय घचेट्न आवश्यक छ । अहिले जत्तिकै फराकिलो र मलिलो जग्गा सट्टामा पाएर, अहिलेको जत्तिकै वा बढी मिलेको बस्ती बनाउनेतर्फ अग्रसर हुन पर्छ । होइन भने सक्नेहरू चितवन-काठमाण्डौं सर्ने र नसक्ने-सोझाहरू सुकुम्बासी हुने कुरा अवश्यम्भावी छ ।

उसो त, भूकम्पपछि सुकुम्बासीसरह बस्नु परेको बाध्यात्मक यथार्थ त हामीमा छँदैछ ।
[ngg_images source=”galleries” container_ids=”10″ display_type=”photocrati-nextgen_basic_thumbnails” override_thumbnail_settings=”0″ thumbnail_width=”100″ thumbnail_height=”75″ thumbnail_crop=”1″ images_per_page=”20″ number_of_columns=”0″ ajax_pagination=”0″ show_all_in_lightbox=”0″ use_imagebrowser_effect=”0″ show_slideshow_link=”1″ slideshow_link_text=”[Show as slideshow]” order_by=”sortorder” order_direction=”ASC” returns=”included” maximum_entity_count=”500″]

आर्थिक विकास र बुढीगण्डकी बारे BRBले लन्डनमा के भने ?

गत हप्ता १३ नोभेम्बरका दिन डा बाबुराम भट्टराईको कार्यक्रममा सरिक हुन बेलायतको अल्डरसटमा पुगियो ।

औपचारिक रुपमा राजीनामा दिइसकेको भए पनि आफ्नो क्षेत्रको सभासद/सांसद भएको नाताले प्रत्यक्ष रुपमा सरोकार रहने विषयमा सुन्ने पनि ध्येय रह्यो ।

BRB Aldershot

उनीले जोड दिएको आर्थिक सम्बृद्धिको विषय समयानुकुल छ । र विचारहरू पनि त्यसप्रति लक्षित छन् । आर्थिक सम्बृद्धिका विषयमा देशले फड्को मार्नका निमित्त हामीले अंगाल्न पर्ने नीतिहरू, उनको भनाइमा, यी तीन विषय हुन् –

  • उद्दमशिलता र व्यवसायिकताः यसको लागि हामीले श्रममाथि श्रद्धा गर्न पर्यो, शीपमूलक शिक्षामा जोड दिन पर्यो, र व्यवसायिक सोच राख्न पर्यो ।
  • राजनैतिक अस्थीरताः प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुन पर्यो ।
  • राज्य र निजी क्षेत्रको सहकार्यः स्वास्थ्य, शिक्षा, यातायात, सूरक्षा, पूजी राज्यले ठिक पार्न पर्यो । बाँकी निजी क्षेत्रको जिम्मामा छोडिदिन पर्यो । तर विद्यमान भूमि नीति सुधार गरी, भूमिमाथिको स्वामित्व राज्यको हुने तर उपयोग जनताले गर्ने व्यवस्था गर्न पर्यो ।

दोश्रो र तेश्रो बुँदाको लागि ठुलै राजनैतिक सहमतिको आवश्यक पर्दछ जुन त्यति सहज छैन । व्यक्तिगत रुपमा म आफैं पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको समर्थक हुँ ।

व्यवहारिक रुपमा देशको सम्बृद्धिको लागि सबभन्दा आवश्यक भनेको देशका विभिन्न अंगहरू परिपक्व र भ्रष्टाचाररहित हुन सक्नुपर्छ, जनतालाई काम गर्दा उचित फल (incentive) आउने मोडलका नीति निर्माण हुनुपर्छ र कार्वान्वयन हुन सक्नुपर्छ ।

अहिलेको युगमा देश बिकास गर्नको लागि बलिया कम्पनीहरू बन्नु पर्छ । साथै तीलाई सही तवरले नियन्त्रण गर्न राज्य सक्षम र सफल हुन सक्नुपर्छ । कुनै व्यक्ति वा सरकारले देशको बिकास गर्ने दिन गए ।

कति वर्षभित्र आयदर कति पुर्याउने भन्ने कुरा पनि निस्कने नै भयो । उनीले आफ्नो धारणा राखे – जसमाथि मैले केही महिनाअगाडि सानो टिप्पणी गरेको थिएँ । यो पोस्टमा त्यस विषयमा प्रवेश नगरौं ।

जनताको रुपमा प्रतक्ष सरोकारको विषयमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना ढिलाइ र स्थानीयहरूको उचित विस्थापनबारे उनको धारणा यस्तो रह्यो ।

आयोजनाको बारेमा Rishi Khanal र Kumar Simkhada को प्रश्नमाथि Dr Baburam Bhattarai को जबाफ लण्डनमा !

Posted by Rishi Khanal on Sunday, November 13, 2016