प्रमको ट्विटर ह्याक प्रकरणबाट के सिक्ने ?

केही समयअगाडि हाम्रा प्रधानमन्त्री सुशील कोइरालाको आधिकारिक ट्विटर ह्यान्डल ह्याक हुँदा सामाजिक सञ्जालमा, र विशेष गरी ट्विटरमा, ठुलै होहल्ला भयो ।

PM_SK_Twitter_Hacked

यदि बाराक ओबामा, नरेन्द्र मोदी, र डेभिड केमरुनजस्ता अन्य देशको कार्यकारी प्रमूखको ट्विटर एकाउन्ट ह्याक भएको भए के हुने थियो, सजिलै कल्पना गर्न सकिन्छ ।

आखिर प्रतीक प्रधानजस्ता हस्तीको रेखदेखमा भएको एकाउन्ट कसरी कसैले ह्याक गर्न सक्यो ? यस घटनाले कस्तो सन्देश दिएको छ ? र यस्ता ह्याकरबाट बच्न के गर्नु पर्छ ? आउनुहोस् केही छलफल गरौँ ।

कसरी ह्याक भयो ?

ह्याक कसरी भयो भन्ने बारे बाहिर प्रकाशमा नआएपनि ट्विटर एकाउन्टको पासवर्ड कसैले चोरी गरेर वा अनुमान गरेर प्रधानमन्त्रीको ट्विटर एकाउन्टमा छिरेको अनुमान लगाउन सकिन्छ ।

यसरी कुनै व्यक्ति वा एकाउन्ट विशेषलाई target गरेर, त्यसलाई ह्याक गर्न तथ्यहरू (पासवर्ड आदि) संकलन गरेर गरिने कामलाई information securityको विधामा targeted attack भन्ने गरिन्छ । यस्ता attack गर्दा पासवर्ड अनुमान गर्नको लागि ह्याकरहरूले मूख्यत तलका तीन वटा बिधि अपनाउने गर्छन् ।

  1. Scanning or brute-force attack: मानी लिनोस् तपाईं एउटा यस्तो ढोका अगाडि हुनुहुन्छ जसभित्र छिर्नको निमित्त २ अंकको कुनै निश्चित नम्बर (उदाहरणको लागि सही उत्तर: ६७) गेस गर्नुपर्ने हुन्छ । यदि तपाईंले यो अंक मिलाउन सक्नुभयो भने मात्र ढोका खुल्दछ । सही उत्तर मिलाउने सबभन्दा सजिलो उपाय के होला ? दिमागमा जुन अंक आयो अन्धाधुन्ध त्यही अंक भन्दै जानुभन्दा ०० बाट क्रमैसँग ९९ सम्म भन्दै गएमा ६८औं ‘ट्राइ’मा ढोका खुल्नेछ । मतलब, अधिकमा १०० वटा नम्बरसम्म भन्दै जान पट्यार त लाग्छ नै, तर सफलता अवश्यम्भावी छ । अरूको ट्विर (वा अन्य कुनै एकाउन्ट पनि) भित्र लग-इन गर्नको निमित्त पनि यस्तै तरिका प्रयोग गर्न सकिन्छ, भलै पासवर्ड २ अक्षरको नभई धेरै लामो हुन्छ । पासवर्ड लामो भयो भने यसरी ‘ट्राई’ गर्नुपर्ने संख्या पनि अत्याधिक बढेर जान्छ । तर यहाँ के बुझ्नु जरुरी छ भने एउटा साधारण ‘हिट एण्ड ट्राइ’को सानो सफ्टवेरले एक रातमै लाखौं ‘ट्राइ’हरू मारिसक्न सक्छ । यसरी अरूको पासवर्ड अनुमान गरेर एकाउन्ट ह्याक गर्ने तरिकालाई scanning वा brute-force भनिन्छ ।
  2. Dictionary attack: यो पासवर्ड गेस गरेर अरूको अकाउन्टमा लग-इन गर्ने अर्को तरिका हो । शब्दकोषमा भेटिने शब्दहरू, जस्तै firefly, america, nepal जस्ताको तस्तै पासवर्डको रुपमा प्रयोग गर्ने मानिसहरूको संख्या पनि अत्याधिक छ भन्ने कुरा सर्वविदितै छ । यही तथ्यलाई मध्येनजर राख्दै, कुनै शब्दकोषमा भएका सबै शब्दहरूले ‘ट्राइ’ मार्दै गएमा एक न एक पटक मिल्न जान्छन् । माथिको scanning भन्दा यो तरिका बढी छिटो हुन्छ किनकि यसमा ‘ट्राइ’ मार्न पर्ने संख्या निकै कम हुन्छ ।
  3. Social engineering: यो सबभन्दा सशक्त तरिका हो । तपाईंले कहीं न कहीं मानिसहरूलाई पासवर्ड वा पासवर्डका हिन्टहरू फुस्काएको हुनसक्छ । भलै त्यो साथी वा परिवारको सदस्य वा बाहिरी व्यक्ति वा इन्टरनेटको कुनै पेजहरूमा जहाँकहीँ पनि हुन सक्छ । र त्यो पोहोर-परार, गत महिना, हिजो वा आजै पनि हुनसक्छ । कहिल्यै यसो भन्नुभएको छ ? – “म त जुनसुकै एकाउन्ट बनाउँदा सम्झिन सजिलोको लागि जन्ममिति प्रयोग गर्ने गर्छु ।” यस्ता “साना मसिना” कुराहरू जोड्दै जाँदा तपाईंको पासवर्ड अनुमान गर्ने सम्भावना निकै हुन्छ । त्यसको लागि ह्याकरहरूले तपाईंले फेसबुक, ट्विटर, ब्लग आदि सार्वजनिक ठाउँमा छोड्नुभएको हिन्टहरू जुटाउन सक्छन् । अर्को कुरा, सामाजिक सञ्जालहरू (facebook, twitter, linkedin, आदि), वेब-मेल (hotmail, yahoo mail, gmail, आदि), सपिङ् साइटहरू (amazon, rakuten, ebay, आदि) र अनगिन्ती पेजहरूमा प्रयोगकर्ताहरूले एउटै पासवर्ड प्रयोग गर्ने चलन पनि थाहा भैसकेको अर्को तथ्य हो । कतै तपाईं आफैं पनि त्यस्तै नै गर्नुहुन्छ कि? यसै क्रममा तपाईंले कुनै कम-विस्वसनीय पेजहरूमा एकाउन्ट खोल्नुभएको छ र त्यो कुनियतको साइट हो छ भने त्यस साइटका मालिकहरूले तपाईंको त्यो पासवर्ड प्रयोग गरेर gmail, facebook, twitter, amazon जस्ता महत्वपूर्ण अन्य एकाउन्टमा लग‍-इन गर्ने ‘ट्राइ’ मार्न सक्छन् । एउटा साइटले त खुलेरै यो विधि तरिका प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ

प्रधानमन्त्रीको एकाउन्ट ह्याक हुँदा कुन चाहिँ विधि अपनाइयो, त्यो हामीलाई थाहा हुने कुरा भएन । तर जुनकुनै भए पनि इन्टर्नेटमा भएका तपाईं हाम्रा एकाउन्टका पासवर्ड नचोरिउन् वा एकाउन्ट ह्याक नहुन् भनेर सतर्कता अपनाउनु जरुरी छ ।

यसपटकको ह्याकबाट के सिक्ने ?

यस पटकको प्रकरणबाट हामीले यो सिक्न जरूरी छ कि हामी कोही पनि नेटमा सुरक्षित छैनौँ । जब देशको प्रमूख कार्यकारीको एकाउन्टमाथि त यस्तो भयो (जब कि, ह्याकरलाई थाहा अवश्य छ कि, यदि पक्रियो भने ठुलै फन्दामा ऊ पर्न सक्छ) भने हामी सर्वसाधारणको के कुरा ? यदि हामी सजग भएनौँ भने ।

बिचार गरी हेर्नुभयो भने तपाईंका महत्वपूर्ण जानकारी र सूचनाहरू इन्टर्नेटमा छन् – चाहे त्यो कुनै साथीसँगको तस्बीर किन नहोस्, वा तपाईंको पूर्व-प्रेमी/प्रेमिकालाई लेखेको इमेल, अथवा आर्थिक कारोवारका इमेलहरू अनि बैंक अकाउन्ट आदि तपाईं आफैंले सेभ गरेर राख्नुभएका डकुमेन्ट अनि महत्तपूर्ण अडियो-भिडियो आदि । यी यदि चोरी भए या बाहिर आए भने तपाईंमाथि ठुलो आर्थिक, मानसिक, र सामाजिक प्रतिष्ठामाथिको नोक्सान हुन सक्नेछ ।

अर्को कुरा बुझ्न के जरूरी छ भने आजभोलिका यस्ता ह्याकिंग सम्बन्धी घटनाहरू अधिकांश पैसा कमाउने वा बदला लिने उद्देश्यले अभिप्रेरित छन् । तपाईंको एकाउन्ट ह्याक गरी तपाईंसँग पैसा माग्ने, र पैसा नदिए तपाईंका महत्वपूर्ण डकुमेन्टहरू सार्वजनिक गर्ने धम्की दिन सक्छन् ।

उदाहरणको लागि, गत वर्ष आफ्नो राष्ट्रपतिमाथि हास्यचलचित्र बनाएको प्रतिशोधमा उत्तर कोरियालीहरूले विश्वप्रसिद्ध Sony Pictures को नेटवर्कभित्र गरेको ह्याकिंगले उक्त कम्पनीलाई नराम्ररी असर पार्यो । अन्तत Sony Pictures ले त्यो चलचित्र रिलिज गर्नबाट रोक्न पर्यो नै, उसका धेरै कामदार र प्रशासकहरूको तलब आदि महत्वपूर्ण डकुमेन्टहरू सार्वजनिक गराएर लज्जास्पद हुनु पर्यो ।

यस्ता ह्याकिंगबाट बच्न के गर्ने ?

माथि मूख्यत पासवर्ड चोरीको कुरालाई उल्लेख गरिएकोले मूख्यत हामीले ‘बलियो’ पासवर्डहरू रोज्न जरूरी छ । बलियो पासवर्ड कसरी राख्ने बारे तल बुँदागत रुपमा केही जानकारी लिऊँ ।

  • पासवर्ड सकेसम्म लामो बनाउने । हिजोआजको best practice भन्नु पर्दा ८ देखि १० अक्षर हो । तर जति लामो त्यति सशक्त।
  • कुनै नाम या शब्दलाई पासवर्ड नबनाउने । जस्तै आफू जन्मेको देश वा गाउँको नाम, आफ्नै नाम, आफ्नै थर आदिलाई ‘कमजोर’ पासवर्डको रुपमा मानिन्छ ।
  • पासवर्डमा small alphabet, capital alphabet, symbol (!, ., $, #, &, आदि), र 0-9को अंक कम्तीमा पनि एक‍-एक ओटा राख्ने ।
  • पासवर्ड सम्झन गहारो हुन्छ भने बरू कुनै सम्झिन सक्ने वाक्यप्रयोग गर्ने । जस्तै, “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” । यसका शब्दहरूको पहिलो alphabet हरू लिँदा -> mtdhjh । अब यसमाथि symbol, number, capital आदि थपथाप पारेर पासवर्ड निकाल्न सकिन्छ । तपाईं पनि आफैंले मात्र सम्झने यस्तै वाक्यबाट पासवर्ड निकाल्न सक्नुहुन्छ ।
  • पासवर्ड कहिल्यै पनि कसैलाई पनि नभन्ने । हिन्ट पनि नदिने । अरूको पासवर्ड सोध्ने बानी पनि नगर्ने ।
  • पासवर्डलाई समय-समयमा परिवर्तन गरिरहने ।

इन्टर्नेट रमाइलो र सुबिधाजनक मात्रै छैन । यहाँ बसेर खेलबाड गर्नेहरू र तपाईंको अवस्थालाई फाइदा लिन चाहनेहरू पनि थुप्रै छन् । भौतिक रुपमा देखिन नपर्नाले यसरी फाइदा लिन चाहनेहरूलाई सजिलो पनि छ । यिनै खतराहरूलाई मनन गरेर सधैँ सजग भई आफूले आफूलाई बचाउन सके मात्रै इन्टर्नेटको सदुपयोग लिन सकिन्छ ।

The Facebook ‘Like’ Story

How nice would it be to have many Facebook likes for your page. It is a core human instinct to long for popularity. It is as cool as amassing massive wealth and swaying power.

But wait, a high “like count” does not necessarily reflect your real “popularity”. So it seems.

I think Facebook is playing double standards with its “like” value. My experience has led me to believe that Facebook intentionally restricts the “reach number” for your posts.

I run a Facebooke page for Majheri.Com. It currently has a “like count” of 10K. A year back, my posts used to reach to about 10% of the audience. Now, that rate has declined to well below 1%.

While I am aware that followers can choose to unfollow posts (and yet keep the “like”), I find the drop very confusing and equally bewildering.

I suspect Facebook’s does it intentionally. They must have some business logic to calculate a threshold of “reach-count”.

It is normal for people to look for ways to increase the “follow count” with the hope of increasing the “like count”. Some desperate ones would not mind investing some dollars.

Now, I do not believe (would not like to believe, to be precise) my followers are fake. Yet, there is something fishy about Facebook’s business model.

And today I came across Aakarpost’s article about fake likes. Damn ! What’s more ? It is benefiting the company.

Is it not deception ?

Facebook’s “like” value is the key behind the social media’s success. It strikes people by heart. It nails people’s desire – desire to be popular and desire to be “liked”. I rank this feature with higher significance than Facebook itself.

Well, as Aakar says, Content is King. But marketing is the real force that makes contents kings. Do not rely solely on Facebook to get your contents to the audience. If you are considering investing some dollars to make your contents even more popular, I would advise you to think twice and think carefully.

The social media is a big mob filled with pick-pockets; stay vigilant.


Information Ethics

The #JustineSacco case today reminded me of the Information Ethics lectures I took in the graduate school.

Who is Justine Sacco anyway ? While I leave it on to you and google for her background check, it is fair to say she represents a big institution. And this fact has worked against her in today’s case.

Just before the lady boarded her flight to South Africa today, she tweeted this.

JustineSaccoTweet

That came from a senior PR executive of a company that owns Dictionary.Com, Match.Com, and many more. While she remained in bliss for the next 11 hours thousands of feet up in the sky, probably with some red wine in a business-class seat, the cyber-world below went turbulent.

She trended worldwide : #HasJustineLandedYet

TweetTrend

Ms Sacco’s tweet came, most probably, out of light humor. But not many were amused. She now has her Twitter account suspended. She has offended millions of people. And her career could be in question.

Definitely, the information you send in Facebook and Twitter does not necessarily reach the receiver the way you want it to. People are people after all – they have their own ways of interpreting your message.

A few months back, a professor of my own university found himself in disgrace after repetitively firing offensive tweets.


The professor eventually tweeted an apology. That came only in the next morning after visiting his furious bosses. Meanwhile, he did not forget to blame alcohol for his actions.


Next is a case of Mr Prakash Dahal. This is a screen capture of his Facebook statuses before and during the vote-counting of the recent election. See the contradiction. He should be thanking the lord for filling Nepalis with merciful DNAs. 🙂

Prakash-Dahal-tweets

Moral of the story : use the social media to the full. But be careful of the consequences your actions may invite. Go through your post for one last time before clicking Post/Enter/Reply buttons. You may be about to make a fool of yourself. Your reputation and career may be at risk.

In the age of social media, ethics is critical.

Picture sources :


BRB Tweets


I had been wondering for quite a while why Dr Babu Ram Bhattarai was not showing his presence in twitter. The prime minister had been bashed, criticized, and ridiculed in every social medium by immature youth and  journalists for too long now.

BRB’s recent decisions – such as CA dissolution, Ms Hisila Yami’s aristocracy, and his handling of Kumar Lama and Dekendra Thapa cases – had spurred a wide-scale criticism in social media. It was high time the youth friendly, technology conscious, and populist leader appear in the mass to defend himself.

And came the proletarian with the red flag – @brb_laaldhwoj. In less than a week, he has attracted more than 8,000 followers – probably the most by any prominent Nepalese personality (apart from @prabalgurung).

He is in twitter for “substance, not frivolities.” He is, apparently, not only justifying his political decisions but also gathering suggestions from the youth.
BRB

The PM does seem to have found what he has been looking for. Some optimists are feeding him with constructive suggestions. Some have even created new twitter accounts to interact with the intellectual PM. Spotting those ideas, however, in the mockery filled mention-page, must be like searching needle in the hay.

As for the public, the effort necessary to make voices heard has been reduced to nominal. We no longer need Chakka-jam, Nepal-bandh, and tire-burning ceremonies – these will continue to take place for the next decade or more though – to show our frustration. Nor do we need to telephone Hello-Sarkar program to show our concern for national and local issues.

In twitter, BRB still gets bashed and mocked. The mass, however, is slowly getting positive. It has, after all, suddenly found the chief executive among themselves. He is only a tweet away while his contemporary politicians are not.

Unfortunately, there is little meaning in all this media fuss when, as a care-taker PM, BRB’s tenure and authority are in question. To add, it would have been worthwhile if BRB was really the right person to drive the country (he is not, in my opinion. See my blog post).

If the PM wants to envision something anyway, he should envision a clean governance. If he wants to fight something, he should fight nepotism and corruption.

That said, happy tweeting Mr PM.


Related :
Is Bhattarai Nepal’s Ultimate Savior?