२०१५ को Leap सेकेन्ड

नेपालको पात्रोमा मलमास (Leap year) चर्चामा आइरहेको बेलामा, अब केही क्षेणमै अर्को एउटा महत्वपूर्ण astronomical घटना घट्दै छ ।

आज June 30, 2015 को GMT समय अनुसार 23:59:59 बजेपछि घडीले 00:00:00 देखाउने छैन । बिचमा 23:59:60 बज्नेछ र त्यसपछि मात्र घडीले 00:00:00 देखाउनेछ ।

Src: https://community.qualys.com/blogs/qualys-tech/2015/05/04/what-you-need-to-know-about-the-upcoming-leap-second
Image source: Qualys Technology

तर यो भित्ते घडी र सबै पिलपिले घडी (Digital watch)मा देखिनेछ भन्ने चाहिं होइन । मोबाइल जस्ता NTP आदिद्वारा केन्द्रीय समय मापनको आधारमा देखाउने घडीहरूमा देखिनेछ ।

यदि 23:59:60 लाई क्यामाराआदिमा कैद गर्न चाहनुहुन्छ भने, उदाहरणको लागि यो साइटको घडी हेर्न सकिन्छ ।

http://www.timeanddate.com/worldclock/timezone/utc

आखिर किन यसो गरिन्छ त ?

वैज्ञानिकहरूका अनुसार पृथ्वीको परिक्रमणको गति कम हुँदैछ । तर त्यो क्रम गाडीको जस्तो एक्कासि कम भएको भने हैन । यसले 86,400 सेकेन्ड (२४घण्टा)मा एक पटक परिक्रमण गर्छ भनिए पनि वास्तवमा केही वर्षमा एक सेकेन्ड जति ढिलो हुन्छ । त्यसैले २-४ वर्षमा एक पटक एक सेकेन्ड थपेर समयलाई मिलाउने गरिन्छ ।

पछिल्लो पटक लिप सकेन्ड २०१२ मा थपिएको थियो । विस्तृत जानकारीको लागि अमेरिकाको नासाको यो पेज हेर्न सकिन्छ ।

http://www.nasa.gov/topics/solarsystem/features/extra-second.html

Leap सेकेन्ड थपिँदा सूचना प्रविधि (information technology)को क्षेत्रमा ठुलै हंगामा हुने गर्दछ । बिभिन्न सफ्टवेरहरू र मेसिनहरूको bug ले गर्दा सेकेन्ड अंकमा ६०लाई प्रयोग गर्न नसकी crash हुन सक्ने खतरा हुन्छ । यदि त्यसो भएको खण्डमा करोडौंको आर्थिक घाटा हुन सक्ने हुनाले IT क्षेत्रलाई यो दिनले निकै सशंकित बनाउँछ ।

IT को व्यापक विस्तार भएको गत १०-१५ वर्षमा केही पटक leap सेकेन्ड थपिइसकेको हुनाले, हिजो आजका अधिकांश सफ्टवेयर र मेसिनहरूमा त्यति असर परेको देखिँदैन । तर अँझै पनि पुराना सफ्टवेर र मेसिन चलाउनेहरूको बिचमा भने त्यसको खतरा अँझै छ ।

कथनकाल केही समस्या देखा परिहाल्यो भने तत्काल समाधान गर्नको निमित्त धेरै जस्ता IT कम्पनीका इन्जिनियरहरू आजको यो eventमा तम्तयार भएर बस्नेछन् ।