मुलुक लिच्छवी कालमा प्रवेश गर्दैछ – पेशल आचार्य

PeshalAcharya

-पेशल आचार्य

भारतीय नाकाबन्दीले देशैभरि एकाएक चरम इन्धनसमस्या भएपछि सरकारले दाउरा बेच्न थाल्यो । मुलुकभरि नै दाउरा बेच्ने सुकार्यको थालनी गर्ने यो सरकारले संसारलाई मुलुक मल्ल कालहुँदै लिच्छवी कालमा प्रवेश गरेको जानकारी दिएको छ । धूँवा असरले सहरी क्षेत्रका वासिन्दाहरूमा स्वास प्रस्वाशको समस्या ह्वात्तै देखापरेको छ । विडम्बना अहिले अत्यावश्यक ओखतीहरू सकिँदै छन् । हवाइ सेवाबाट ढुवानी गरिएका र एन्आर्एन्एले सहयोग दिएका केही औषधीले सीमित सहरी क्षेत्रको माग धान्न नसकिरहेका अवस्थामा दूरदराज र विकट गाउँमा कस्तो कहालीलाग्दो परिस्थिति सिर्जना भएको होला सहजै अनुमान गर्न सकिन्छ ।

शिशुका खोप र सुत्केरीलाई दिइने इन्जेक्सनहरू सकिनै लागे भनेर अस्पतालका निर्देशकहरू कराउन थालेकाछन् । औषधी खरिद प्रकृया ‘फाष्टट्रयाक’मा गर्ने निर्णय मन्त्रिपरिषद्ले गर्न नसक्दा र अलमलमै रहँदा अबका केही दिनमै देशैभरका अस्पतालमा भोटे ताल्चा लगाउनु पर्ने हुन्छ । हाँस्यास्पद कुरा त के छ भने सरकार कानमा तेल हालेर सुतेको छ ।

उपप्रधानमन्त्री परिषद्का प्रधानमन्त्रीचाहिँ ‘पुङ न पुच्छरका रत्यौली गफका डिङ’ हाँकिरहेका छन् ।

देशमा ढिकी तिघ्रे र मुसल पाखुरेका लागि तेल, ग्याँस र दैनिक उपभोग्य सामग्रीमा सरल पहूँच छ । बाँकी गरिब र निरीह नेपाली जनता दिनदिनै भोकै मरिरहेका छन् । सत्तापक्ष ‘निरोशैली’मा मस्ताराम भएको छ भने विपक्षी काँग्रेस विरोधको योजनाविहीन ठूलो राजनीतिक दल भएको सान देखाइरहेछ । सरकार काला बजारीयालाई संरक्षण गर्दै, मधेश आन्दोलन शक्ति प्रयोगबाट दबाउने सोच राख्दै र एकपछि अर्को वार्ताका मितिहरू पर धकेल्दै तथा शक्तिशाली पदवालाहरूको भजनकीर्तन साथै ताबेदारी गर्दै चरम अभाव र बेथितिको शासन चलाउँदै छ ।

संविधानसँगै यस्तो शासन आउँछ भन्ने जनताले सपनामा पनि सोचेका थिएनन् । नेपालका लागि नयाँ संविधान, धर्मनिरपेक्षता, संघीयता र पुराना सोचका संसदीय राजनीतिक पार्टीहरू सबै घाँडासावित भए । जनतालाई विद्रोहको अन्तिम हकबाहेक अन्य सुलभ विकल्प बाँकी छैनन् ।

जीव्रो नचपाईभन्दा अहिलेको सरकार आधुनिक समयभन्दा धेरै अगाडिका अशिक्षितहरूको हातमा छ । प्रधानमन्त्री एसएलसी पास । सभामुखमा सोही योग्यता । नेपालका पहिलो महिला राष्ट्रपति आइए पास । उपराष्ट्रपति सामान्य शिक्षा पाएका व्यक्ति । अर्थमन्त्री प्रवेशिका उत्तीर्ण । दाताहरूको बैठकमा उनले अंग्रेजी नबुझेर हल्लाएको टाउकोले संसारमै गलत मेसेज गयो । उपसभामुख त्यस्तै सामान्य शिक्षा लिएका व्यक्ति भएकाले नयाँ पुस्तामा एक किसिमको चर म निराशा छाएको छ । ससाना नानीहरू पनि पढेर के नै पो हुने रहेछ ? भन्ने सोच्न थालेका छन् ।

अमेरिकामा रहेकी पूर्व सञ्चारकर्मी रमा सिँहले आफ्नो फेसबुक वालमा लेखेकी छिन् –‘छोरीले नेपालको शासन सत्तामा रहेका कार्यकारी प्रमुख प्रधानमन्त्री, केही उपप्रधानमन्त्री तथा संवैधानिक प्रमुखमा धेरैजसो अशिक्षित र अपठित मानिसहरूकै बाहुल्यता देखेपछि मलाई गरेको प्रश्नको मैले सही र सटिक उत्तर दिन सकिनँ ।’ यो शिक्षित र सार्प युवापुस्ताले आफ्ना अभिभावकलाई गर्ने प्रतिनिधि प्रश्न हो । यस्ता प्रश्नको सही जवाफ दिन सक्ने स्थिति अहिले कम्तीमा नेपालका अभिभावकमा छैन ।

के नेपालमा पठन संस्कृति अन्त्यको युग नै आएको हो त ? मैथिली भाषामा एउटा मार्मिक उखान छ –‘थोडा पडा हल से बाहर, ज्यादा पढा घर से बाहर’ यसको सरल नेपाली अर्थ हो –थोरै पढ्यो भने हलो जोत्न छाड्छ र धेरै पढ्यो भने घर छाड्छ । विकसित देशमा पढ्न र रोजगारका लागि गएका नेपालीको कथा कहिरनलाई यो उखानले मार्मिक भई व्याख्या गर्छ । हाम्रो देश पुरातन र सामन्ती सोचका अशिक्षितहरूको कठपुतली नै भयो । जो ‘बूढो गोरुले गाई ओगटेझैँ’ ओगटिरहेका छन् ।

पुरातन सैद्धान्तिक धङ्धङे बोकेका काँग्रेस, एमाले र एमाओवादीजस्ता सिद्धान्त र व्यवहारमा कवै तालमेल नभएका पार्टीहरूलाई अनिच्छुक हुँदा पनि निर्वाचनमा भोट दिन विवश छन् –जनताहरू । मतपत्रमा ‘राइट टु रिजेक्ट’को व्यवस्था गरिएको भए चुनावमा जनता नयाँ उदाउने शक्तिलाई अँगालेर आधुनिक हुनै नसक्ने ‘सिद्धान्तका थोत्रा बोरा बोकेका पार्टी’लाई तिरष्कार गर्थे । तर तीन दलीय सिण्डिकेटले संविधानमा त्यो पनि हुन दिएनन् ।

नारामा अब्बलजस्ता लागे पनि व्यवहारमा नेपाली पार्टीहरू खराब भए । धेरै खराबमध्ये कम खराबलाई रोज्नै पर्ने बाध्यता जनताको छ । नयाँ शक्तिलाई चाहेरै पनि रोज्न सक्ने परिवेशको अभ्युदय भएको छैन । फुटेका पार्टीहरू कालान्तरमा कि बागी धारबाटै पलायन भए कि बिलाएका छन् ।

भूकम्पको ७ लाखमा र नाकाबन्दीेले ८ लाख गरिबको संख्या थपिँदा यो वर्षमात्र १५ लाख गरिबहरू नेपाली समाजमा उदाएका छन् । रूष्ट कम्युनिष्टहरू कै शब्दमा –‘विश्वका अनेकौं विद्रोहमा गरिबलाई रङ्गीन सपना बाँडेर अनेक वाद र सत्ता स्थापनाका लागि माक्र्सवादको गलत प्रयोग गरिएको छ । प्रकारान्तरले संसारमा सबैभन्दा बढी मान्छे मार्ने दर्शन नै ‘माक्र्सवाद’ भयो । जबकि माक्र्सवाद भित्रको द्वन्द्वात्मक भौतिकवादलाई गरिबहरूकै लागि सिर्जनात्मक कार्यमा प्रयोग गर्नु पर्ने थियो । दुखद् रूपमा त्यो आज कतै भएको पाइँदैन ।’ यो भनाइमा दम छ । केही बाठाहरूले माक्र्सवादलाई शोषणकै हतियार बनाएर गरिबहरूलाई झन् गरिबीको सिकन्जामा बाँधी सत्ताको चाबुक हानिरहेका छन् । यो कुरा ‘सर्वहाराहरूको अधिनायकत्व’ मान्नेहरूका भित्री मनले पनि भनिरहेको छ । तर ती विद्रोहमा जान सकेका छैनन् । किन ?

गरिबकै मसिहाहरू र गरिबीकै दुहाइदिएर राजनीति गर्नेहरू नै आफ्ना देशका जनताहरूलाई गरिबीको रेखाभित्र जकडिन बाध्य पारेरै रंगीन सपना बाँडी युद्ध, कलह, विद्रोह र आतङ्कमा सीमित राखिराख्न चाहन्छन् । तिनीहरूका कथित सर्वहारा नेताहरूको अकूत भौतिक सम्पन्नता, बंगला, फार्म हाउस र मँहगा गाडीहरू देख्दा जो कोही पनि विश्मयले जीव्रो टोक्छन् । तर हाय ! भन्ने ठाउँ कतै छैन ।

द्वितीय विश्वयुद्धदेखि यताको विश्व इतिहासलाई विश्लेषण गरेर हेर्दा संसारमा सबैभन्दा बढी मानिस माक्र्सवादबाटै सिर्जिएका द्वन्द्व, युद्ध र चर म कलहबाटै मारिए । स्टिफेन हक्सिन्स भन्छन् –‘सफ्टवेयरको आविष्कारपछि संसारमा माक्र्सवाद मर्यो ।’ यो भनाइलाई बुद्धिजीवीले दिन दुगुना र रात चौगुना संसारमा फैलाउनु जरुरी भैसक्यो ।

अहिले ‘नाकाबन्दी –३’ नामक हिन्दी सिनेमा नेपालमा सुपरडुपर हिट भएर चलिरहेछ । तीन कोटी नेपालीहरू यसलाई वाचाल मुद्रामा ‘ब्ल्याक अर्थतन्त्र’ को तेल ‘टिकट’ काटेर हेरिरहेका छन् । पूरै नेपाल सिनेमा हलमा रूपान्तरित भएको छ । यसले मेची महाकालीका सबै झुपडीहरूमा जबर्रजस्त पकड जमाएको छ । चुल्हाहरू निभ्न थालेका छन् ।

दिल्लीमा निर्मित यो सिनेमाका जानेमाने निर्देशक छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरनाथ मोदी हुन् । जसलाई भारतका खुपिया एजेन्सी र ‘रअ’का अधिकारीहरूले कोरियोग्राफी र भाजपाका केही क्रूर विचारका नेताहरूले संवाद भरेका छन् । यद्यपि यो मोदी निर्देशित पहिलो चलचित्र भएपनि यस्ता प्रकृतिका दुईवटा चलचित्रहरू यसअघि नेपालमा हिट भैसकेका थिए । २०२७ र २०४५ सालमा ।

नाकाबन्दी विषयमा आधारित सिनेमाको नेपाल वितरक भारतीय राजदूत महामहिम रनजित रोय भएका छन् । यसका ‘नायक’ राष्ट्रवादका ‘नयाँ ज्याकेट’ लगाएका नेपाली प्रधानमन्त्री र खलनायकहरू मधेशवादी नेता भनिएका राजेन्द्र, उपेन्द्र, महन्थ र लक्ष्मणलालहरू एव म विदूषक चाहिँ केही मानव अधिकारवादीहरू र नेपालकै मन्त्रीहरू भएको कुरा नेपाली जनतालाई ज्ञात भैसकेको छ ।

भूपरीवेष्ठित देश हुनुको नाताले नेपालमा नाकाबन्दी नामको भारतीय सिनेमा बेलाबखतमा अनावश्यक रूपमै चलिरहन्छ । यसअघि दुईपल्प त्यो सुपर हिटहुँदै अल नेपाल चर्चित भएको थियो । ती दुवैबेला नेपालमा पञ्चायत रजगज थियो । जनतामा पउल चेतनै थिएन । राजाको हैहुकुम चल्थ्यो । बोल्यो कि पोल्यो कि स्थिति थियो । तर पनि २०४५मा तेह्र महिनासम्म चलेको नाकाबन्दीमा प्रम मरिचमानले विमानबाटै तेल ल्याएका थिए । कालो बजारी र तस्करराज्य यसरी नाङ्गो रूपमा सल्बलाएको थिएन । अहिले भने मन्त्रीलाई कठपुतली बनाएर तेल निगमका हाकिम साँढे भएका छन् । तिनीहरूका अघि अख्तियार चटारिएको कोरली बनेको छ । जनता ज्यूज्यान जोखिम हुने भयले भयातुर छन् । अर्कोतिर तैँ चुप मैँ चुपको अवस्था छ ।

२०७२मा परिस्थिति बद्लिएको छ । शासक र शासित फेरिएका छन् । देशमा ‘मुखुण्डो’ मै सही लोकतान्त्रिक गणतन्त्रका जामा पहिरेका शासकहरू विराजमान् छन् । हुन त अघिल्लो ‘सुको’ सरकारका कुनै पनि ‘पानी मरुवा’ मन्त्रीहरूले नाकाबन्दीलाई ‘नाकाबन्दी’ भन्ने हिम्मत गरेनन् । डा. मीनेन्द्र रिजाल नामक मन्त्रीले नाकाबन्दी नै भननी सरकारका तर्फबाट वक्तव्य जारी गरेका थिए । कमल थापाले जेनेभामा भारतको नामै नतोकी ‘म्लेच्छ’ भाषामा सीमामा अवरोध मात्रै भने । डा. महतले पनि धोती नै मुते । अहिले एमाओवादीबाट उछिट्टिएर पत्नीसहित बाहिरिएका गोरखाली भट्टराई पनि भारत प्रतिको ‘बाँदरभक्ति’ देखाउँदै जनतामा अर्को कोणबाट वितृष्णा छर्दै चाकरीमय आत्मरतिमा रमाइरहेका छन् ।

यसबीच नागरिक समाजका अगुवा (?) भनिएका दमननाथ र डा.सुन्दरमणि नामक सुकिलाले पनि भारतकै तावेदारी गरेका छन् ।

२०४६ साल यताका नेपालका कुनै पनि शासकमा (राजा वीरेन्द्र र प्रम मरिचमान श्रेष्ठलाई छाडेर) ‘अग्र्यानिक राष्ट्रियता’ छँदै थिएन/छैन । पाइएन । कि अन्धराष्ट्रवाद कि शंकालु राष्ट्रवादका ‘फोयिबा’ भएका नेताहरू नेपालमा छ्यापछ्याप्तिरहेका थिए/छन् । यो देशले सबै थोक पायो तर एकजोर असल नेता पाएन । पाएका नेताहरू पनि स्वदेशी ‘ब्ल्याक हर्ष’ जुत्ता जति पनि टिकेनन् विचरा !

एकातिर शासनशैली फेरिएको छ भने अर्कोतिर शासितको स्वरूप पनि बद्लियो । नेपाल त्यो कालो युगबाट अहिले मिडिया र डिजिटलको युगमा हिँडिरहेको छ । नेपाली देशभक्तिलाई संसारको कुनै कथित मसिहाले रोक्न सक्दैन । संसारमा नेपालप्रतिको अन्यायको विरोध भैसक्दा पनि भारत अँझै नमरेको गोमनझैँ फँडा उठाइरहेछ । नाकाबन्दी ‘सेल्फी’का अनेकौं उदाहरण सामाजिक संजालमा भलिभाँती पाइन्छन् ।

गज्जबको कुरो के छ भने यतिखेर नाकाबन्दीमा जान्नेनजान्ने, शिक्षितअशिक्षित, साक्षरनिरक्षर सबै तीन करोड नेपालीका नेपालप्रतिका जयगान र यशोगान मिसिएका विचारमा सेल्फीहरू फेसबुक र ट्युटरमा लोड भएकाछन् । नेपालीले आफ्नो देशलाई कत्तिको माया गर्छ भन्ने कुरा हेर्न अहिले नेपालीहरूका एकाउन्ट भएका फेसबुके भित्ताहरू हेर्नुपर्छ । वाह ! नेपाल माथिको नेपालीको अकण्टक माया । नाकाबन्दी ‘सेल्फी’ कि जय ! सबैमा चेतना भया ।

।।समाप्त।।

फेसबुक पेज – https://www.facebook.com/acharyapeshalk

राजनीतिमा सूरक्षा र शक्ति

जब कुनै देशमा सुदूर-दायाँ र सुदूर-वायाँ शक्तिहरू मिलिजुली सरकार बन्छ एउटा निर्क्यौल निकाल्न सकिन्छ – कि, त्यो समिकरण सिद्धान्तमा चलेको हुँदैन । बरु शक्ति र पैसाको चालखेल बढी हुन्छ । र, त्यस्तो अवस्थामा बाहिरी शक्तिहरूले पनि भरपुर खेल्ने मौका पाउँछन् ।

नेपालमा त्यही भइरहेछ ।

राप्रपा नेपाल र एमाओवादीको समिकरणको सरकार भनेको तार्किक (logical) रुपमा असम्भव कुरा हुन् । यो समिकरणलाई जबर्जस्ती “राष्ट्रवाद”को संज्ञा दिएर उचित-सिद्ध गर्न खोजिएको छ, जुन भ्रामक हो ।

उदाहरणको लागि यी पक्षहरू कम्ता विरोधाभाषपूर्ण छन् त ?

  • भारत (अँझ भनौ वर्तमान मोदी सरकार) – आफ्नो देश “धर्म निरपेक्ष” तर नेपाल चाहिं “हिन्दू राष्ट्र” भएको हेर्न चाहन्छन् ।
  • पश्चिमा मुलकहरू – आफ्ना देशहरू अधिकांश “धार्मिक” छन् । बेलायती संसदमा त २६ सीट इसाइ धर्मको लागि छुट्याइएको छ । तर नेपाल धर्म निरपेक्ष गर्नको लागि चालखेल गर्छन् ।
  • राप्रपा (नेपाल) – पार्टी लाइन राजतन्त्र र हिन्दू-राष्ट्र । तर सरकारमा गइसकेपछि गणतन्त्र र धर्म-निरपेक्ष संविधानको प्रतिरक्षा गर्दैछ ।
  • यी माथिका समावेश गरिएका पक्षहरूले आ-आफूले सोचेको आदर्श समाज नेपालमा बनोस् भनेर काम गरिरहेका छैनन् भनेर सैद्धान्तिक रुपमा वकालत गर्न यिनै उदाहरणहरू काफी छन् ।

    गाँस, बास, र कपास । भनिन्छ, जब मानिसका यी तीन आधारभूत आवश्यकता परिपूर्ण हुन्छ, तब उसलाई दुई कुराको आवश्यकता/इच्छा बढेर जान्छ । पहिलो – सूरक्षा (security – भौतिक रुपमा सूरक्षा, सम्पत्तिको हकमा सूरक्षा, पारिवारिक भविष्यको सूरक्षा, आदि लिन सकिन्छ) । र दोस्रो – शक्ति (power) । यी मानव जातिको प्राकृतिक स्वभाव हो । सूरक्षा र शक्तिले उन्मुक्त भएपछि मात्र मानिस त्यसभन्दा माथि उठेर समाजकल्याण (altruism) तर्फ ध्यान दिन सक्छ । यो सोचाइलाई मोटामोटी रुपमा Maslow’s hierarchy of needsले परिभाषित गरेको छ ।

    हाम्रा नेताहरू (र कार्यकर्ताहरू) सूरक्षा र शक्तिकै पछाडि दौडिरहेका छन् । राष्ट्रिय हितको खातिर काम गर्ने भनेको केही परको कुरा हो ।

    यी दुई पक्ष हासिल नगरी नै सिधै समाजकल्याणमा लाग्नको लागि कठोर त्याग र आत्मअनुशासन आवश्यक पर्छ । जुन हाम्रा अधिकांश नेताबाट आश गर्नु गहारो छ ।

    फर्केर हेरौं, समय-समयका आन्दोलन र राजनैतिक परिवर्तनमा निर्णायक भूमिका निभाउनेहरूले सूरक्षा (पैसा) र शक्तिको पछाडि दौडेर कसरी आफ्नो व्यक्तित्व पतन गर्दै आए ।

    अहिलेको संकट टरेपछि (आशा गरौं त्यो शिघ्र टर्छ)को नेपालमा नयाँ शक्तिको आवश्यकता र त्यसका तयारी पनि हुँदैछन् । यस परिपेक्षमा हामी सर्वसाधारणले नयाँ नेता छान्दा यी दुईमा एकमा सन्तुष्ट भएकाहरूलाई मात्रै छान्नु पर्छ – १) के यो उम्मेद्वारलाई सूरक्षा र शक्तिको खेलमा अल्मलिन नपर्ने गरी पुगिसकेको छ ? वा, २) के यो उम्मेद्वारसँग सूरक्षा र शक्तिमा भुल्न नपर्ने गरी आत्मअनुशासित हुने क्षमता छ (त्याग छ) ?

    हैन भने, जुनै जोगी आए पनि कानै चिरेका !

    Completion of Jasta-Pata Distribution

    Heartfelt appreciation to you all who contributed to our cause of arranging Jasta-pata for our community. And, my apologies for the delay in reporting.

    With your help, we have been successful in distributing 75 bundles of Jasta-pata to residents of Ghatbesi and Mahadevtar of Gorkha.

    See this document for the balance sheet and list of donors: PDF

    To give you an idea of how the temporary shelters look like, here’s a typical one. Local resources such as wood were used by residents themselves. Jasta-pata serves primarily for the roof and at times temporarily as an alternative when the wall hasn’t been completed.

    Ghatbesi-House

    The actual reconstruction is yet to start. Hopefully some plans will be paved after the monsoon is over.

    This region is the very site of the much-talked-of Budhi-Gandaki hydro-project. If the project does indeed move ahead as planned, this locality will be lake-bed in a few years. People in this region are thus in a greater dilemma post-earthquake : whether to move away now or move away after the project has started.

    The earthquake destruction will become a catalyst for this project, although whether it’ll prove to be positive or negative one is still yet to be seen. Furthermore, the political uncertainty is sure to delay the project’s commencement.

    Despite this uncertainty, people are slowly coming back to normal lives.

    Below you can see some pictures of the distribution.

    [nggallery id=9]

    Lastly, I would like to thank my brother Hari and all the youths of our community who despite the difficulties during the transportation managed to deliver the items.

    SNEHA’s Support for Jageshwor HSS

    I personally, and on behalf of our community in Borlang-7 of Gorkha district, thank the Society of Nepalese in Hawaii (SNEHA) for their assistance to rebuild Shree Jageshwor Higher Secondary School in Mahadevtar.

    A sum of NRs. 507,134.20 has been received in our school’s account. A letter of confirmation and appreciation from our head-sir Mr. Mukti Nath Dhakal has been sent to SNEHA admin separately.

    All school buildings were destroyed by the Great Gorkha Earthquake of the 25th of April. The school management committee has estimated that a total of NRs. 27.5 million (2 crores 75 lakhs) will be necessary to fully reconstruct the infrastructure.

    This donation will be precious for our community as we build momentum for the reconstruction.

    With SNEHA, I hope this is just a start of a friendship and I hope we can engage in several ways in future to improve the education level of our community, as pointed out by head-sir in his letter of appreciation.

    Last, but not the least, a big thank you to my friend Bijaya Khanal, Mukti sir, and my brother Hari for their support.

    [nggallery id=8]

    प्रमको ट्विटर ह्याक प्रकरणबाट के सिक्ने ?

    केही समयअगाडि हाम्रा प्रधानमन्त्री सुशील कोइरालाको आधिकारिक ट्विटर ह्यान्डल ह्याक हुँदा सामाजिक सञ्जालमा, र विशेष गरी ट्विटरमा, ठुलै होहल्ला भयो ।

    PM_SK_Twitter_Hacked

    यदि बाराक ओबामा, नरेन्द्र मोदी, र डेभिड केमरुनजस्ता अन्य देशको कार्यकारी प्रमूखको ट्विटर एकाउन्ट ह्याक भएको भए के हुने थियो, सजिलै कल्पना गर्न सकिन्छ ।

    आखिर प्रतीक प्रधानजस्ता हस्तीको रेखदेखमा भएको एकाउन्ट कसरी कसैले ह्याक गर्न सक्यो ? यस घटनाले कस्तो सन्देश दिएको छ ? र यस्ता ह्याकरबाट बच्न के गर्नु पर्छ ? आउनुहोस् केही छलफल गरौँ ।

    कसरी ह्याक भयो ?

    ह्याक कसरी भयो भन्ने बारे बाहिर प्रकाशमा नआएपनि ट्विटर एकाउन्टको पासवर्ड कसैले चोरी गरेर वा अनुमान गरेर प्रधानमन्त्रीको ट्विटर एकाउन्टमा छिरेको अनुमान लगाउन सकिन्छ ।

    यसरी कुनै व्यक्ति वा एकाउन्ट विशेषलाई target गरेर, त्यसलाई ह्याक गर्न तथ्यहरू (पासवर्ड आदि) संकलन गरेर गरिने कामलाई information securityको विधामा targeted attack भन्ने गरिन्छ । यस्ता attack गर्दा पासवर्ड अनुमान गर्नको लागि ह्याकरहरूले मूख्यत तलका तीन वटा बिधि अपनाउने गर्छन् ।

    1. Scanning or brute-force attack: मानी लिनोस् तपाईं एउटा यस्तो ढोका अगाडि हुनुहुन्छ जसभित्र छिर्नको निमित्त २ अंकको कुनै निश्चित नम्बर (उदाहरणको लागि सही उत्तर: ६७) गेस गर्नुपर्ने हुन्छ । यदि तपाईंले यो अंक मिलाउन सक्नुभयो भने मात्र ढोका खुल्दछ । सही उत्तर मिलाउने सबभन्दा सजिलो उपाय के होला ? दिमागमा जुन अंक आयो अन्धाधुन्ध त्यही अंक भन्दै जानुभन्दा ०० बाट क्रमैसँग ९९ सम्म भन्दै गएमा ६८औं ‘ट्राइ’मा ढोका खुल्नेछ । मतलब, अधिकमा १०० वटा नम्बरसम्म भन्दै जान पट्यार त लाग्छ नै, तर सफलता अवश्यम्भावी छ । अरूको ट्विर (वा अन्य कुनै एकाउन्ट पनि) भित्र लग-इन गर्नको निमित्त पनि यस्तै तरिका प्रयोग गर्न सकिन्छ, भलै पासवर्ड २ अक्षरको नभई धेरै लामो हुन्छ । पासवर्ड लामो भयो भने यसरी ‘ट्राई’ गर्नुपर्ने संख्या पनि अत्याधिक बढेर जान्छ । तर यहाँ के बुझ्नु जरुरी छ भने एउटा साधारण ‘हिट एण्ड ट्राइ’को सानो सफ्टवेरले एक रातमै लाखौं ‘ट्राइ’हरू मारिसक्न सक्छ । यसरी अरूको पासवर्ड अनुमान गरेर एकाउन्ट ह्याक गर्ने तरिकालाई scanning वा brute-force भनिन्छ ।
    2. Dictionary attack: यो पासवर्ड गेस गरेर अरूको अकाउन्टमा लग-इन गर्ने अर्को तरिका हो । शब्दकोषमा भेटिने शब्दहरू, जस्तै firefly, america, nepal जस्ताको तस्तै पासवर्डको रुपमा प्रयोग गर्ने मानिसहरूको संख्या पनि अत्याधिक छ भन्ने कुरा सर्वविदितै छ । यही तथ्यलाई मध्येनजर राख्दै, कुनै शब्दकोषमा भएका सबै शब्दहरूले ‘ट्राइ’ मार्दै गएमा एक न एक पटक मिल्न जान्छन् । माथिको scanning भन्दा यो तरिका बढी छिटो हुन्छ किनकि यसमा ‘ट्राइ’ मार्न पर्ने संख्या निकै कम हुन्छ ।
    3. Social engineering: यो सबभन्दा सशक्त तरिका हो । तपाईंले कहीं न कहीं मानिसहरूलाई पासवर्ड वा पासवर्डका हिन्टहरू फुस्काएको हुनसक्छ । भलै त्यो साथी वा परिवारको सदस्य वा बाहिरी व्यक्ति वा इन्टरनेटको कुनै पेजहरूमा जहाँकहीँ पनि हुन सक्छ । र त्यो पोहोर-परार, गत महिना, हिजो वा आजै पनि हुनसक्छ । कहिल्यै यसो भन्नुभएको छ ? – “म त जुनसुकै एकाउन्ट बनाउँदा सम्झिन सजिलोको लागि जन्ममिति प्रयोग गर्ने गर्छु ।” यस्ता “साना मसिना” कुराहरू जोड्दै जाँदा तपाईंको पासवर्ड अनुमान गर्ने सम्भावना निकै हुन्छ । त्यसको लागि ह्याकरहरूले तपाईंले फेसबुक, ट्विटर, ब्लग आदि सार्वजनिक ठाउँमा छोड्नुभएको हिन्टहरू जुटाउन सक्छन् । अर्को कुरा, सामाजिक सञ्जालहरू (facebook, twitter, linkedin, आदि), वेब-मेल (hotmail, yahoo mail, gmail, आदि), सपिङ् साइटहरू (amazon, rakuten, ebay, आदि) र अनगिन्ती पेजहरूमा प्रयोगकर्ताहरूले एउटै पासवर्ड प्रयोग गर्ने चलन पनि थाहा भैसकेको अर्को तथ्य हो । कतै तपाईं आफैं पनि त्यस्तै नै गर्नुहुन्छ कि? यसै क्रममा तपाईंले कुनै कम-विस्वसनीय पेजहरूमा एकाउन्ट खोल्नुभएको छ र त्यो कुनियतको साइट हो छ भने त्यस साइटका मालिकहरूले तपाईंको त्यो पासवर्ड प्रयोग गरेर gmail, facebook, twitter, amazon जस्ता महत्वपूर्ण अन्य एकाउन्टमा लग‍-इन गर्ने ‘ट्राइ’ मार्न सक्छन् । एउटा साइटले त खुलेरै यो विधि तरिका प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेको छ

    प्रधानमन्त्रीको एकाउन्ट ह्याक हुँदा कुन चाहिँ विधि अपनाइयो, त्यो हामीलाई थाहा हुने कुरा भएन । तर जुनकुनै भए पनि इन्टर्नेटमा भएका तपाईं हाम्रा एकाउन्टका पासवर्ड नचोरिउन् वा एकाउन्ट ह्याक नहुन् भनेर सतर्कता अपनाउनु जरुरी छ ।

    यसपटकको ह्याकबाट के सिक्ने ?

    यस पटकको प्रकरणबाट हामीले यो सिक्न जरूरी छ कि हामी कोही पनि नेटमा सुरक्षित छैनौँ । जब देशको प्रमूख कार्यकारीको एकाउन्टमाथि त यस्तो भयो (जब कि, ह्याकरलाई थाहा अवश्य छ कि, यदि पक्रियो भने ठुलै फन्दामा ऊ पर्न सक्छ) भने हामी सर्वसाधारणको के कुरा ? यदि हामी सजग भएनौँ भने ।

    बिचार गरी हेर्नुभयो भने तपाईंका महत्वपूर्ण जानकारी र सूचनाहरू इन्टर्नेटमा छन् – चाहे त्यो कुनै साथीसँगको तस्बीर किन नहोस्, वा तपाईंको पूर्व-प्रेमी/प्रेमिकालाई लेखेको इमेल, अथवा आर्थिक कारोवारका इमेलहरू अनि बैंक अकाउन्ट आदि तपाईं आफैंले सेभ गरेर राख्नुभएका डकुमेन्ट अनि महत्तपूर्ण अडियो-भिडियो आदि । यी यदि चोरी भए या बाहिर आए भने तपाईंमाथि ठुलो आर्थिक, मानसिक, र सामाजिक प्रतिष्ठामाथिको नोक्सान हुन सक्नेछ ।

    अर्को कुरा बुझ्न के जरूरी छ भने आजभोलिका यस्ता ह्याकिंग सम्बन्धी घटनाहरू अधिकांश पैसा कमाउने वा बदला लिने उद्देश्यले अभिप्रेरित छन् । तपाईंको एकाउन्ट ह्याक गरी तपाईंसँग पैसा माग्ने, र पैसा नदिए तपाईंका महत्वपूर्ण डकुमेन्टहरू सार्वजनिक गर्ने धम्की दिन सक्छन् ।

    उदाहरणको लागि, गत वर्ष आफ्नो राष्ट्रपतिमाथि हास्यचलचित्र बनाएको प्रतिशोधमा उत्तर कोरियालीहरूले विश्वप्रसिद्ध Sony Pictures को नेटवर्कभित्र गरेको ह्याकिंगले उक्त कम्पनीलाई नराम्ररी असर पार्यो । अन्तत Sony Pictures ले त्यो चलचित्र रिलिज गर्नबाट रोक्न पर्यो नै, उसका धेरै कामदार र प्रशासकहरूको तलब आदि महत्वपूर्ण डकुमेन्टहरू सार्वजनिक गराएर लज्जास्पद हुनु पर्यो ।

    यस्ता ह्याकिंगबाट बच्न के गर्ने ?

    माथि मूख्यत पासवर्ड चोरीको कुरालाई उल्लेख गरिएकोले मूख्यत हामीले ‘बलियो’ पासवर्डहरू रोज्न जरूरी छ । बलियो पासवर्ड कसरी राख्ने बारे तल बुँदागत रुपमा केही जानकारी लिऊँ ।

    • पासवर्ड सकेसम्म लामो बनाउने । हिजोआजको best practice भन्नु पर्दा ८ देखि १० अक्षर हो । तर जति लामो त्यति सशक्त।
    • कुनै नाम या शब्दलाई पासवर्ड नबनाउने । जस्तै आफू जन्मेको देश वा गाउँको नाम, आफ्नै नाम, आफ्नै थर आदिलाई ‘कमजोर’ पासवर्डको रुपमा मानिन्छ ।
    • पासवर्डमा small alphabet, capital alphabet, symbol (!, ., $, #, &, आदि), र 0-9को अंक कम्तीमा पनि एक‍-एक ओटा राख्ने ।
    • पासवर्ड सम्झन गहारो हुन्छ भने बरू कुनै सम्झिन सक्ने वाक्यप्रयोग गर्ने । जस्तै, “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन” । यसका शब्दहरूको पहिलो alphabet हरू लिँदा -> mtdhjh । अब यसमाथि symbol, number, capital आदि थपथाप पारेर पासवर्ड निकाल्न सकिन्छ । तपाईं पनि आफैंले मात्र सम्झने यस्तै वाक्यबाट पासवर्ड निकाल्न सक्नुहुन्छ ।
    • पासवर्ड कहिल्यै पनि कसैलाई पनि नभन्ने । हिन्ट पनि नदिने । अरूको पासवर्ड सोध्ने बानी पनि नगर्ने ।
    • पासवर्डलाई समय-समयमा परिवर्तन गरिरहने ।

    इन्टर्नेट रमाइलो र सुबिधाजनक मात्रै छैन । यहाँ बसेर खेलबाड गर्नेहरू र तपाईंको अवस्थालाई फाइदा लिन चाहनेहरू पनि थुप्रै छन् । भौतिक रुपमा देखिन नपर्नाले यसरी फाइदा लिन चाहनेहरूलाई सजिलो पनि छ । यिनै खतराहरूलाई मनन गरेर सधैँ सजग भई आफूले आफूलाई बचाउन सके मात्रै इन्टर्नेटको सदुपयोग लिन सकिन्छ ।

    २०१५ को Leap सेकेन्ड

    नेपालको पात्रोमा मलमास (Leap year) चर्चामा आइरहेको बेलामा, अब केही क्षेणमै अर्को एउटा महत्वपूर्ण astronomical घटना घट्दै छ ।

    आज June 30, 2015 को GMT समय अनुसार 23:59:59 बजेपछि घडीले 00:00:00 देखाउने छैन । बिचमा 23:59:60 बज्नेछ र त्यसपछि मात्र घडीले 00:00:00 देखाउनेछ ।

    Src: https://community.qualys.com/blogs/qualys-tech/2015/05/04/what-you-need-to-know-about-the-upcoming-leap-second
    Image source: Qualys Technology

    तर यो भित्ते घडी र सबै पिलपिले घडी (Digital watch)मा देखिनेछ भन्ने चाहिं होइन । मोबाइल जस्ता NTP आदिद्वारा केन्द्रीय समय मापनको आधारमा देखाउने घडीहरूमा देखिनेछ ।

    यदि 23:59:60 लाई क्यामाराआदिमा कैद गर्न चाहनुहुन्छ भने, उदाहरणको लागि यो साइटको घडी हेर्न सकिन्छ ।

    http://www.timeanddate.com/worldclock/timezone/utc

    आखिर किन यसो गरिन्छ त ?

    वैज्ञानिकहरूका अनुसार पृथ्वीको परिक्रमणको गति कम हुँदैछ । तर त्यो क्रम गाडीको जस्तो एक्कासि कम भएको भने हैन । यसले 86,400 सेकेन्ड (२४घण्टा)मा एक पटक परिक्रमण गर्छ भनिए पनि वास्तवमा केही वर्षमा एक सेकेन्ड जति ढिलो हुन्छ । त्यसैले २-४ वर्षमा एक पटक एक सेकेन्ड थपेर समयलाई मिलाउने गरिन्छ ।

    पछिल्लो पटक लिप सकेन्ड २०१२ मा थपिएको थियो । विस्तृत जानकारीको लागि अमेरिकाको नासाको यो पेज हेर्न सकिन्छ ।

    http://www.nasa.gov/topics/solarsystem/features/extra-second.html

    Leap सेकेन्ड थपिँदा सूचना प्रविधि (information technology)को क्षेत्रमा ठुलै हंगामा हुने गर्दछ । बिभिन्न सफ्टवेरहरू र मेसिनहरूको bug ले गर्दा सेकेन्ड अंकमा ६०लाई प्रयोग गर्न नसकी crash हुन सक्ने खतरा हुन्छ । यदि त्यसो भएको खण्डमा करोडौंको आर्थिक घाटा हुन सक्ने हुनाले IT क्षेत्रलाई यो दिनले निकै सशंकित बनाउँछ ।

    IT को व्यापक विस्तार भएको गत १०-१५ वर्षमा केही पटक leap सेकेन्ड थपिइसकेको हुनाले, हिजो आजका अधिकांश सफ्टवेयर र मेसिनहरूमा त्यति असर परेको देखिँदैन । तर अँझै पनि पुराना सफ्टवेर र मेसिन चलाउनेहरूको बिचमा भने त्यसको खतरा अँझै छ ।

    कथनकाल केही समस्या देखा परिहाल्यो भने तत्काल समाधान गर्नको निमित्त धेरै जस्ता IT कम्पनीका इन्जिनियरहरू आजको यो eventमा तम्तयार भएर बस्नेछन् ।

    Earthquake relief for Ghatbesi & Mahadevtar: Donation list

    Here is an update about the amount of fund collected so far. Thank you all for the overwhelming response. Please do spread word around about this cause.

    updated on 16th August, 2015

    See this document for the balance sheet and the list of donors: PDF

    as of 19th May, 2015

    Funding through Crowdfunding: Click here to donate

    Funding Date Name Amount
    2015/5/19 11:01 M Budhathoki $30
    2015/5/19 2:40 sangitathapa79 $50
    2015/5/17 17:52 Raju B Adhikari $100
    2015/5/12 0:29 Aayam Lamichhane $300
    2015/5/11 3:31 ghimire_jhabindra $50
    2015/5/10 15:41 Anonymous $75
    2015/5/10 1:27 YUSHI YAMASHITA $100
    2015/5/10 1:26 Anonymous $250
    2015/5/8 18:56 Anish MS Shrestha $50
    2015/5/7 14:54 sdhakal999 $50
    2015/5/7 14:42 Anonymous $50
    2015/5/7 6:42 Hem Gurung $30
    2015/5/7 5:15 YUTO YAMASHITA $50
    2015/5/6 16:19 Achyut Sapkota $100
    2015/5/6 15:32 kiran regmi $50
    2015/5/6 14:21 N Gurung $50
    2015/5/6 7:49 Anonymous $50
    2015/5/6 2:51 Dr. Pushpa Raj Joshi $50
    2015/5/5 21:35 Topraj Gurung $100
    2015/5/5 21:10 M R Adhikari $50
    2015/5/5 19:56 Binod Gurung $50
    2015/5/5 18:39 izumi soko $50
    2015/5/5 15:35 Anupa Sharma $25
    2015/5/5 7:49 NORIKO MCMAHON $50
    2015/5/5 4:47 shailendra dhakal $50
    2015/5/5 2:58 Anonymous $50
    2015/5/5 0:39 MR R KHANAL $150
    2015/5/4 21:16 Bidur Dhakal $25
    2015/5/4 18:21 Kaori Oohori $50
    2015/5/4 17:05 G Gurung $50
    2015/5/4 16:32 Anonymous $25
    2015/5/4 16:09 Abhishek and Kalpana $100
    2015/5/4 13:35 KUMAR SIMKHADA $150
    Total $2,460

    To my account in Japan

    Funding Date Name Amount
    2015/5/6 Innoseva Ltd 100,000 JPY
    2015/5/6 Shambhu Shrestha 5,000 JPY
    2015/5/7 Shakya Sandeep 10,000 JPY
    2015/5/7 Shrestha Sushil 10,000 JPY
    2015/5/9 Mishra Ajay 11,000 JPY
    2015/5/10 Neupane Ujjwal 10,000 JPY
    2015/5/12 Poudel Bed 3,000 JPY
    2015/5/18 Anonymous 50,000 JPY
    Total 199,000 JPY

    Our appeal is here: http://www.simkhada.com/2015/05/05/relief/

    Ghatbesi & Mahadevtar Relief

    Click here to donate.
    On the 25th of April, 2015, an earthquake of 7.9 in Richter scale hit central Nepal. It was the biggest and the most destructive one the country experienced in 80 years.

    Situated at about 30 km from the epicentre, Ghatbesi and Mahadevtar areas of Borlang VDC in Gorkha district were also badly affected. Although we had to bear no human casualties, almost 90% of the houses are now uninhabitable. As the only school is now rubble, there is an urgent need to find a way to protect schoolchildren from the sun and the rain before they can start going back to school again.

    This picture below depicts the geographical location of this area with respect to Barpak, the epicentre and Kathmandu, the capital.

    tinhouse

    About 400 families are currently living under tents – most of which are plastics available locally right now. The presence of the state is not seen even as I write this article some 9 days after the original earthquake.

    These families desperately need shelters before the monsoon arrives in July. We need to build many and we need to build them quick. And time is running out.

    Currently, we are working to cater tins (Jasta-pata) to these families. These tins will be used as roofs. Apart from this, locally available resources, such as wood, bamboo, and stones, will also be utilized to complete the temporary shelters. This is how a typical tin roof looks like.

    tinhouse

    Please help us by donating. Click here to donate. If you do not have a credit/debit card and/or can not donate online, inform me via email and we will arrange some way.

    To ensure transparency, donors will be listed in this very blog. If you wish to remain anonymous, you may do so by informing us.

    Moreover, the overall expenditure will also be made public in this page. Also we will bear our own administrative cost to make sure 100% of the money collected will be used for relief purposes.

    We thank you for your help.

    Contact:

    • Kumar Simkhada; kumarsimkhada @ gmail.com; Tel: +44-(0)7733-740-998
    • Rishi Khanal; Tel: +44-(0)7867-413-004
    • Akdev Aryal; sadle @ ntc.net.np; Tel: +977-98510-21-669
    • Sujan Dhakal; abiralsujan @ gmail.com; Tel: +49-1767-273-8969

    Update (May 10, 2015)

    We now have an update about the committee that will oversee the distribution of the goods. The following locals have been distributing relief aid materials so far, including those received from other groups and organizations. We will be handing over the galvanized-tins to this committee who will take into account the condition of each family in the area and ensure that they are fairly distributed.

    • Kishor Prasad Dhakal (social worker)
    • Purna Prasad Dhakal (social worker)
    • Yadu Nath Sapkota (teacher at the local school)
    • Balaram Dhakal (social worker)
    • Balaram Bhatta (teacher at the local school)

    Update (May 19, 2015)

    Click here for the latest list of donors.

    Some pictures of the aftermath of the earthquake.

    [nggallery id=7]

    Earthquake Aftermath

    Pictures by: Jaya Ram Dhakal

    The aftermath of the Great Gorkha Earthquake in Ghatbesi of Borlang VDC, Gorkha, Nepal. Although no human casualties were reported, luckily, the damage it has done is sure to endure in our lives for a long time.

    [nggallery id=6]


    भूकम्पपछि: आफ्नै गाउँको बारेमा

    गोरखा बोर्लाङ् -७ महादेवटार, घाटबेसीका दाजुभाइ दिदीबहिनीहरू,

    आज बिहान भाइ हरि (ऊ हिजो सोमबारदेखि घाटबेसीमै छ) र आमाबाट घाटबेसी-महादेवटारको अवस्था बारे जानकारी पाइयो । ।

    अब त सबैलाई अवगत भइसक्यो होला – कि हाम्रो गाउँका अधिकांश घर या त पुरै सोत्तर भएका छन्, या बस्न नमिल्ने गरी धरापमय बनेका छन् । भाग्यकै कुरा मान्नु पर्छ, त्यत्रो तहसनहस हुँदा पनि मानवीय क्षति भएनछ । जब कि पारि सल्यान्टारमै २० जना जतिले ज्यान गुमाएछन् । र, गाउँमा भएको ‘सुविधा’ – खानेकुरा, पानी, र महामारीको चिन्ता कम छ ।

    GhatbesiGorkha

    भूइँचालो जानु अगाडिको घाटबेसी (२०६५) (तस्बीर: आफ्नै)

    उत्तरी गोरखा, सिन्धुपाल्चोक, रसुवा आदिको तुलनमा हाम्रोमा भएको क्षतिलाई निकै ‘कम’ मान्नुपर्छ । त्यसैले राज्य तथा दात्रीराष्ट्रको ध्यान ती भेगमा जाने कुरा स्वभाविकै हो । हामी सभासदहरू र पूर्वप्रधानमन्त्रीहरूलाई भनसुन गर्न सक्छौं । भलै केही आश्वासन र सहयोग त आउला नै, तर त्यति उपलब्धीमूलक हुने छैन । किनभने, उनीहरूको नजरबाट हेर्दा बढ्ता महत्वपूर्ण ठाउँहरू अन्तै छन् । आखिर हामी वार्ड ६-७ लाई हेर्ने भनेको हामी नै हो । त्यसैले आजैबाट एउटा निश्चित उद्देश्य र रणनीति लिएर सबैजना गाउँले एकजुट हुन आवश्यक छ ।

    प्रश्न आउँछ – अब के गर्ने ?

    अबको हाम्रो सोचाइ भनेको असार-साउनको वर्षा कसरी कटाउने भन्ने हो । कसैको पनि धुरी नभएको अहिलेको परिप्रेक्षमा हामीलाई चाहिने भनेको जस्तापाता हो । कति वटा पाता चाहिन्छ, हिसाब गर्नुपर्यो । कहाँ पाइन्छ, बुझ्नु पर्यो । र कति पैसाको आवश्यक हुन्छ, इस्टमेट गर्नुपर्यो । जस्ता पाताको हिसाबकिताब गाउँमा भएका भाइबहिनीहरूलाई अनुरोध गरे आउला ।

    दोश्रो कुरा, स्कूलको मर्मत हुन आउँछ । भिनाजु शिवप्रसाद ढकालले जानकारी दिएअनुसार जागेश्वर उच्च माविका भवनहरू पनि भत्किएका छन् । विद्यार्थीहरू बैशाख-जेठको घाममा बाहिर पढ्न सक्तैनन् । न त, महिनौं बिदामा बसाउन सकिन्छ । त्यसको लागि स्थानीयस्तरबाटै तत्काल के गर्न सकिन्छ, पहल गर्नुपर्छ । खर-स्याउलाका छानाहरू बनाएर भने पनि अस्थायी कटेरो बनाउनु उत्तम होला ।

    तेस्रो, अन्य आवश्यक कुराहरूको विवरण पनि लिनु आवश्यक छ । जस्तै, औषधीमुलो र खानको लागि चिन्ता कम छ भने पनि केही दाजुभाइ‍-दिदीबहिनीहरूलाई तिनको आवश्यक हुन सक्छ । विवरण आएपछि कसरी सहयोग गर्न सकिन्छ छलफल हुन जरुरी छ ।

    अन्त्यमा, हाम्रो आवश्यकता भनेका माथिका कुराहरू मात्र त अवश्य हैनन् । तर कम्तीमा पनि यिनको जोरजाम गर्न सके दशैंसम्म जसोतसो कटाउन सकिन्छ । र त्यसपछिको योजनाहरू बनाउँदै गर्न सकिन्छ ।

    हामीले सामुहिक रुपमा देशभित्र र देशबाहिरबाट अर्थ संकलन पनि गर्न जरुरी छ । योजना र कार्वान्वयन गर्ने तरिकाहरू प्रष्ट पार्न सकियो भने दात्रीहरूलाई सहयोगको अनुरोध गर्न पनि सजिलो हुन्छ ।

    हामी विदेशबाट राशि संकलन गरौं । काठमाण्डौंमा संकलन गरौं । अन्य ठाउँ र गाउँबाटै पनि संकलन गरौं । त्यसमाथि दात्रीहरूलाई पनि गुहारौं । तर व्यवस्थापनमा चाहिं आफैं नकस्सिए असारसम्ममा सामान उपलब्ध हुँदैन ।

    आ-आफ्ना बिचारहरू राख्नुहोला ।

    भूइँचालोपछिका केही दृष्यहरू । भरत भट्टको फेसबुक पेजबाट (ठुलो पारेर हेर्न तस्बीरमा क्लिक गर्नुहोस्):
    https://www.facebook.com/bhattabharat/posts/812034642208925

    Ghatbesi-after-earthquake-1

    Ghatbesi-after-earthquake-2

    Ghatbesi-after-earthquake-3