About Interesting Books

From my Facebook status.

Thanks Basanta Gautam jee for nominating me. Whenever I think over the books that have impressed me most, these are some of the ones that come into my mind. Although I have come across tens of equally interesting reads and am yet to find hundreds of others. I hope this list will be a reference in case you are looking for interesting stuff to read.


  1. The Outsider – Albert Camus
  2. माधवी – मदनमणि दिक्षित
  3. ノルウェイの森-村上春樹(Norwagian Wood- Haruki Murakami)
  4. पागलबस्ती – Sarubhakta Shrestha
  5. भैरव अर्यालका हाँस्यव्यङ्ग्य – भैरव अर्याल
  6. श्वेतभैरवी – विश्वेश्वरप्रसाद कोइराला
  7. The Asian Mind Game – Ching-Ning Chu
  8. To Kill a Mockingbird – Harper Lee
  9. The God Delusion – Richard Dawkins
  10. In Our Time – Ernest Hemingway

On my to-read list are Long Walk to Freedom – Nelson Mandela, प्रयोगशाला – Sudhir Sharma, and The Plague – Albert Camus.

Next, I would like to nominate Alok Chalise, Binod Gurung,प्रदीप बराल, and Sushil Tamrakar. Happy reading!

मनरोभियामा हराइरहेका इबोलाका रोगी फर्किए

DivyaDeepDahalदिव्यदीप दहाल, लाईबेरिया
अगस्ट १९, २०१४

गत शनिबार लाईबेरियाका राजधानी मनरोभियाको एक पश्चिमी भेगको घना आवासीय क्षेत्रमा इबोलाका रोगी राख्ने उपचार केन्द्रबाट १७ जना व्यक्ति भागेका थिए ।

उक्त केन्द्रमा त्यहींका असन्तुष्ट एवं क्रुद्ध व्यक्तिहरूले नै नेतृत्व गरी लुट्ने क्रममा भगाएका हुन् । उनीहरू असन्तुष्ट हुनुको कारण इबोलाका रोगीहरू बहिरबाट समेत ल्याएर उक्त केन्द्रमा रखिएकोले हो ।

ती सबै भागेकाहरू सोही केन्द्रमा आज ३ गते सम्पर्कमा आएको कुरा त्यहाको स्थानीय प्रेसले जनाएको छ । उक्त प्रेशलाई उधृत गर्दै जोनाथन पेलेले भनेका छन्, ती शंकास्पद व्यक्तिहरूलाई स्थानीयबासीहरूले लुट्ने क्रममा भगाएका थिए ।

जनमानसमा ठूलो भए के रहेको थियो भने ती व्यक्तिहरूले राजधानीका धेरैलाई इबोलाका माहामारी फैल्याउने छन् । राजधानीमा नियन्त्रण गर्न मुस्किल भइरहेको अवस्थामा, अँझ महामारी फैलिने सन्त्रास थियो ।

भगाइएकाहरू इबोलाका निश्चित रोगी नभै शंकास्पदमात्र थिए । अब तिनीहरूलाई विस्तृत जाँच गरिने छ । पहिचान भएपछि राजधानी कै जे.एफ.के. अस्पतालमा राखिने छ ।

स्थानीयहरूले उक्त उपचार केन्द्रमा छापा मार्दा तिनीहरूले प्रयोग गरेका केही च्यादर र म्याट्रेशहरू र उपचारसामग्रीहरू पनि लुटेर लगेका थिए । झण्डै तीस जना विरामी राख्न सकिने उक्त केन्द्रका विरामीले प्रयोग गरेका सामग्री लुटिनुले भाइरस सर्ने शंका र त्रास झन बढेको थियो ।

यो भाइरस लागेका रोगीको प्रत्यक्ष सम्पर्क तथा निजबाट निसृत रगत, बान्ता, पसीना जस्ता तरल पदार्थबाट जति जनालाई पनि सर्न सक्तछ । डिसेम्बर २०१३ ई.सं देखी यता मात्र झण्डै १,२०० जनाको मृत्यु भइसकेको छ भने २,२००भन्दा बढी विरामिरहेको कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

हालसम्म यसको औषधी र खोप आई नसकेको भए पनि यो भाइरस देखिएका वा शंकालागेका विरामीलाई एकान्त स्थानमा राखेर उपचार गरिन्छ । यस्ता एकान्त केन्द्रहरूमा विशेष प्रकारको पोशाक Personel Protective Equipment (PPE) Suit लगाएका स्वास्थ्यकर्मीहरूबाट मात्र देखभाल गराइन्छ । अन्य आफन्तहरू समेतलाई नजिक जान मनाही गरिएको हुन्छ ।

यस्ता केन्द्रहरू पश्चिमी अफ्रिकन मुलूकहरू गिनी, सियरालियोन, लाईबेरिया, र नाईजेरियामा खोलिएका छन् । यी मुलूक बाहेक अन्य कतिपय मुलूकमा समेत मानवीय आवत जावतमा निषेद गरिएको छ ।

शंकास्पद व्यक्तिलाई छुट्टै राख्ने व्यवस्था मिलाएका छन् भने केन्या, बेलाएत जस्ता कति पय राष्ट्रले त यी प्रभावित देशमा आफ्ना कुनै पनि नागरिक नजान भनेको र जहाजहरू नउडाउने निर्णय समेत गरिसकेका छन् । यसका साथै उच्च सर्तकतासाथ यात्रीका निगरानी समेत शुरु भइसकेको छ ।

यदि शंका लागेका मात्रै भए पनि विश्वका लाखौं मानिस छुट्टै अवलोकनमा बस्नु पर्ने हुन्छ ।

पुलिस ‘हिरो’ कि ‘गुन्डा’ ?

हामी अधिकांश नेपालीहरूलाई सानो छँदा ‘पुलिस’ शब्द सुन्नेबित्तिकै भय उत्पन्न हुन्छ । झन प्रतक्ष देख्ता त झनै मनै ढक्क फुलेर आउने । र, त्यो मानसिक दर्दलाई कम गर्दै ‘सामान्य’ हुनको लागि वर्षौं लाग्दो रहेछ ।

बच्चलाई सम्झाउन, तह लगाउन झगडा गर्दा ‘पुलिस’ भन्ने ‘राक्षसी जन्तु’ आउने घुर्की सुनाएर हाम्रा अभिभावकले क्षणिकरूपमा बच्चाहरूलाई ‘तह’ त लगाउछन् नै, तर त्यो त्रासले ती अबोध बाल-बालिकहरूलाई वर्षौंसम्म गाँजिरहन्छ ।

विदेशमा नर्सरीदेखि प्राथमिक तहसम्मका बच्चाहरूलाई वर्षमा एक दिन नजिकैको प्रहरी चौकीमा लगेर “सुरक्षा गरिदिएबापत धन्यवाद” जस्ता सन्देश लेखी प्रहरीलाई बुझाउन लगाइन्छ । यसले उनीहरूको प्रहरीप्रतिको सोच सकारात्मक रहन सहयोग गर्दछ । र तिनैमध्ये कति प्रहरी बनेर समाजको सुरक्षा दिने सपना देख्न थाल्छन् ।

गत हप्ता नेपाल प्रहरीको फेसबुक पेजमा यस विषयमा लेखिएको यो सन्देश साह्रै समयसापेक्ष छ । अभिभावकहरू आफ्नो बच्चाको सुन्दर भविष्य देख्न चाहन्छन् भने यसलाई मनन गर्नु जरूरी छ ।

काम थरी थरीका

पच्चीस-तीस हाराहारीकी एउटी बहिनी, त्यस्तै पाँच फुट पाँच इन्चकी हुँदी हुन् । हेर्दा नेपाली जस्तै देखिने । मलाई नेपाली नै हुन् जस्तो लाग्यो, तर यकिन गरेर भन्न चाहिं सक्तिन । लन्डनको लागि औसतको मोटाइ भए पनि, नेपालीहरूको आँखामा अलि मोटी-मोटी नै लाग्ने । सफा टक्क कपाल, जसलाई उनीले सिनित्त पारी पछाडिपट्टि बाँधेर “पोनी-टेल”को आकार दिएकी थिइन् ।

हिजोको लन्डन, दिनभर मौसम सफा थियो । घामका किरणहरूले उनका देब्रे हातको साहिंली र माहिली औंलाका सुनका औंठीहरू टलक्क टल्किए । छेउमा एउटा ठुलै पोको झोला राखेको थिइन् ।

यहाँसम्म त सामान्य कुरा भयो । आश्चर्य त यहाँनेर छ – उनको दाहिने हातमा “म्याकडोनाल्ड”को कोका-कोला पिउने कप थियो; उनी फुटपाथमा बसेर त्यो कप देखाउँदै माग्न बसेकी थिइन् । मुहारमा दुखभावको छरछाँट बिल्कुलै थिएन ।

हाम्रो आँखा जुध्यो । म सरासर उनी भएको ठाउँ काटेर नजिकैका सपिङ सेन्टर पसेँ ।

दिउँसो हामी नजिकैको रेस्टुरेन्टमा खाना खाएर निस्कन लाग्दा ती बहिनी दाहिने काँधमा अघिकै झोला बोक्दै त्यही रेस्टुरेन्टमा पसिन् । नेपालका बसका कन्डकटरहरू जस्तै गरी उनका देब्रे हातका औंलाहरूले केही नोटहरू समातेका थिए । उनका हत्केलाभरि सिक्काहरू थिए । उनको चाल-ढाल हिंडाइ अरू ग्राहकभन्दा कत्ति पनि भिन्न थिएनन् ।

मैले यी बहिनीको चर्तिकलाबारे श्रीमतीलाई बताएँ । उनी हाँसिन् ।

आधा घन्टा जति पछि त्यही सडक पार गर्दा तिनीलाई फेरि देखियो । तर यस पटक भने उनी नजिकैको भित्ताको आड लगाएर मोबाइलमा गफ गर्दै थिइन् । अनुहार देख्ता लाग्थ्यो, उनी फोनको अर्कोपट्टिको मानिससित हल्का रिसाउँदै थिइन् ।

घर फर्किंदा हामीलाई पुन त्यही सडक पार गर्नुपर्ने भयो । उनी भने अघिकै कप ठड्याउँदै मागिरहेकी थिइन् । अघि जस्तै मुहारमा कुनै कष्टभाव र ग्लानिको छनक थिएन ।

तिनको वास्तविकता मलाई थाहा छैन र थाहा हुने कुरा पनि भएन । तर ती बहिनी र तिनको चर्तीकला देख्ता मलाई केही अनुहारहरूको याद आयो – काठमाण्डौंको सडकमा बच्चाहरू सहित बसेर माग्ने महिलाहरू, घर छोडेका (र निकालिएका) पशुपति वरपरि भेटिने वृद्धाहरू, सानैमा इटहरीमा देखेको मागेको पैसाले चुरोट किनेर खाइरहेको ८-९ वर्षे बालक, र यहीं लन्डनमा मेरो अफिस नजिकैको रेलस्टेसन अगाडि मागेर बस्ने चुस्स दाह्री भएको बुढा ।

अन्त्यमा मैले सम्झें जापानी टिभीमा देखेको एउटा परिवारबिहीन ६० वर्षीय । जो मोफसलको निगाता प्रान्तबाट कामको खोजीमा टोकियो झरेको थियो । उसको मासिक कमाइबाट कर कटाउँदा बेरोजगारभत्ताभन्दा कम हुन जान्थ्यो । स्थानीय वार्ड अफिसमा बुझ्दै गर्दा बेरोजगारहरूको लागि सहुलियत घरहरू उपलब्ध भएको थाहा पाउँदा त्यो “अफर” इन्कार गर्दै थियो, “जिबुन् नो मेसी वा जिबुन् दे !” (आफूले खाने भाग आफैं कमाउँछु)

जापानले थानकोट सुरुङमार्ग बनाउन सघाउने

आज बिहान बिहानै यो समाचार सुन्न पाउँदा निकै खुसी लाग्यो ।

काठमाण्डौंबाहिर बस्ने जो कोहीलाई थानकोटको उकालो र नौबिसेको ओरालो “नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार” भने जस्तो सामना नगरी धरै नपाइने अवरोध हो । यसको वैकल्पिक रुपमा सुरुङ बन्न सक्यो भने देश र जनतालाई फाइदै फाइदा छ ।

  • समय जोगिन्छ ।
  • दुर्घटनाहरू कम हुन्छन् ।
  • जामहरूको दुखबाट राहत हुन्छ ।
  • इन्धन खर्च कम लाग्छ । र सम्भवत यात्रा शुल्क पनि कम हुन्छ ।
  • ढुवानी खर्च कम लाग्ने हुनाले काठमाण्डौंबासीको लागि सामान सस्तो पर्न जाक्छ ।
  • बेनीघाटसम्म र त्यस आसपासका ठाउँहरू सुगम हुन्छन् । जसले गर्दा काठमाण्डौंको चाप कम हुन्छ ।
  • सुरुङप्रविधि भित्रिएपछि अन्य सुरुङहरूको पनि बहस बढ्नेछ ।
  • नेपाली इन्जिनियरहरूको लागि सिक्ने र शीपको सदुपयोग गर्ने सुवर्ण अवसर हुनेछ ।
  • धेरैलाई रोजगारी मिल्नेछ ।

जापानले नेपाल र नेपालीहरूलाई धेरै गुन लगाइसकेको छ । यदि यो प्रोजेक्ट सफल गर्यो बने नेपालीहरूले कहिल्यै नभुल्ने र भुल्न नसकिने गुन हुनेछ ।

समाचारको विस्तृत अंश:

जापानले थानकोट सुरुङमार्ग बनाउन सघाउने – कुबेर चालिसे

काठमाडौं : जापान सरकारले थानकोटमा सुरुङमार्ग बनाउन सघाउने भएको छ। नेपालका लागि जापानी राजदूत मासासी ओगावाले तीनकु नेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालयमा पत्रकारसँग कुरा गर्दै जापान सरकारले त्रिभुवन राजमार्गमा हालको अव्यवस्थतालाई सुरुङमार्गले सहज बनाउन मद्दत गर्ने विश्वास पनि व्यक्त गरे।
देशभित्र तथा बाहिरको सवारी आवागमनमा मात्र होइन अर्थतन्त्रको पनि मेरुदण्डको रूपमा रहेको त्रिभुवन राजमार्गको थानकोटखण्डको अस्तव्यस्थताले यात्रुले कष्ट उठाउनुपरेको छ। त्रिभुवन राजपथ काठमाडौंलाई बाँकी देशसँग जोड्ने सबैभन्दा सहज राजमार्ग हो। यो राजमार्गको प्रयोग गरेर दैनिक हजारौं यात्रु काठमाडौं आवतजावत मात्र गर्दैनन्, दैनिक उपभोग्य सामान एवं देशको महत्त्वपूर्ण व्यापारको ठूलो मात्रा यो राजमार्गबाटै भित्रिन्छ र बाहिरिन्छ।

‘जापान सरकार नेपाली जनताको सहज आवागमनको लागि थानकोटमा २.३ किलोमिटरको सुरुङमार्ग निर्माणमा सहयोग गर्न चाहन्छ’, उनले भने, ‘जापान सरकारसँग अत्याधुनिक प्र्रविधि भएकोले जापान प्रविधि हस्तान्तरण गर्न चाहन्छ।’

अघिल्लो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुल्सीप्रसाद सिटौलाको नेतृत्वमा नेपाली टोली सुरुङमार्गका लागि प्राविधिक र सैद्धान्तिक ज्ञान हासिल गर्न आठ सदस्यीय टोली जापान पनि गएको थियो। नेपाल सरकारले एक वर्षअगाडि नागढुंगा सडकखण्डमा सुरु ङमार्ग बनाउने विषयमा अध्ययन गरेको थियो। यसबाट २.३ किमि लामो सुरुङ नागढुंगाको इमाखेलदेखि नौबीसेको सिस्नेखोलासम्म बनाउने निर्णय भएको थियो।

यस आयोजनाले मूर्तरूप लिएमा नेपालको सुरुङमार्ग यातायात क्षेत्रमा ठूलो सहयोग पुग्ने र भविष्यमा पनि अन्य सुरुङमार्गको लागि बाटो खुल्नेछ।

यसैगरी, राजदूत ओगावाले जापानले नेपालको पूर्वाधारको विकासमा मद्दत गरिरहेको र अझ मद्दत गर्ने चाहना भएको पनि बताए। ‘बनेपा-बर्दिबास बीपी राजमार्ग आगामी मार्च महिनामा सम्पन्न हुने बताउँदै उनले यो राजमार्गले काठमाडौंदेखि तराईको दूरी मात्र छोट्ट्याएको होइन त्यसभेगका कृषकको कृषिजन्य उत्पादनले बजार पनि पाउने र उनीहरूको जीवनस्तरमा सुधार आउने पनि उनले बताए।

६ महिनाअघि मात्र नेपाल आएका राजदूत ओगावाले शान्तिपूर्ण दोस्रो संविधानसभाको चुनाउको माध्यमबाट नयाँ सरकार बनेको र नेपालमा समयमा नै संविधान आउनेमा विश्वस्त हुँदै धेरै जापानीहरू नेपालीको बारेमा अझै परिचित नभएको तर नेपाल आउन चाहेको पनि बताए। ‘जापानले नेपालको जनशक्तिको विकासमा पनि मद्दत गरिरहेको छ’, उनले भने, ‘तर जिट्कोमा केही समस्या आएको भए पनि राजदूतावासले त्यसलाई सहजीकरण गर्न मद्दत गर्ने कोसिस गर्नेछ।’

उक्त अवसरमा अन्नपूर्ण पोस्ट्को प्रकाशन संस्था थ्रीएनआईका अध्यक्ष रामेश्वर थापाले राजदूतलाई स्वागत गर्दै थ्रीएनआईले प्रजातन्त्र र अर्थतन्त्रको विकासमा जोड दिने बताए।


Src : Annapurna Post

नयाँ राजनैतिक शक्तिको उदय

अहिलेको नेपाललाई जनताको मनोभावना बुझ्ने र परिणाम ‘डेलिभर’ गर्न सक्ने नयाँ राजनैतिक शक्तिको खाँचो टड्कारो रुपमा देखिएको छ । यस विषयमा पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा बिभिन्न बिचारहरू बाहिर आइरहेका छन् । तर धेरै जसो विश्लेषकले बताए झैं त्यस्तो नयाँ शक्तिको बिकास त्यति सजिलो भने छैन ।

बरिष्ट सञ्चारकर्मी रवीन्द्र मिश्र तथा नेकपा (एमाओवादी) का उपाध्यक्ष बाबुराम भट्टराई लगायतबाट शुरु भएको नयाँ राजनैतिक शक्तिको बहसले अहिले अरु चर्चा पाउन थालेको छ । तर ‘कस्तो शक्ति?’ भन्नेमा चाहिं उनीहरूको कुरा बाझेका छन् । विशेष गरेर वर्तमान राजनैतिक वृत्तमा सम्मिलितहरूमा अहिलेकै राजनैतिक शक्तिलाई ‘शुद्धिकरण’ गर्दै लैजानुपर्ने धारणा पाइन्छ । गैर-राजनैतिक व्यक्तिहरू भने विल्कुलै पृथक शक्तिको आवश्यकता औंल्याउँछन् ।

नयाँ शक्तिको आवश्यकता किन छ ? त्यस्तो नयाँ शक्ति वृहत रुपमा फैलिनका निमित्त के कस्ता कठिनाइहरू छन् र तिनको समाधान के हुन सक्छ ? र त्यो नयाँ शक्ति कस्तो हुनुपर्छ ? यो लेख यी तीन विषयमा केन्द्रित रहनेछ ।

नयाँ शक्तिको आवश्यक किन ?

गएको सत्तरी वर्षमा नेपाली राजनैतिक पार्टीहरूले पटक-पटक ‘क्रान्ति’को नेतृत्व गरे । जुन-जुन आन्दोलनलाई जनताले सहयोग गरे, ती सफल भए पनि । जसको उदाहरण २००७, २०४६, र २०६३ का आन्दोलन र परिवर्तन हुन् । तर कुनै न कुनै रुपमा हिंसा, उत्तेजना, र ‘उज्ज्वल भविष्यको सपना’ का आडमा उदाएका यी शक्तिहरूले जनतालाई दुरगामी रुपमा शान्ति, स्थायीत्व, र विकास भने दिन सकेनन् । सकुन् पनि कसरी ? यी विषयमा तिनीहरूसँग न योजना थियो, न सामर्थ्य, र न नैतिकता नै ।

जो नेता लामो समय जेल बस्यो उही ‘बडा’ हुने, उसले नै ठुलो (र ‘लाभदायी’) मन्त्रालय पाउने, र उसैको हैकम चर्को हुने जस्ता कुरा पनि देखियो । आन्दोलन चलाउने र देश चलाउने शैली फरक हुन्छन् । यो धारणाको कमी विशेष गरी २०४६ पछि टड्कारो रुपमा महसुस भएको छ ।

अहिलेका प्रमूख राजनैतिक शक्तिहरूको लगाम पुरानो जत्थाले समातेको छ । ती शक्तिहरूको ‘स्टेरिङ्’ चलाउने ड्राइभरहरू बीस-तीस वर्ष अगाडि जो-जो थिए, अहिले पनि लगभग तिनै छन् । केही चर्चा कमाएका युवाहरू ‘ड्राइभर-सीट’ नजिक नपुगेका त हैनन, । तर ती संख्यात्मक रुपमा न्यून छन् । र जेजति त्यहाँ पुगेका छन्, तिनको पनि आवाज वुलन्द छ । स्थायी विकासको लागि पुस्ता परिवर्तन हुँदै जानु पर्छ, जुन नेपालमा पटक्कै भइरहेको छैन ।

२०४६ पछिको करिब पच्चीस वर्षमा देशको राजनैतिक, सामाजिक, र भौतिक बिकासमा नेपालको स्तर अन्य देशको तुलनामा गिर्दै गरेको अवस्था छ । नेकपा एमाओवादी राजनैतिक मुलधारमा आएको पनि आठ वर्ष पुगिसक्यो । यी शक्तिहरूले यतिका लामो समयमा जनतालाई स्थायीत्व, शान्ति र विकास तथा नयाँ संबिधान दिन नसकेनन् । भलै यो विफलताको लागि उनीहरू एक अर्कालाई औंलो ठड्याउँने छन् (र ठड्याउँदै आएका पनि छन्) । तर समग्रमा उनीहरू पूर्ण ‘विफल’ भएकोमा दुई मत नहोला ।

वर्तमान नेपाली राजनैतिक शक्तिहरूमा प्रष्ट दर्शन र विचारको खाँचो छ । तिनीहरूले आ‍-आफ्नै ‘वाद’लाई आदर्शको रुपमा छाँटेको देखिन्छन् नै । तर ती क्लिस्ट भाषामा बोलिने ‘वाद’हरूलाई जनताले बुझ्न सकेका छैनन् ।

पार्टीको आदर्शमा नलेखिए पनि सत्ताको बागडोरमा पुग्नेहरूको आचारण हेर्दा उनीहरू स्व-भौतिकवाद र स्व-सुबिधावादमा भने एक मत देखिन्छन् ।

अहिलेको अन्तराष्ट्रिय परिप्रेक्षमा नेपाली काँग्रेस समाजवादको नारा बोकिरहेको छ । कम्युनिष्ट पार्टीहरू त झन फेलै खाइसकेका विश्वका राजनैतिक मोडलहरूलाई आफ्ना नामभित्रै उनेका र भिरेका छन् । ती नामले क्रान्तिको युगमा त काम गरे होलान्, तर अबको शान्तिको युगमा बेकाम भएका छन् । वर्तमान अन्तराष्ट्रिय उदारवादी युगमा उनीहरूलाई आ-आफ्नो ‘वाद’ र ‘नाम’हरू निल्नु न उकेल्नु भएको छ ।

हालको नेपाली राजनीतिमा प्रतिस्पर्धाको परिपाटी परित्याग भएको छ । २०६३ पछिको प्रमूख दलहरूबिच भएको ‘सबै कुरामा सहमतिमा जाने’ नीतिले ‘बाइप्रडक्ट’को रुपमा ‘सिन्डिकेट’ भित्र्यायो । एक अर्काका गल्तीहरू ढाकछोप गर्ने र सबैले मिलेर ‘खाने’ जस्ता प्रवत्तिको बिकास भयो । जनतामाथि सरासर धोका भयो । भविष्यमा यिनै दलमाथि विस्वास गर्ने हो भने नेपाली जनताको निमित्त आउने हरेक चुनाबका अनुहारहरू ‘खाए खा नखाए घिच्’ हुने अवस्था अवश्यम्भावी छ । त्यसैले पनि यी राजनैतिक शक्तिसँग प्रतिस्पर्धा गर्ने अर्को शक्तिको खाँचो परेको छ ।

नयाँ शक्तिको वृहत उदयका निमित्त के कठिनाइ छन् र तिनको समाधान के छ ?

लोकतन्त्र र स्वतन्त्राले जरो गाडिसकेको अवस्थामा विल्कुलै नयाँ शक्ति एक्कासि झुल्किन त्यति सजिलो छैन । त्यस्तो शक्ति एकै पटक शिखर पुग्न पनि हुँदैन, किनकि त्यसले देशमा अस्थायीत्वको संकेत दिन्छ ।

नयाँ शक्ति निर्माणको लागि पहिलो समस्या हो – ‘ग्रासरुट’ निर्माण । यसको बारेमा सञ्चारकर्मी रवीन्द्र मिश्रले पनि औंल्याएका छन् । अरू पार्टीबाट मान्छे ल्याएर कार्यकर्ता खडा गर्न सकिँदैन । अहिले पनि नेपालमा ठुलो युवाको ‘मास’ छ, जो शिक्षित छ र जानी-जानी कुनै पार्टी विशेषसँग ‘टाँसिन’ हिच्किचाउँछ । त्यस्ता युवालाई आकर्षित गर्नुपर्छ । जसको निमित्त सजिलो भाषामा प्रष्ट बिचार प्रस्तुत गर्न सक्नुपर्छ ।

अर्को समस्या पैसा हो । अहिलेको राजनैतिक अस्थीरतादेखि वाक्क भएका नेपाली जनमानसलाई इमान्दारिताको विश्वास प्रदान गर्नु बाहेक विकल्प देखिँदैन । त्यो कठिन छ, असम्भव छैन । बिदेशमा बस्ने नेपालीहरूबाट पनि सहयोग लिन आवश्यक छ । तर त्यसको व्यवस्थान र हिसाब-किताब भने पारदर्शी हुनपर्छ । अमेरिका, जापान, बेलायत जस्ता देशहरूमा जस्तै राजनैतिक ‘चन्दा’हरूको बिवरण राख्ने र सार्वजनिक गर्ने नियमहरू प्रभावकारी रुपमा कार्वन्वयन गर्नु आवश्यक छ ।

सबैभन्दा ठुलो चुनौती ‘निरन्तरता’ हुनेछ । नेपालमा विदेशका सिको गर्ने लहरहरू धेरै आउँछन्, जान्छन् । अमेरिकामा ‘अकुपाइ वालस्ट्रिट’ चल्दा नेपालमा ‘अकुपाइ बालुवाटार’ आयो, भारतमा ‘आम आदमी पार्टी’को लहर हुँदा नेपालमा पनि त्यस्तै ‘वैकल्पिक शक्ति’को खाँचो देखियो । तर तिनीहरू प्रभावकारी रुपमा लामो समयसम्म टिक्न सकेनन् । वेगमा आउने लहर, क्षणमै हराउँछ । त्यसैले शक्ति निर्माण बिस्तारै-बिस्तारै बढ्दै र सिक्तै जाने प्रकृया हो, न कुनै रातारातमा गरिने खेल । ‘ग्रासरुट’को विकास गर्दै, जनताको समस्या बुझ्दै, अनि त्यसको समाधानहरू खोज्दै दिन-दिन, महिना-महिना, वर्ष-वर्ष आकार बढाउँदै जानुपर्छ । त्यसको लागि धैर्यता र निरन्तरताको खाँचो पर्छ, जसको प्रेरणा नेतृत्वतहले दिन सक्नुपर्छ ।

विकासमुखी र बुझेका ईमान्दार नेताको खोजी अर्को अपरिहार्य पाटो हो । कसैको पनि निधारमा इमान्दारीताको टीका कोरिएको हुँदैन । शुरुमा एकै भावना भएका र स्वच्छ छविका व्यक्तिहरू लाग्दा भलै सजिलो होला । तर बिस्तारमा दुषित तत्वहरू छिर्न सक्ने सम्भावनालाई ध्यानमा राखी प्रष्ट नियमहरू बनाउनु आवश्यक हुन्छ । यसको यो अर्थ होइन कि विवादितहरूको निमित्त सधैंको लागि ढोका बन्द होस् । केन्द्रीय तहको नेतृत्वको चयन पूर्ण रुपमा ‘ग्रासरुट’का कार्यकर्ताले गर्ने, वर्षैपिच्छे नेतृत्वको मूल्यांकन गर्ने, एकै जनाले नेतृत्व गर्न सक्ने पदावधिको संख्या निर्धारण गर्ने जस्ता नीतिहरू अवलम्बन गर्नुपर्छ । यसले कार्यकर्ताको मनोवल मात्रै बढाउँदैन, नेतृत्वतहबाट ‘फोहोर-मैला’लाई बढारिदिन्छ । प्रजातन्त्रको सौन्दर्य नै यही हो । यसको अर्को के पनि फाइदा हुन्छ भने, ‘डेलिभर’ गर्न नसक्नेहरू स्वत हट्दै जान्छन् र सक्षमहरू माथि आउँछन् ।

अबको शक्ति भनेको ‘कर्पोरेट’ जस्तै हो, जहाँ नियम प्रष्ट हुन्छन्ज र जहाँ प्रतिष्पर्धा हुन्छ । दलभित्रै पनि जसले बढी ‘रिजल्ट’ दिन सक्छ, उही दलको केन्द्रतर्फको भर्याङ् चढ्दै जान्छ ।

अबको नयाँ शक्ति कस्तो हुनुपर्छ ?

यी माथिका कारणहरू केलाउने हो भने वर्तमान राजनैतिक शक्तिलाई पुछपाछ गरेर वा टालटुल पारेर दीर्घ शान्ति, स्थायीत्व, र बिकासको सम्भव छैन । त्यसैले एउटा पृथक राजनैतिक आदर्श बोकेको, युगको माग ‘डेलिभर’ गर्न सक्ने, र सक्षम युवासमूहले बनेको नयाँ राजनैतिक शक्ति आवश्यक छ । त्यस्तो शक्तिले अहिलेका राजनैतिक शक्तिहरूलाई विस्थापित गर्ने हैन कि, बरू उनीहरूलाई पनि अरू सफा हुन दबाब सृजना गर्नेछ ।

नयाँ शक्तिको आदर्श र नीति निर्माण गर्दा वर्तमान र भविष्यलाई बिचार गर्नुपर्छ । हालको दोधारे र अस्पष्ट नीतिले गर्दा नेपालमा विदेशी शक्तिहरूले लगानी गर्ने वातावरण त छैन नै, देशभित्र पनि ‘जसको शक्ति उसकै भक्ति’ भइरहेको अवस्था छ । नयाँ शक्तिले उदार अर्थतन्त्र र पूँजीवादलाई अँगाल्नु पर्दछ । यसले देश विकासका पूर्वाधार बिकास गर्नुपर्छ र अन्तराष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्नुपर्छ ।

माथिका पंक्तिहरूमा उल्लेख गरिए झैं नयाँ शक्ति युवाकेन्द्रित र परिवर्तनमुखी हुनुपर्छ। त्यसको लागि देशभरिका शिक्षित र इमान्दार युवाहरूलाई ठाउँ दिन आवश्यक छ । तिनै युवाहरूबाट नियमित रुपमा निष्पक्ष चुनाब गराई नेतृत्व निर्धारण गर्नुपर्छ ।

नेतृत्वमा समाज र विकासका विभिन्न पाटोका विशेषज्ञहरू सम्मिलित हुनुपर्छ । उनीहरू क्षमताअनुसार घटुवा-बढुवा हुने नियमहरू बनिनुपर्छ र तिनको कार्वन्वयन हुनुपर्छ । मुख्य कुरा त नेतृत्व आफैं परिवर्तनमुखी हुनु आवश्यक छ ।

नेपालले शयौं वर्षदेखि एकपछि अर्का विकासका मौकाहरू गुमाउँदै गयो । संसारमा औद्योगिक क्रान्ति, रेल-रोडको विस्तार, औद्योगिक महानगरहरूको सफाइ, रंगभेदविरुद्धका न्यायिक समानता, संचार विस्तार, सूचना-प्रविधि क्रान्ति जस्ता समाजिक क्रान्तिहरू एकपछि अर्को आउँदै जाँदै गरे । हामीहरू भने अँझै पनि राजनैतिक क्रान्तिमा अल्झिरहेका छौं ।

नेपालको मुल जड ‘राजनैतिक व्यवस्था’ कम र ‘राजनीतिज्ञ’ बढी हो । हामी अहिलेसम्म कुटिल र सत्तामूखी राजनीतिज्ञको पिछो गर्दै व्यवस्थाहरू मात्रै लडाइरह्यौं । आगामी दिनमा स्वच्छ, दक्ष, र इमान्दार राजनीतिज्ञ जन्माउने, हुर्काउने, र संस्थागत गर्ने काम हामी नेपाली जनता स्वयंले नगरे देशको चौतर्फी विकास, दीर्घ शान्ति, र सुशासन सम्भव छैन । युग बुझेको शक्तिले मात्रै नेपालको सच्चा विकास गर्न सक्दछ ।

जापानमा चौध वर्ष

अप्रिल ४, २०१४ । जापानमा पाइला टेकेको १४ वर्ष पुरा भएछ । यो ‘चौध वर्षे वनवास’ कस्तो भयो त ? फर्केर विश्लेषण गर्दा यसो देखियो ।

  • २०००-०१ – नयाँ देश, नयाँ भाषा, नयाँ जीवन । सबै थोक नयाँ । सिकाइको एक वर्ष ।
  • २००१-०२ – नयाँ ठाउँ, कलेज जीवनको शुरुवात । सिकाइको अर्को वर्ष ।
  • २००२-०३ – आफ्नो मेजर बिषयका आधारभूत ज्ञान शुरु गरेको एक वर्ष ।
  • २००३-०४ – जापानी भाषा र कलेज जीवन बानी परेर केही शान्त बनेको एक वर्ष ।
  • २००४-०५ – अनुसन्धानको निमित्त प्रयोगशाला (research lab) मा दिनहरू बितेको वर्ष । BEडिग्री हात परेको वर्ष ।
  • २००५-०६ – पेपरहरू लेखेर जाग्राम रातहरू कटेको वर्ष ।
  • २००६-०७ – पेपर प्रेजेन्ट गर्दै हिंडेको, दिनभरि YouTube हेरेको, NESAJको उथलपुथलमा सहभागी भएको, जागीर मिलेको वर्ष । MS degree हात परेको वर्ष ।
  • २००७-०८ – जागीरे जीवनको शुरुवात । सिक्दा-सिक्दै, बुझ्दा-बुझ्दै, नबुझ्दा‍-नबुझ्दै बितेको वर्ष ।
  • २००८-०९ – पहिलोपटक आफैंले प्रोजेक्टहरू गरेको । टेन्सन् र असफलताको सामना गर्दै, पढ्दै-पर्दै बढेको वर्ष ।
  • २००९-१० – सिनियरसँग मिलेर निकै असजिला र गाह्रा प्रोजेक्टहरू ‘सजिलै’ गर्दै जाने तरिका सिकेको वर्ष ।
  • २०१०-११ – ठुला, असजिला, गाह्रा प्रोजेक्ट आफैं गर्दै गरेको वर्ष ।
  • २०११-१२ – जुनियर र अन्यलाई सिकाउँदै आफैं पनि बढेको एक वर्ष ।
  • २०१२-१३ – सिकाउँदै, सिक्दै टिम अँझ सशक्त बनेको वर्ष ।
  • २०१३-१४ – नयाँ र झनै गहारो वातावरणको वावजुद सबैजना मिलेर प्रोजेक्ट फत्ते गरेको वर्ष । फर्केर हेर्दा सिनियर भइसकिएछ कि क्या हो ? जस्तो लागेको वर्ष ।

एक मुस्ठमा भन्नुपर्दा यो चौध वर्ष सिक्नु र सिकाउनुको चौध वर्ष रहे । र प्रत्येक वर्ष सन्तुष्टिका वर्ष रहे । प्रत्येक वर्ष नयाँ सिँढी चढेको जस्तो ।

यस्तो मौका दिने जापान सरकार र जापानी जनतालाई धन्यवाद नदिइरहन सकिन ।

NEA-JC Symposium मा प्रस्तुत गरेको कार्यपत्र

आज Nepal Engineers Association Japan Chapter (NEA-JC) ले चिबा प्रिफेक्चर (टोकियोको आसपास) एउटा सिम्पोजियम आयोजना गर्यो । Seventh NEA-JC symposium on Current and Future Technologies नाम गरिएको उक्त सिम्पोजियमका प्रमूख अतिथि जापानका लागि नेपाली राजदुत डा मदनकुमार भट्टराई हुनुहुन्थ्यो ।

कार्यक्रममा मैले नेपाली हिज्जे संशोधन सफ्टवेरको बारेमा कार्यपत्र प्रस्तुत गरेको थिएँ ।

कार्यक्रमको रुपरेखा : Click here

कार्यक्रममा प्रस्तुत गरेको मेरो स्लाइड हेर्न यता : Click here

मेरो कार्यपत्रको दुई पृष्ठको रिपोर्ट हेर्न यता : Click here

मेरो प्रेजेन्टेसनलाई सुनेर र रोचक प्रश्न तथा प्रतिकृया दिनुहुने सबै श्रोताहरूलाई धन्यवाद छ । र, कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने अवसर दिएकोमा NEA-JC प्रति पोहोर-परार झैं यस वर्ष पनि कृतज्ञ छु ।

The Facebook ‘Like’ Story

How nice would it be to have many Facebook likes for your page. It is a core human instinct to long for popularity. It is as cool as amassing massive wealth and swaying power.

But wait, a high “like count” does not necessarily reflect your real “popularity”. So it seems.

I think Facebook is playing double standards with its “like” value. My experience has led me to believe that Facebook intentionally restricts the “reach number” for your posts.

I run a Facebooke page for Majheri.Com. It currently has a “like count” of 10K. A year back, my posts used to reach to about 10% of the audience. Now, that rate has declined to well below 1%.

While I am aware that followers can choose to unfollow posts (and yet keep the “like”), I find the drop very confusing and equally bewildering.

I suspect Facebook’s does it intentionally. They must have some business logic to calculate a threshold of “reach-count”.

It is normal for people to look for ways to increase the “follow count” with the hope of increasing the “like count”. Some desperate ones would not mind investing some dollars.

Now, I do not believe (would not like to believe, to be precise) my followers are fake. Yet, there is something fishy about Facebook’s business model.

And today I came across Aakarpost’s article about fake likes. Damn ! What’s more ? It is benefiting the company.

Is it not deception ?

Facebook’s “like” value is the key behind the social media’s success. It strikes people by heart. It nails people’s desire – desire to be popular and desire to be “liked”. I rank this feature with higher significance than Facebook itself.

Well, as Aakar says, Content is King. But marketing is the real force that makes contents kings. Do not rely solely on Facebook to get your contents to the audience. If you are considering investing some dollars to make your contents even more popular, I would advise you to think twice and think carefully.

The social media is a big mob filled with pick-pockets; stay vigilant.