पुलिस ‘हिरो’ कि ‘गुन्डा’ ?

हामी अधिकांश नेपालीहरूलाई सानो छँदा ‘पुलिस’ शब्द सुन्नेबित्तिकै भय उत्पन्न हुन्छ । झन प्रतक्ष देख्ता त झनै मनै ढक्क फुलेर आउने । र, त्यो मानसिक दर्दलाई कम गर्दै ‘सामान्य’ हुनको लागि वर्षौं लाग्दो रहेछ ।

बच्चलाई सम्झाउन, तह लगाउन झगडा गर्दा ‘पुलिस’ भन्ने ‘राक्षसी जन्तु’ आउने घुर्की सुनाएर हाम्रा अभिभावकले क्षणिकरूपमा बच्चाहरूलाई ‘तह’ त लगाउछन् नै, तर त्यो त्रासले ती अबोध बाल-बालिकहरूलाई वर्षौंसम्म गाँजिरहन्छ ।

विदेशमा नर्सरीदेखि प्राथमिक तहसम्मका बच्चाहरूलाई वर्षमा एक दिन नजिकैको प्रहरी चौकीमा लगेर “सुरक्षा गरिदिएबापत धन्यवाद” जस्ता सन्देश लेखी प्रहरीलाई बुझाउन लगाइन्छ । यसले उनीहरूको प्रहरीप्रतिको सोच सकारात्मक रहन सहयोग गर्दछ । र तिनैमध्ये कति प्रहरी बनेर समाजको सुरक्षा दिने सपना देख्न थाल्छन् ।

गत हप्ता नेपाल प्रहरीको फेसबुक पेजमा यस विषयमा लेखिएको यो सन्देश साह्रै समयसापेक्ष छ । अभिभावकहरू आफ्नो बच्चाको सुन्दर भविष्य देख्न चाहन्छन् भने यसलाई मनन गर्नु जरूरी छ ।

NEA-JC Symposium मा प्रस्तुत गरेको कार्यपत्र

आज Nepal Engineers Association Japan Chapter (NEA-JC) ले चिबा प्रिफेक्चर (टोकियोको आसपास) एउटा सिम्पोजियम आयोजना गर्यो । Seventh NEA-JC symposium on Current and Future Technologies नाम गरिएको उक्त सिम्पोजियमका प्रमूख अतिथि जापानका लागि नेपाली राजदुत डा मदनकुमार भट्टराई हुनुहुन्थ्यो ।

कार्यक्रममा मैले नेपाली हिज्जे संशोधन सफ्टवेरको बारेमा कार्यपत्र प्रस्तुत गरेको थिएँ ।

कार्यक्रमको रुपरेखा : Click here

कार्यक्रममा प्रस्तुत गरेको मेरो स्लाइड हेर्न यता : Click here

मेरो कार्यपत्रको दुई पृष्ठको रिपोर्ट हेर्न यता : Click here

मेरो प्रेजेन्टेसनलाई सुनेर र रोचक प्रश्न तथा प्रतिकृया दिनुहुने सबै श्रोताहरूलाई धन्यवाद छ । र, कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने अवसर दिएकोमा NEA-JC प्रति पोहोर-परार झैं यस वर्ष पनि कृतज्ञ छु ।

The Facebook ‘Like’ Story

How nice would it be to have many Facebook likes for your page. It is a core human instinct to long for popularity. It is as cool as amassing massive wealth and swaying power.

But wait, a high “like count” does not necessarily reflect your real “popularity”. So it seems.

I think Facebook is playing double standards with its “like” value. My experience has led me to believe that Facebook intentionally restricts the “reach number” for your posts.

I run a Facebooke page for Majheri.Com. It currently has a “like count” of 10K. A year back, my posts used to reach to about 10% of the audience. Now, that rate has declined to well below 1%.

While I am aware that followers can choose to unfollow posts (and yet keep the “like”), I find the drop very confusing and equally bewildering.

I suspect Facebook’s does it intentionally. They must have some business logic to calculate a threshold of “reach-count”.

It is normal for people to look for ways to increase the “follow count” with the hope of increasing the “like count”. Some desperate ones would not mind investing some dollars.

Now, I do not believe (would not like to believe, to be precise) my followers are fake. Yet, there is something fishy about Facebook’s business model.

And today I came across Aakarpost’s article about fake likes. Damn ! What’s more ? It is benefiting the company.

Is it not deception ?

Facebook’s “like” value is the key behind the social media’s success. It strikes people by heart. It nails people’s desire – desire to be popular and desire to be “liked”. I rank this feature with higher significance than Facebook itself.

Well, as Aakar says, Content is King. But marketing is the real force that makes contents kings. Do not rely solely on Facebook to get your contents to the audience. If you are considering investing some dollars to make your contents even more popular, I would advise you to think twice and think carefully.

The social media is a big mob filled with pick-pockets; stay vigilant.


Extraordinary, Ordinary People

ExtraOrdinaryOrdinaryPeopleExtraordinary, Ordinary People answers many questions your could ask about Condoleezza Rice.

Young, African-American, Woman. Characters that seem so unlikely at the center of GOP – and eventually the US and the World. That always seemed amazing.

  • How come she became a Republican in first place ?
  • How was she raised ? Was she an elite as a child ?
  • And pianist ?
  • A hardliner, as the world saw her.

While you will have to read the book itself to get the answers, one thing is for sure : she is a champion. Despite her upbringing in a heavily segregated neighborhood, she was expected to be “twice as good” as her white counterparts. And she delivered.

Diligence, dedication, strength, talent. These are the words that describe her.

A great book to read if you want some inspiration. 🙂


Information Ethics

The #JustineSacco case today reminded me of the Information Ethics lectures I took in the graduate school.

Who is Justine Sacco anyway ? While I leave it on to you and google for her background check, it is fair to say she represents a big institution. And this fact has worked against her in today’s case.

Just before the lady boarded her flight to South Africa today, she tweeted this.

JustineSaccoTweet

That came from a senior PR executive of a company that owns Dictionary.Com, Match.Com, and many more. While she remained in bliss for the next 11 hours thousands of feet up in the sky, probably with some red wine in a business-class seat, the cyber-world below went turbulent.

She trended worldwide : #HasJustineLandedYet

TweetTrend

Ms Sacco’s tweet came, most probably, out of light humor. But not many were amused. She now has her Twitter account suspended. She has offended millions of people. And her career could be in question.

Definitely, the information you send in Facebook and Twitter does not necessarily reach the receiver the way you want it to. People are people after all – they have their own ways of interpreting your message.

A few months back, a professor of my own university found himself in disgrace after repetitively firing offensive tweets.


The professor eventually tweeted an apology. That came only in the next morning after visiting his furious bosses. Meanwhile, he did not forget to blame alcohol for his actions.


Next is a case of Mr Prakash Dahal. This is a screen capture of his Facebook statuses before and during the vote-counting of the recent election. See the contradiction. He should be thanking the lord for filling Nepalis with merciful DNAs. 🙂

Prakash-Dahal-tweets

Moral of the story : use the social media to the full. But be careful of the consequences your actions may invite. Go through your post for one last time before clicking Post/Enter/Reply buttons. You may be about to make a fool of yourself. Your reputation and career may be at risk.

In the age of social media, ethics is critical.

Picture sources :


अविरल बगिरह्यो इन्द्रावती

गत एक हप्ताभरि इन्द्रावती अविरल बगिरह्यो ।

जागीर जाँदा-फर्किंदा खगेन्द्र नेपालीको आवाजमा सोभिते, भीमे, बुढो भुमा, लालगेडी, बुढा काजी, साना काजीमा केन्द्रित माझी गाउँको कहानी सुनियो ।

रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ छुटाउनै नहुने उपन्यास रहेछ ।

पञ्चायत कालको परिवेशमा लेखिएको यो उपन्यासमा कहानी जीवन्त छ, र जीवन्त छन् यसका सबै पात्रहरू । कथा पढ्दै/सुन्दै जाँदा लाग्छ यो नेपालका चार हजार गाउँका प्रतिनिधि कहानी हो । जसमा कल्पना र नाटकीय दृश्य साह्रै न्यून छन् ।

गाउँमा निमुखा माझी-मझिनीहरू छन् । ती रोग, भोक, र अशिक्षामा पिल्सिएर गरीबीको पराकाष्टामा जीवन बिताइरहेछन् । त्यसको बिपरित बिलासी र निरंकुस गाउँका टाउकेहरू छन् जसको पहुँच केन्द्रसम्म छ । बिचमा अल्झिएका विवश मास्टर छन् जो माझीहरूलाई शिक्षाको ज्योति दिएर केही परिवर्तन गराउन चाहन्छन् । र यस्तै बिचमा छन् विपक्षी-टाउकेहरू जो गाउँको ‘सत्ता’ खोस्न चाहन्छन् ।

कथामा अविरल देखापर्छ इन्द्रावती नदी जो माझीहरूको लागि कुनै बेला जीवन दिने जननीको रुपमा देखा पर्छ भने कुनै बेला जीवीकोपार्जन गर्ने उपाय खोस्ने कठोर राक्षसको रुप लिन्छ । र प्रकृतिले पनि खडेरी र बर्षाको रुपमा घरीघरी निमुखाहरूको परिक्षा लिइरहन्छ ।

यिनै टाउके, चम्चा-टाउके, विपक्षी-टाउके, शोषित निमुखा, र इन्द्रावती नदीको बिचको सम्बन्ध सहजसँग सचित्रण भएको छ उपन्यासभरि । लाग्दछ, यो उपन्यास काठमाण्डौंको आरुबारीको घरभित्र नभई इन्द्रावती अगाडिको त्यही बस्तीमा बसेर लेखिएको हो ।

खगेन्द्र नेपालीको स्वरले यस उपन्यासलाई निकै न्याय दिएका छन्, अँझ भनुँ यसलाई साह्रै जीवन्त पारेका छन् । उनको स्वर त बीबीसीमा पनि सुनेकै हो । तर उपन्यासमा भने पत्रकारितामा नभेटिने एकतमासको न्यारेसन् भेटिन्छ ।

यो उपन्यासबाट एउटा सशक्त टेलिफिल्म बन्न सक्छ । र, उपन्यासकै दोश्रो भाग पनि लेख्न सकिन्छ जस्तो लाग्छ, किनकि कहानीको कुनै अन्त्य नभएर ‘अविरल’ बढ्ने किसिमको छ ।

पुस्तक लेखिएको तीस बर्षपछिको अहिलेको परिवेशमा पनि यसको कथा असान्दर्भिक लाग्दैन । फरक यति छ कि, तत्कालीन चम्चा-टाउकेहरू र विपक्षी-टाउकेहरू अहिले टाउके भएर निस्केका छन् । युग अनुसार जो चलेका छन् तिनले पञ्चबाट काँग्रेस, राप्रपा, कम्युनिस्ट, माओवादी आदिका रुपमा काँचुली फेर्दै टाउकेको ठाउँ लिएका छन् । तर जो पिल्सिएका थिए, ती त अँझै त्यहीं देखिन्छन् ।

अन्त्यमा, यस उपन्यासलाई Five Star दिंदै पढ्ने सुझाब दिन्छु । सामग्रीको लागि आलोकजीलाई धेरै धन्यवाद !\

WAVES etc र रमेश विकल साहित्य प्रतिष्ठानद्वारा निकालिएको 'अविरल बग्दछ इन्द्रावती'को अडियो पुस्तक
WAVES etc र रमेश विकल साहित्य प्रतिष्ठानद्वारा निकालिएको ‘अविरल बग्दछ इन्द्रावती’को अडियो पुस्तक

इति सम्वत २०७० साल मंसीर ३० गते रोज १ शुभम् ।


The Writing on Namdaemun’s Stone

This stone stands near the entrance of the Namdaemun (officially Sungnyemun) Gate of South Korea.

Located at a walking distance from the Seoul station, Namdaemun is a Korean national treasure of 600 years. It was recently in news in 2008 when it was burnt down by an arsonist.

Next to this compound lies the famous 600 years old Namdaemun market which reminds us with the streets of Ason and Thamel in Kathmandu.

This writing not only describes the history of the Gate and Korea but also shows Korea’s determination to preserve its history and culture.

[nggallery id=5]

Related links from Wikipedia


Arresting God in Kathmandu

ArrestingGodinKathmanduThis is an amazing collection of short stories.

Samrat Upadhyay takes readers from the lower middle-class struggling to survive in Kathmandu’s deras to the reigning class’s lavish lifestyles. Stories are sometimes spiced with plots in the United States and India too.

The protagonists in each story have their own everyday problems to solve. Most of them have inferiority complex. They are, at the same time, disturbed with premarital and extramarital affairs.

I expected this book to be full of social miseries of struggling Nepalese middle class. That is well received. Upadhyay defies our expectations – he goes one step further by portraying human sexual desire in the backdrop of adversaries facing the characters’ lives.

Samrat Upadhyay’s stories are reminiscent of BP Koirala’s Nepali short stories – very powerful and full of colorful characters.

The book is sure to entertain and enlighten you.

Four stars out of five.


दानव ‘द्रोणाचार्य’हरू

CorporalPunishmentआज नन्दलाल आचार्यजीबाट यस्तो प्रेस वक्तव्य हातमा पर्यो ।

समाजका पथप्रदर्शक शिक्षकहरूले यति साना बालकहरूलाई हिंसा सिकाउँछन् । यस्ता शिक्षकहरूले बाटो देखाएका चेलाहरू भविष्यमा कस्ता होलान् ? देशका युवाहरूको उच्छृंखलता विध्वंसता हेरे उत्तर पाउन सकिन्छ ।

के अब हाम्रो शिक्षानीति (र मानवीय संवेदनशीलता)लाई भित्रैबाट परिवर्तन गर्ने बेला आएन ?

******************************************

दोषीलाई कारबाही गर्न माग

मिति : २०७० असार ४ गते

नकटी रायपुर गाविस–७ घर भई वडा नं.–४ स्थित श्री बुधेश्वरी निमावि हरिरावामा अध्ययनरत कक्षा ७ कि १३ वर्षीया बालिका पिंकी यादवलाई सो विद्यालयका निजी शिक्षक रायपुर गाविस–७ निवासी देवनारायण साहले “अक्षर नराम्रो” भएको भन्दै निर्घात कुटपिट गरेको घटनाप्रति इन्सेक सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

अंग्रेजी विषयका शिक्षक साहले ०७० असार ४ गते विहान ९ः४५ बजे गृहकार्य बनाई विद्यालय पुगेकी पिंकीलाई “अक्षर नराम्रो” भएको भन्दै बाँसको लठ्ठीले कुटपिट गरेको घटनाले इन्सेकलाई मर्माहित बनाएको छ । चोटबाट पिंकीको टाउको, गाला, हत्केला र पिठ्युमा चोट लाग्नुका साथै निलडाम लागेको छ । उनको राजविराज नपा–३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । इन्सेक सप्तरी सर्वप्रथम घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धि १९८९ को धारा ३७मा कडा सजाय विरुद्धको अधिकार, बालबालिकासम्बन्धी ऐन २०४८ को धारा ७मा क्रुर वा यातनापूर्ण व्यवहार गर्न नहुने स्पष्ट हुँदाहुँदै बाल मैत्री शिक्षाको मर्म र भावनाविरुद्ध भएको यो घटनाले हामीलाई अत्यन्त दुखित बनाएको छ । शिक्षकबाटै भएको बालअधिकार विपरीतको यस घटनाबाट लोकतन्त्र र मानवअधिकारको उपहास भएको हाम्रो ठहर छ । तसर्थ, कुनै पनि बहानामा यस्ता घटनाहरू पुनः दोहरिन नदिन हामी सबै सरोकार पक्षसँग आग्रह गर्दछौं ।

घाइते बालिकाको तत्काल उपचारको व्यवस्था गर्न र घटनामा संलग्न शिक्षकलाई कारबाही गर्न इन्सेक सप्तरी सम्बन्धित निकायसँग माग गर्दछ ।

मानवअधिकार र सामाजिक न्यायका निम्ति
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मनोहरकुमार पोखरेल
सप्तरी जिल्ला कार्यालय (जिल्ला प्रतिनिधि)
राजविराज–७, मो. न. ९८५२८२१०२१ इन्सेक, सप्तरी
http://www.inseconline.org
http://www.insec.org.np