Information Ethics

The #JustineSacco case today reminded me of the Information Ethics lectures I took in the graduate school.

Who is Justine Sacco anyway ? While I leave it on to you and google for her background check, it is fair to say she represents a big institution. And this fact has worked against her in today’s case.

Just before the lady boarded her flight to South Africa today, she tweeted this.

JustineSaccoTweet

That came from a senior PR executive of a company that owns Dictionary.Com, Match.Com, and many more. While she remained in bliss for the next 11 hours thousands of feet up in the sky, probably with some red wine in a business-class seat, the cyber-world below went turbulent.

She trended worldwide : #HasJustineLandedYet

TweetTrend

Ms Sacco’s tweet came, most probably, out of light humor. But not many were amused. She now has her Twitter account suspended. She has offended millions of people. And her career could be in question.

Definitely, the information you send in Facebook and Twitter does not necessarily reach the receiver the way you want it to. People are people after all – they have their own ways of interpreting your message.

A few months back, a professor of my own university found himself in disgrace after repetitively firing offensive tweets.


The professor eventually tweeted an apology. That came only in the next morning after visiting his furious bosses. Meanwhile, he did not forget to blame alcohol for his actions.


Next is a case of Mr Prakash Dahal. This is a screen capture of his Facebook statuses before and during the vote-counting of the recent election. See the contradiction. He should be thanking the lord for filling Nepalis with merciful DNAs. 🙂

Prakash-Dahal-tweets

Moral of the story : use the social media to the full. But be careful of the consequences your actions may invite. Go through your post for one last time before clicking Post/Enter/Reply buttons. You may be about to make a fool of yourself. Your reputation and career may be at risk.

In the age of social media, ethics is critical.

Picture sources :


गाईको चरन निरमाया

गाईको चरन निरमाया, कुन देशको जन्म कहाँ हो मरण ।

जीवनमा पहिलोपटक कसैको अन्त्येष्टिमा सहभागी भएँ ।

बाइस बर्षीय युवा । आमा-बाबु, परिवार, र आफ्नो सपना बोकेर सुन्दर भविष्यको योजना । एक होनाहार जिन्दगी मिथ्यामा खेर गएको छ । त्यो पनि सात समुद्रपारिको यो बिरानो टोकियो शहरमा । आत्महत्या जस्तो दुखद अन्त्यको रुपमा ।

गोरखा सतिपीपल निबासी सुरज बस्नेतले जीवनभन्दा मृत्यु नै सहज देखेछन् । उनले मृत्युको आधा घण्टा अगाडि फेसबुकमा संकेतात्मक रूपमा यस्तो सन्देश पनि लेख्न भ्याएका रहेछन् – “जाँदैछु टाढा, धेरै टाढा, याद बोकेर; अब आउँदिन कहिले फर्केर ।”

किन यस्तो भयो ? यो रोक्न के गर्न सकिन्थ्यो ? आदि विषयमा विश्लेषण गर्नुपर्ने बेला आएको छ ।

जापानमा विशेष गरी जापानी भाषा पढ्न आएका नेपालीहरूको लागि जीवन साह्रै कष्टकर छ । नेपालबाट १०-१२ लाख खर्च गरेर आयो । आउने बित्तिकै भाषिक समस्या । काम खोज्न पर्यो । काम भेट्नको लागि ‘कमिसन’ । बल्लबल्ल भेटेको काममा पनि ‘जापानी स्ट्यान्डर्ड’को काम । दिनरात भोक-निद्रा मार्यो, त्यो स्ट्रेस त छँदैछ । नेपालको ऋण तिर्नैपर्यो, आदि आदि ।

सायद यस्तै समस्याहरू थिए जो सुरजले सहन सकेनन् ? या यो घटनापछाडि अन्य कुनै कारण थिए, त्यो त यकिन भएन । तर ती समस्याहरूको विश्लेषण गरी उचित सम्बोधन गर्नुपर्ने आवश्यकता देखिन्छ ।

हालसम्म घटेका यस्ता हत्या, आत्महत्या, हिंसाका घटनाहरू भविष्यमा नहुन् भनेर के गर्ने त ?

हुन त धेरैले नेपालीहरूको दुखको सम्बोधन नगरेको भनेर नेपाली दुतावासप्रति गुनासो गरेको सुन्न पाइन्छ । तर मेरो बिचारमा दुतावास, जो आफ्नै समस्याहरूमा विवश या निरीह छ, यस्ता कुराहरू गर्न समर्थ छैन । यस्तो गुनासो मैले सुनेको १०-१२ वर्ष भयो, तर खासै केही प्रभावकारी कदम केही चालिएको देखेको छैन । यद्यपि हरेक राजदूत र उप-नियोग प्रमूख भने भावनात्मक रूपमा सकारात्मक देखिन्छन् ।

मैले देखेको बाटो चाहिं यस्तो छ – अहिलेसम्म यहाँको नेपाली समाजमा भएका यस्ता घटनाहरू सबैलाई लिस्ट बनाएर तिनीहरूको पछाडिका समस्याहरू केलाउन पर्छ । र नागरिक समाजको तर्फबाट सम्बोधन गर्न सकिने समस्याहरू के-के छन् पहिल्याउनु पर्छ । यस्ता घटनाका जानकार ४-५ जनाको एउटा कमिटी बनाएर प्रतिवेदन बनाएको राम्रो । त्यसलाई सम्बोधन गर्नको लागि बल्ल गुहार्ने हो सम्बन्धित निकायहरूमा, जसमा पर्न सक्छन् – नेपाली राजदुतावास, जापानी प्रहरी, इमिग्रेसन, NRNA र अन्य संस्थाहरू ।

त्यसो त जापानीहरूको आत्महत्या दर सम्भवत संसारकै सबभन्दा बढी हो । यहाँ वर्षमा अक्सर ३० हजारले आफ्नो ज्यान लिने गरेको तथ्यांक छ । त्यस्तो समाजमा छिर्नु अगाडि ‘जापानी जीवन’ यस्ता विकराल पाटो पनि छ भन्ने बुझ्नु जरूरी छ ।

आज ५०-६० “जिउँदाको जन्ती मर्दाको मलामी” नेपालीहरूले भारी मनका साथ सुरजलाई बिदाइ गरे ।

मृत आत्माले चीर शान्ति पाओस् र परिवारलाई धैर्य धारण गर्न शक्ति मिलोस् ।

टोकियो
डिसम्बर १३, २०१३

आजको अन्त्यष्टिमा सहभागी नेपालीहरूका माझमा नेपाली राजदूत डा मदनकुमार भट्टराई ।
आजको अन्त्यष्टिमा सहभागी नेपालीहरूका माझमा नेपाली राजदूत डा मदनकुमार भट्टराई ।

बलिको पूर्वसन्ध्यामा

“मलाई मेरो शरीर प्यारो छ,”Puppets
बलिको पूर्वसन्ध्यामाबिरंगना बर्बराइरहेछ,
“मलाई मेरो हात प्यारो छ
शीर पाउ यो साथ-साथ प्यारो छ
यो धरती आकाश प्यारो छ ।”

“नकाट, ए कसाइहरू हो
ए बालक अबुझ असत्तीहरू हो
त्यसैलाई सुलीमा चढाउँछौ,
जसले तिमी
एक-एकलाई धाराका धारा दिइरह्यो
प्रत्येकलाई ध्वनि दिइरह्यो
एक-एकलाई सुनको फुल दिइरह्यो ।”

“मलाई टाउको
मलाई छाती
मलाई सपेटा,”
बलिको पूर्वसन्ध्यामा
बुख्याँचाहरू बहस गरिरहेछन्,
वाद-प्रतिवाद, दाबी-बिरोध, प्रस्ताव-समर्थन गरिरहेछन्
कालरात्रीमै बिरंगनालाई भाग लगाइरहेछन् ।

उ-गाउँ र उ-गाउँदेखि पर उ-गाउँसम्म
राँके भूतका लस्करहरू घर जलाउँदै
एम्बुसमा पर्दै, एम्बुस थाप्दै
लड्दै लडाउँदै
बिजयीभाव अट्टाहसमा उन्मत्त लस्करमा आउँदैछन्
भयावह कालरात्रीलाई अरू भयावह बनाउँदैछन् ।

बुख्याँचाहरूको अगाडि रक्सीहरू छन्
बुख्याँचाहरूको अगाडि बोक्सीहरू छन्
बुख्याँचाहरूको अगाडि आफू जस्तै मदहोसीहरू छन् ।

बुख्याँचाहरू आ-आफू लड्दै लडाउँदै
बन्दुक र बारूद पड्काउँदै
आ-आफ्नै रगतको होली खेल्दै छन्
रक्सीको दुर्गन्धित फोहोरी होली खेल्दैछन्।

बुख्याँचाहरू मत्ता हात्तीहरू बटुल्दै
सत्ता हत्याउन खोजिरहेछन् ।
काला नेताहरू कालाहरूको काँधबाट कुर्लिरहेछन्,
सुकिला डिठ्ठाहरू सुकिलाहरूबिचबाटै सुर्किरहेछन्
पुड्का बडाहाकिमहरू पुड्काहरूको लर्को अगाडि प्रतिवाद गर्दैछन् ।

बुख्याँचाहरू एउटा कुरामा भने एकमत देखिन्छन्
ती
बिरंगनालाई बलि दिने कुरामा सहमत देखिन्छन् ।

केका आधारमा भाग लगाउने
कुनले सपेटा लिने, कुनले लपेटा दिने
कुनलाई हड्डी, कुनलाई मासु, कुनलाई रगत
तिनीहरू जवाफ-सवाल गरिरहेछन्
हात हालाहाल गरिरहेछन् ।

रक्सीले टिल्ल बुँख्याचाहरू
नोट-नोट र बोत्तल-बोत्तलका भाउमा छन्
बिरंगनाको शरीरबाट सुनको फुल सबै निकाल्ने दाउमा छन् ।

“यी बुख्याँचाहरू कसरी सकिएलान्,”
बलिको पूर्वसन्ध्यामा
ब्वाँसाहरू बक्बकाइरहेछन्,
“त्यो आलो शरीर कसरी फुत्कान सकिएला?”
ब्वाँसाहरू दाउ खोजिरहेछन् ।

ब्वाँसाहरू उसो त साथी-साथी पनि होइनन्
ती बिरंगनालाई भाग लगाउने बिचारमा पनि छैनन्
तिनीहरूलाई पहिले बुँख्याचाहरूलाई लडाउनु छ
भाइहरू फुटाएर ग्वाँर लुटाउनु छ ।

ब्वाँसाहरू बुख्याँचाहरूलाई चिया र सिया पिलाइरहेछन्
एउटासँग अर्को लडाइरहेछन्
छिर्के हान्न र मिर्के तान्न सिकाइरहेछन् ।

बुख्याँचाहरू आ-आफ्ना ब्वाँसाहरूलाई खुसी पार्न
एक अर्कालाई काटिरहेछन्
एक अर्कालाई जलाइरहेछन्
कालो र हिलो छेपिरहेछन् ।

बलिको पूर्वसन्ध्यामा
सुलीमा चढ्न पर्ने बिरंगना उकुसमुकस् गुम्सिरहेछ
धूरीमा चढ्न खोज्ने बुख्याँचाहरू दाउ खोजिरहेछन्
चूलीमा चढ्न सक्ने ब्वाँसाहरू बुख्याँचामाथि च्याँखे थापिरहेछन्
यो भयावह कालरात्री
आ-आफ्नै हाइ-हाइ र त्राही-त्राहीमा बिताइरहेछन्,
बलिको पूर्वसन्ध्यामा ।

इति सम्वत २०७० साल मंसीर ३ गते रोज २ शुभम् ।

The Writing on Namdaemun’s Stone

This stone stands near the entrance of the Namdaemun (officially Sungnyemun) Gate of South Korea.

Located at a walking distance from the Seoul station, Namdaemun is a Korean national treasure of 600 years. It was recently in news in 2008 when it was burnt down by an arsonist.

Next to this compound lies the famous 600 years old Namdaemun market which reminds us with the streets of Ason and Thamel in Kathmandu.

This writing not only describes the history of the Gate and Korea but also shows Korea’s determination to preserve its history and culture.

[nggallery id=5]

Related links from Wikipedia


Arresting God in Kathmandu

ArrestingGodinKathmanduThis is an amazing collection of short stories.

Samrat Upadhyay takes readers from the lower middle-class struggling to survive in Kathmandu’s deras to the reigning class’s lavish lifestyles. Stories are sometimes spiced with plots in the United States and India too.

The protagonists in each story have their own everyday problems to solve. Most of them have inferiority complex. They are, at the same time, disturbed with premarital and extramarital affairs.

I expected this book to be full of social miseries of struggling Nepalese middle class. That is well received. Upadhyay defies our expectations – he goes one step further by portraying human sexual desire in the backdrop of adversaries facing the characters’ lives.

Samrat Upadhyay’s stories are reminiscent of BP Koirala’s Nepali short stories – very powerful and full of colorful characters.

The book is sure to entertain and enlighten you.

Four stars out of five.


दानव ‘द्रोणाचार्य’हरू

CorporalPunishmentआज नन्दलाल आचार्यजीबाट यस्तो प्रेस वक्तव्य हातमा पर्यो ।

समाजका पथप्रदर्शक शिक्षकहरूले यति साना बालकहरूलाई हिंसा सिकाउँछन् । यस्ता शिक्षकहरूले बाटो देखाएका चेलाहरू भविष्यमा कस्ता होलान् ? देशका युवाहरूको उच्छृंखलता विध्वंसता हेरे उत्तर पाउन सकिन्छ ।

के अब हाम्रो शिक्षानीति (र मानवीय संवेदनशीलता)लाई भित्रैबाट परिवर्तन गर्ने बेला आएन ?

******************************************

दोषीलाई कारबाही गर्न माग

मिति : २०७० असार ४ गते

नकटी रायपुर गाविस–७ घर भई वडा नं.–४ स्थित श्री बुधेश्वरी निमावि हरिरावामा अध्ययनरत कक्षा ७ कि १३ वर्षीया बालिका पिंकी यादवलाई सो विद्यालयका निजी शिक्षक रायपुर गाविस–७ निवासी देवनारायण साहले “अक्षर नराम्रो” भएको भन्दै निर्घात कुटपिट गरेको घटनाप्रति इन्सेक सप्तरीको गम्भीर ध्यानाकर्षण भएको छ ।

अंग्रेजी विषयका शिक्षक साहले ०७० असार ४ गते विहान ९ः४५ बजे गृहकार्य बनाई विद्यालय पुगेकी पिंकीलाई “अक्षर नराम्रो” भएको भन्दै बाँसको लठ्ठीले कुटपिट गरेको घटनाले इन्सेकलाई मर्माहित बनाएको छ । चोटबाट पिंकीको टाउको, गाला, हत्केला र पिठ्युमा चोट लाग्नुका साथै निलडाम लागेको छ । उनको राजविराज नपा–३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । इन्सेक सप्तरी सर्वप्रथम घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धि १९८९ को धारा ३७मा कडा सजाय विरुद्धको अधिकार, बालबालिकासम्बन्धी ऐन २०४८ को धारा ७मा क्रुर वा यातनापूर्ण व्यवहार गर्न नहुने स्पष्ट हुँदाहुँदै बाल मैत्री शिक्षाको मर्म र भावनाविरुद्ध भएको यो घटनाले हामीलाई अत्यन्त दुखित बनाएको छ । शिक्षकबाटै भएको बालअधिकार विपरीतको यस घटनाबाट लोकतन्त्र र मानवअधिकारको उपहास भएको हाम्रो ठहर छ । तसर्थ, कुनै पनि बहानामा यस्ता घटनाहरू पुनः दोहरिन नदिन हामी सबै सरोकार पक्षसँग आग्रह गर्दछौं ।

घाइते बालिकाको तत्काल उपचारको व्यवस्था गर्न र घटनामा संलग्न शिक्षकलाई कारबाही गर्न इन्सेक सप्तरी सम्बन्धित निकायसँग माग गर्दछ ।

मानवअधिकार र सामाजिक न्यायका निम्ति
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मनोहरकुमार पोखरेल
सप्तरी जिल्ला कार्यालय (जिल्ला प्रतिनिधि)
राजविराज–७, मो. न. ९८५२८२१०२१ इन्सेक, सप्तरी
http://www.inseconline.org
http://www.insec.org.np

BRB Tweets


I had been wondering for quite a while why Dr Babu Ram Bhattarai was not showing his presence in twitter. The prime minister had been bashed, criticized, and ridiculed in every social medium by immature youth and  journalists for too long now.

BRB’s recent decisions – such as CA dissolution, Ms Hisila Yami’s aristocracy, and his handling of Kumar Lama and Dekendra Thapa cases – had spurred a wide-scale criticism in social media. It was high time the youth friendly, technology conscious, and populist leader appear in the mass to defend himself.

And came the proletarian with the red flag – @brb_laaldhwoj. In less than a week, he has attracted more than 8,000 followers – probably the most by any prominent Nepalese personality (apart from @prabalgurung).

He is in twitter for “substance, not frivolities.” He is, apparently, not only justifying his political decisions but also gathering suggestions from the youth.
BRB

The PM does seem to have found what he has been looking for. Some optimists are feeding him with constructive suggestions. Some have even created new twitter accounts to interact with the intellectual PM. Spotting those ideas, however, in the mockery filled mention-page, must be like searching needle in the hay.

As for the public, the effort necessary to make voices heard has been reduced to nominal. We no longer need Chakka-jam, Nepal-bandh, and tire-burning ceremonies – these will continue to take place for the next decade or more though – to show our frustration. Nor do we need to telephone Hello-Sarkar program to show our concern for national and local issues.

In twitter, BRB still gets bashed and mocked. The mass, however, is slowly getting positive. It has, after all, suddenly found the chief executive among themselves. He is only a tweet away while his contemporary politicians are not.

Unfortunately, there is little meaning in all this media fuss when, as a care-taker PM, BRB’s tenure and authority are in question. To add, it would have been worthwhile if BRB was really the right person to drive the country (he is not, in my opinion. See my blog post).

If the PM wants to envision something anyway, he should envision a clean governance. If he wants to fight something, he should fight nepotism and corruption.

That said, happy tweeting Mr PM.


Related :
Is Bhattarai Nepal’s Ultimate Savior?

महिला-हिंसा बिरुद्धमा २०१३

तस्वीर सौजन्य - हिमाल खबरपत्रिका
तस्वीर सौजन्य – हिमाल खबरपत्रिका

हिजोआज ‘महिला हिंसा’ले व्यापकता पाएको छ । भारतको नयाँ दिल्लीमा सार्वजनिक सवारी साधनमा भएको ‘दामिनी’ माथिको सामुहिक बलत्कार, नेपालको त्रिभुवन विमानस्थलभित्र भएको युवतीमाथिको लुटपाट र बलत्कार, बारा जिल्लाकी बिन्दु ठाकुरको आगो लगाई गरिएको हत्या, आदि समाचारका हेडलाइनहरूमा आएका छन् । र यस्तै समाचारहरू थपिँदै छन् ।

करिब एक वर्ष अगाडि मैले तेजाब-हिंसाबाट उत्पिडित महिलाको बारेमा सानो ब्लगपोस्ट  राखेको थिएँ । अहिले बलत्कार र हत्यासम्बन्धी घटनाहरू बढी चर्चामा आएका छन् । के महिला-हिंसा केही समय यता बढेका नै हुन् त ?

हिंसाको संख्या बढेकै हुन् या हैनन्, त्यो त सम्बन्धित संस्थाहरूका तथ्यांकले देखाउलान् । तर यो चाहिँ जरूर हो कि – मेडिया र विशेष गरी सामाजिक सञ्जालको व्यापक बिस्तार (प्रयोग)ले गर्दा यस्ता मुद्धाले प्राथमिकता र आवाज भने पाएका छन् । पहिले-पहिले यस्ता समाचारहरू मेडिया हाउसहरूको control मा हुन्थ्यो । ‘महत्त्व’का राजनैतिक घटनाका बिचमा ‘महिला-हिंसा’ले कम प्राथमिकता पाउँथे । र, त्यो बेलाका घटनाहरू घट्थे र  टर्थे (बिर्सिइन्थे) । त्यो पर्खाल बिस्तार ढल्दै छ र ‘साधारणत’ बाहिरन नआउने/नल्याइएने गरेका यस्ता मुद्दाहरू बाहिर निस्कँदै गरेका छन् ।

राजनैतिक उथल‍—पुथलका बिचमा समानता र समावेसीताका नाराहरू खुब चले । जातिका कुरा, धर्मका कुरा, वर्गका कुराले पर्याप्त ठाउँ पाए । महिला सहभागिताको बारेमा पनि कम बहस भएनन् । तर ती सबै राजनैतिक कुर्चीको वरिपरिका विषयलाई लिएर बहस भए । basic लेभलका कुराहरूमा बहस भएनन् । र यो कुरा अहिले (सामाजिक सञ्जाल र मेडियाको सहयोगले) बाहिर आउन थालेका छन् ।

हाम्रो समाज पितृसत्तात्मकताले कुहिएको छ । ऐतिहासिक र सांस्कृति रूपमा भोग्नु परेको विभेदहरूलाई यो पोस्टमा चर्चा नगरौँ । त्यसका बारेमा अनेक ग्रन्थहरू छन् । तर, हामी आफ्नै वरपर पनि देख्न सक्छौँ — घरमा, स्कूलमा, कलेजमा, र काममा हरेक ठाउँमा — स्त्रीहरू सानैदेखि महिलाहरूले सधैँ अघोषित मानसिक यातना भोगिरहेका हुन्छन् । झन सार्वजनिक स्थान, भिडभाड, र सवारी साधनहरूमा त उनीहरू पुरूषहरूको तल्लो स्तरका व्यवहारबाट पिल्सिएका हुन्छन् ।

अहिले चर्चामा आएका केसमा त अभियुक्तहरूले उचित (?) सजाय पाउलान् नै । अभियुक्तहरू ‘सोर्स-फोर्स’को ‘सदुपयोग’ गर्न खोज्लान्, पीडित र बाँकी समाजले त्यसो नहुन दबाब देलान् । हामीले उत्तर दिनुपर्ने प्रश्न त यो छ कि भविष्यमा महिलाबिरूद्धका हिंसा घटाउन के गर्ने ?

पहिलो त, कानूनको राज्य हुन पर्यो । संबिधानै नभएको देश कसरी कानूनी राज्य हुन सक्छ ? अर्को प्रश्न आउला । तर ‘महिला-हिंसा’को मुद्दा राजनैतिक विषयभन्दा अलग छ र कुनै पनि राजनैतिक दलका मुद्धाहरूसँग बाझिँदैनन् पनि । देशको यो तरल अवस्थाका बाबजुद न्याय सुनिश्चित गर्नको निमित्त प्रहरी र नागरिकको बिचमा समन्वय गर्नु सिवाय बिकल्प छैन । ‘कानूनी राज्य’ नआएसम्म सचेत समूहले पीडितको तर्फबाट दबाब दिइरहनु जरूरी छ । त्यसैले OccupyBaluwatar जस्ता movement हरूको महत्व छ ।

दोश्रो, र त्योभन्दा महत्त्वपूर्ण कुरा हो – घर र पाठशालामा बच्चाहरू (र बिशेष गरी केटाहरू) लाई नैतिक शिक्षा र आत्म-अनुशासन सिकाउने । मलाई लाग्छ नेपाल पछाडि पर्नुको सबभन्दा मूख्य कारण नै अनुशासनहिनता (जुनकुनै क्षेत्रमा पनि) हो । बिदेशमा पराईको निर्देशन पाउँदा चुँ-सम्म नगरी फटाफट काम गर्नेहरू नेपाल फर्कँदा चुरी-फूरी देखाउँछन् । घरभित्र बाघ बनेर बस्ने हाम्रो मानसिकतालाई परिवर्तन नल्याएसम्म समाजका कथिक ‘कमजोर’ वर्ग (महिला, minority, र गरीब) माथिको शोषण कम हुने सम्भावना छैन ।

केही सम्बन्धित समाचार

नयाँ वर्ष २०१३ शुरु भैसकेको छ । अन्य वर्षहरू झैँ २०१२ पनि हामी नेपालीहरूको लागि धेरै अर्थमा निरर्थक रह्यो । यो वर्षमा भने महिलाबिरूद्धको हिंसा नियन्त्रण जस्तो पवित्र (र आधारभूत) मुद्दामा केही फड्को मार्न सकियोस् – शुभकामना छ । सचेत वर्गमा अपील छ – आफ्नो ठाउँबाट सहयोग र हातेमालो गरौँ ।

जनवरी १, २०१३

ईतिहासले सम्झन बिर्सेको योद्धा – योगमाया न्यौपाने

भर्खर मात्रै मैले नेपाली ईतिहासमा नपढाइएको व्यक्ति योगमाया न्यौपाने र च्याप्टरको बारेमा पढ्न पाइयो । हुन त केही वर्ष पहिले उनको बारेमा पुस्तक र डकुमेन्ट्री पनि निस्केको रहेछ, तर पढिएको थिएन ।

जन्म – विक्रम संवत् १९२३, नेपाले डाँडा, भोजपुर
मृत्यु – विक्रम संवत् १९९८ असार ३१ गते शनिबार

उबेलाको राणाकालमा त्यत्तिको साहसी र विद्वान व्यक्ति रहेछ, हाम्रो ईतिहासले केही बोल्ने प्रयास गरेन । ईतिहास लेख्ने जित्नेहरूले हो । र उनले सुरू गरेको जनचेतना र कार्यकर्ताहरू अरुण नदीसँगै बिलाएपछि त्यो सन्देश बोक्ने कोही भएन । भर्खरै मात्र उनको बारेमा मूल्यांकन हुन थालेको रहेछ । पढ्न योग्य सामग्रीहरू तल छ ।

सन्दर्भ सामग्री

माधव ढुंगेलको samachardaily.com मा राखिएको पठनीय लेख हराउन लागेको अवस्थामा रहेछ । त्यसैले यहाँ समावेश छ ।

योगमायाको विद्रोह र सिनेमाको कथा – माधव ढुंगेल

पत्याउनै पनि अप्ठ्यारो लाग्ने इतिहास हामीसँग रहेछ । एउटी महिलाको नेतृत्वमा ६८ जना समाजसँग विद्रोह गरेर अरुण नदीमा फाल हालेर मरे । सरकारले उनीहरूलाई पागल भन्यो । फेरि पनि एउटा गजबको प्रश्न छ, पागलहरू ६८ जना भेला हुन्छन् नै कसरी ? फेरि मर्ने सल्लाह कसरी गर्छन् र खोलामा फाल हालेर किन मर्छन् ? डेढ सय वर्ष अगाडि एउटी बालिकाको जन्म हुन्छ, भोजपुरको मजुवा गाउँमा, न्यौपाने परिवारमा । नाम राखिन्छ योगमाया । योगमाया न्यौपाने सात वर्षकी छँदा रामहरि कोइरालासँग बिहे हुन्छ । दुई वर्षपछि रामहरि मर्छन् । नौ वर्षकी हुँदा योगमाया विधवा हुन्छिन् । सासू-ससुराले पोइटोकुवी भन्छन्, हेला गर्छन् । नौ-दश वर्षकी छँदा दिनभरी वनमा बाख्रा चराउँछिन् र रातपरेपछि जुठाभाँडा माझिसकेर बाख्रासँगै खोरमा सुत्न जान्छिन् । मान्छेहरूबाट हेपिएपछि बाख्रा नै उनका साथी हुन्छन् । जुठाभाँडा र कामहरू उनका आफन्त हुन्छन् । उमेर कच्चा भए पनि उनी घरकी बुहारी हुन्, त्यसमाथि पनि पोइ मरेकी बुहारी । यातना उनले धेरै पाउँछिन् । बाख्राको खोरमा र पिंढीमा सुत्नुपर्ने त छँदैछ, कहिलेकाहीं भोकै सुत्नुपर्छ । काम गर्दा गल्ती भयो भने उनले पाउने सजाय पनि अमानवीय छ । अगेनामा मकैका खोया थुपारेर उनलाई भित्र राखिन्छ र आगो सल्काएर ढोका थुनिन्छ । धुवाँमा निस्सासिएर उनी बस्नुपर्छ तर मर्दिनन् ।

यातना सहन नसकेर किशोरी योगमाया घरबाट भाग्छिन् । माइत जाने बाटो नदेखेर रातभरि उनी वनमै बस्छिन् । घरको यातनाभन्दा जंगलको डर उनलाई सजिलो लाग्छ, फर्केर घर जान्नन् । जंगलमा दुई रात हराएपछि तेस्रो दिन योगमाया माइत पुग्छिन् । त्यहाँ पनि उनको स्वागत हुँदैन । माइतीलाई छोरीको घर बिग्रेला भन्ने चिन्ता हुन्छ । उनीहरू योगमायालाई घर पठाउन चाहन्छन् । उता घरबाट योगमायालाई नस्वीकार्ने सन्देश आउँछ । सन्देशमा भनिएको हुन्छ, ‘दुई-दुई रात जंगलमा हराएकीलाई बुहारी मान्न तयार छैनौं । कोसँग हराएकी हो उसैसँग जाओस् ।’ योगमायालाई तिरस्कार गरिन्छ । घरको अपमान र माइतीको हेला सहेर पनि योगमाया बाँच्छिन्, मर्दिनन् । बालविधवा हुनुको जे सजाय पाउनु पर्ने थियो, त्यो पाउँछिन् र हरेक ढंगले एक्लो बाँच्छिन् । मुहारकी राम्री र व्यवहारले खारिएकी हुँदा गाउँमा पछि लाग्ने केटाहरू भने नभएका होइनन् । वनजंगल र घाँस दाउरा गर्दै केही वर्ष बित्छ १७ वर्षकी भएपछि गाउँकै प्रजापति डोट्यालसँग आसाम पुग्छिन् । आसाममा उनकी छोरी जन्मिन्छन्, नाम राखिन्छ, नैनकला । गाई पालेर, मजदुरी गरेर घरगृहस्थी राम्रै चल्छ । गाउँमा पुराण लागेको हुन्छ । योगमाया दम्पति पुराण सुन्न जान्छन् । छोरी पनि साथमा हुन्छे । पण्डितको मुखबाट उनले सुन्छिन्, ‘परपुरुषसँग लागेकी महिला रौरव नर्कमा पर्छे, पुरुष भए पनि नर्कमा पर्छ ।’ यो सुनेर योगमाया दम्पतिलाई चिन्ता लाग्छ । उनीहरूले उपाय खोज्छन् । पण्डितले उपाय सुल्झाउँछन्, ‘प्रायश्चित्त ।’

साँझ योगमाया दम्पत्ति अँध्यारो मुख लाएर घर फर्किन्छन् । निदायो कि भनेर यसो हेर्‍यो पति पनि निदाउन सकेका छैनन् । रातभरि उनीहरू छटपटिन्छन्, कसरी छोड्नुहोला यस्तो जोडी ? फेरि नरकको डर पनि त कम्ती छैन । कसैसँग सल्लाह लिऊँ भने यस गाउँमा पनि हेपिनु पर्ने उपेक्षित हुनु पर्ने हुन्छ । अन्ततः आँखाभरि आँसु पारेर लोग्नेस्वास्नी निर्णय गर्छन्, ‘प्रायश्चित्त हामीले गर्नैपर्छ । यो जुनी त यस्तै भयो, ऊ जुनी हामीले सपार्नै पर्छ । रौरव नर्कको यातनाभन्दा बरु हामी बेग्लै बसौं, प्रायश्चित्त गरौं ।’ छुट्टिने कुराले दुवैलाई पीडा दिन्छ । रुन्छन् र पनि छुट्टिन्छन् । छोरी लिएर योगमाया नेपाल फर्किन्छिन् । पति भने आसाममै बस्छन् । माइतमा उनलाई स्वीकार गरिन्नँ । बाबुआमाले भित्र छिर्न दिंदैनन् । भाउजू गंगाले उनलाई आफ्नोमा लान्छिन् । दाजुभाउजूकोमा बसेर काम गर्छिन्, छोरी हुर्काउँछिन् र गम्भीर क्षणहरू बिताउन एकान्तमा जान्छिन् ।

एकदिन उनको कानमा पर्छ, नैनकलाका बाबु पनि आसाममै मरे । मरे, असाध्यै दुःखको कुरो । योगमायाको मन एकतमासको हुन थाल्छ । उनी जीवनका बारेमा सोच्न थाल्छिन् । धर्म, इश्वर, पाप, पुण्य, सन्यास, योग यी विभिन्न विषयमा बुझ्न थाल्छिन् । मानव जीवनका दुःखहरूलाई जान्न चाहन्छिन् । अनुभवले जे सिकायो त्यही बोल्छिन्, गहिरा असन्तोषका आवाज सुसेल्छिन् । उनको सुसेली नै एउटा शक्ति बन्छ । अक्षर चिन्न नसके पनि उनी कविताहरू जन्माउन थाल्छिन् । एकदिन योगमायाले तीर्थयात्रीको लर्को देख्छिन्, स्वर्गद्वारी जानका लागि हिंडेको देख्छिन् । चुपचाप पछि लागेर, छोरी र दाजुभाउजू छोडेर योगमाया चैतन्य महाप्रभु अभयानन्द द्वितीयकहाँ पुग्छिन् । स्वर्गद्वारीमा एकखालको दीक्षित भएर योगमाया फेरि गाउँ फर्किन्छिन् । गाउँमा भोकमरी हुन्छ । धनीमानी बस्नेतहरूले अन्न थुपारेका छन् र महँगोमा गाउँलेलाई बेचिरहेछन् । खोलापारि अर्को गाउँमा सस्तो अन्न लिन जाने गरिब गाउँलेहरूलाई बस्नेतहरूले टिक्न दिंदैनन् । खोलाको साँघु भत्काइदिन्छन् र गाउँलेमाथि शोषण गर्छन् ।

योगमाया धुनी बालेर बस्छिन्, रुद्राक्षको माला लाउँछिन्, बिगुतको तीनधर्के टीका लाउँछिन्, कपाल नकोरी झाँक्रो फिँजाएर आसनमा बस्छिन् । उनको छेउमा पाँच-छ फिट उचाइको त्रिशूल ठडाइएको हुन्छ । त्यहीं बसेर उनी आँखा चिम्लेर धारा प्रवाह प्रवचन दिन्छिन् । सामाजिक अन्यायको विरोध गर्छिन् र गरिब, पीडित गाउँलेहरूलाई साथ लिन्छिन् । त्यसका लागि उनले धर्मको साहरा लिन्छिन् किनभने गाउँलेहरूले बुझ्ने र आकषिर्त हुने कुरा त्यही हो । योगमायाले आफ्ना भक्त वा अनुयायीहरूलाई जातपात नमान्न निर्देशन दिन्छिन्, सतीप्रथा र छुवाछूतको विरोध गर्छिन् । उनको समाजमा दतिल र बाहुन एकै हुन्छन्, साहू र पण्डितहरूको विरोध हुन्छ । यसबाट गाउँ भाँडेको, परम्परा मिचेको, अनाचार गरेको र समाजमा विकृति फैलाएको निहुँ निकालेर सामन्तहरूले उनलाई लखेट्न खोज्छन् । पण्डितहरूसँग योगमायाको युद्ध चल्छ, पुराण लगाएको ठाउँमा मारपिट चल्छ र धेरै गाउँलेहरू घाइते हुन्छन् । अन्ततः योगमायाको जित हुन्छ । अब योगमायालाई दबाउनका लागि भोजपुर र धनकुटाका समेत सामन्तहरू सरकारी सुरक्षाको भर पर्छन् । गाउँका बस्नेतहरू भने योगमायासँग मिल्न बाध्य हुन्छन् । लडाइँको क्षेत्र फराकिलो हुन्छ र योगमायाको चर्चा पनि फराकिलो हुन्छ ।

योगमायाले मानवताका पक्षमा शासन गर्न र भइरहेको बेथिति सुधार्नका लागि राजा त्रिभुवनलाई पत्र लेख्छिन् तर त्यो राजाकहाँ पुग्दैन । जुद्धशमशेरले बीचैमा रोक्छन् र योगमायाका कुरा सुन्छन् । उनले राजपण्डितहरूको सभा बोलाएर एउटा शास्त्रार्थ नै चलाउँछन् जसमा पण्डितहरू हार्छन् र योगमायाले जित्छिन् । अब शासकदेखि लिएर ठूला पण्डितहरू उनका विरोधी हुन्छन् । जुद्धशमशेरले माग पूरा हुने आश्वासन दिएर योगमायालाई मोहन शमशेरलगायतका भतिजाहरू साथ लाएर फकाइफुल्याई गाउँ फर्काउँछन् । उनी गाउँ त फर्किन्छिन् तर माग पूरा हुँदैन बरु राज्यपक्षबाट बारम्बार अप्ठ्याराहरू आइपर्छन् । यो सरकार र राज्यले आफ्ना कुराहरू नसुन्ने, यस्तो व्यवस्थामा सामाजिक न्याय नपाइने पक्का भएपछि योगमायाले एउटा भव्य यज्ञ गर्ने योजना बनाउँछिन् र राज्य र सरकारको विरोध गर्दै त्यस महायज्ञमा आफूले अग्नि समाधि लिने घोषणा गर्छिन् ।

यो घोषणाले तत्कालीन राणासरकारलाई ठूलो चुनौति सिर्जना गर्छ । भोजपुरबाट धनकुटा हुँदै तत्काल यो खबर काठमाडौं पुग्छ । धार्मिक प्रवृत्तिका राणाहरू यस खबरले आत्तिन्छन् । जसरी उनीहरू ब्राह्मण, सन्यासी आदिको हत्यालाई ठूलो अपराध मान्थे, ठीक त्यसैगरी योगमाया नामकी बाहुनी जोगिनीको हत्याको पाप बोक्न पनि चाहँदैनथे । योगमायाका साथ लागेर २ सय ४० जना भक्तहरू अग्निसमाधि लिंदैछन् भन्ने खबर सुन्नेबित्तिकै केन्द्रको निर्देशनमा धनकुटाबाट माधव शमशेर आवश्यक सेनासहित यज्ञस्थल पुग्छन् र यज्ञ भाँडेर मानिसहरूलाई अग्निसमाधिबाट रोक्छन् । योगमायासहित धेरै भक्तहरू भोजपुर र धनकुटाका जेलमा पर्छन् । केन्द्रको आदेशले महिलाहरूलाई तीनमहिनामा छोडिन्छ र पुरुषहरूलाई अनुकूलता हेरी क्रमशः जेल मुक्त गरिन्छ । जेल मुक्त गर्दा उनीहरूलाई एउटा कागजमा सही जराइन्छ जसमा लेखिएको हुन्छ, ‘अब हामी मर्ने छैनौं, केही गरी मर्‍यौं भने कानुनअनुसार सहुँला, बेहोरुँला ।’

यस्तो उल्लु कागज गराएर छोडिएका मान्छेमध्ये ६८ जनाले वि.सं. १९९८ आसार शुक्ल एकादशीका दिन अरुण नदीको उर्लंदो भेलमा फाल हालेर जलसमाधि लिन्छन् । आफ्ना जहान छोराछोरी पनि फाल हानेर मर्लान् भन्ने डरले कतिले घरका झ्यालढोका लगाएर मानिसलाई थुन्छन् र जोगाउँछन् । यसरी तत्कालीन सरकार फेरि एकचोटि असफल हुन्छ । नेपालको इतिहासबाट लामो समय हराएको यो घटना अहिले फेरि ब्युँतिएको छ र यसले राष्ट्रियस्तरमा चर्चा पाइरहेको छ । इतिहासमा बिरलै देखिने यस किसिमको विद्रोह संसारकै एउटा महत्त्वपूर्ण विद्रोह हो । यसले नेपालको बलिदानी इतिहासलाई गौरवशाली तुल्याएको छ । सिनेमाको कथा झैं लाग्ने यो सामाजिक विद्रोहको घटनाबाट निर्देशकहरूले मौलिक नेपाली चलचित्र निर्माण गर्न सक्छन् र कसैले यो आँट गर्नु जरुरी पनि छ ।

(फोटो सौजन्यः नइ प्रकाशन)

Forget Kathmandu

Just finished Manjushree Thapa‘s non-fiction – Forget Kathmandu: An Elegy for Democracy.

This book does not have a specific genre – it is a mixture of historical, social, and political analysis of Nepal. It highlights Nepal’s autocratic history and its struggle for democracy.

Forget Kathmandu opens with the 2001 royal massacre and immediate events that followed. It vividly describes the hysteria and chaos during the aftermaths of the massacre. The royal massacre, the author argues – to which that I totally agree – is a deja vu of several historical events that we have witnessed over centuries marred with dirty politics. The author narrates the modern Nepalese history to prove her point.

The book showcases the extreme madness the ruler-class exhibited, right from the formation of modern Nepal. The kings, queens, princes, princesses, courtiers, concubines and everyone around the thrones have been foul-playing — and mass-murdering in extreme cases — to clinch and to stick to power. To list some – Prithvi Narayan Shah’s unfair attack on Kathmandu during Indrajatra, Rana Bahadur Shah’s insanity, Bhimsen Thapa murdering 90+ to consolidate power, Bhimsen Thapa’s own tragic end, Jung Bahadur’s rise in power through massacres, Sumsher family’s frequent coups among themselves, Mahendra’s coup, and so on and so on.

Discussed also is the six decades of political instability since the end of Rana regime – the political struggle after 2007BS, first elections and Mahendra’s coup, 2036 referendum, 2046 restoration of democracy and beyond. Then starts the CPN-Maoists’ People’s War, the armed struggle of the proletarians aimed at freeing themselves from centuries of suppression and poverty.

In the final chapter, the author depicts her experience of her travel to the remote villages of Karnali region, the areas that were worst hit by the Maoist war.

In all, this book is a precious resource for anyone interested in Nepalese history and social demography. It depicts all the imbalance there is between rich and poor, urban and rural, bourgeois and proletariat, educated and illiterate, and men and women.

The best aspect of this book is that the author is bold, frank, and fair – whether it be about the historical details or about Gyanendra, Paras, and massacre or about the political parities or the Maoists.

I am glad I read Forget Kathmandu. It gave me a good insight on Nepalese society during Panchayat times – when I was just a kid. Also it gave first hand details on the events during 2000-2005 – when I was already abroad. The author’s experience during her trip to Karnali region is also something that we rarely see in the literature.

Highly recommended!

About the author:
Homepage : http://www.manjushreethapa.com/
Twitter page : @manjushreethapa