गत हप्ता टोकियोमा Nepal Engineers Association, Japan Center (NEAJC) ले एक दिवशीय सेमिनार आयोजना गर्यो ।
कार्यक्रमको बारेमा टोकियो-नेपाल डट कमले समाचार राखेको रहेछ । त्यतै पढ्दा ठिक होला – इन्जिनियर्स एशोसिएशन जापानको विचार-गोष्ठी सम्पन्न
कार्यक्रममा त्यस्तै २५-३० जना जति सरिक हुनुहुन्थ्यो । त्यसलाई निकै बाक्लो उपस्थिति मान्नु पर्छ । मूख्य अतिथिका रूपमा नेपाली राजदूत डा मदनकुमार भट्टराई आउनुभयो । र पहिलेका कार्यक्रमहरूका राजदूतावास प्रतिनिधिले झैँ भाषण र फोटो-सेसन सकेर बाहिरिनु भयो ।
सधैँ झैँ बाँकी कार्यक्रम पनि रमाइलो र ज्ञानबर्धक दिन रह्यो । जापानका बिभिन्न ठाउँबाट पाल्नुभएका ईन्जिनियरहरूसँग भेट भयो । गफहरू आदानप्रदान गर्ने मौका मिल्यो । नयाँ पुराना-इन्जिनियरहरूले आफ्ना-आफ्ना अनुसन्धान र अनुभवहरू सुनाउनुभयो । NEA-JC र व्यवस्थापन समितिका प्रमूख ध्रुव पन्थीलाई धन्यवाद!
कार्यक्रमको रुपरेखा हेर्नको लागि यता क्लिक गर्नुहोस् । र मेरो प्रस्तूतिको स्लाइडहरू हेर्न यहाँ क्लिक गर्नुहोला ।
मेरो प्रेजेन्टेसनका मूख्य बुँदाहरू यसप्रकार रहेका थिए –
- सफ्ट्वेयर बिकासबारे सामान्य धारणा कस्तो छ र वास्तविकता कस्तो हुन्छ ?
- सफ्ट्वेर किन र केका लागि ?
- सफ्ट्वेर बिकासक्रममा प्रोजेक्ट शुरु गरेदेखि रिलिज गरून्जेलसम्म के-कस्ता काम गरिन्छ ?
- सफ्ट्वेयरहरूको मूल्यांकन कसरी गरिन्छ ?
- IT प्राविधिक हुनको लागि के-कस्ता क्षमता चाहिन्छ ?
- सफल IT प्राविधिकहरूका के-कस्ता गुण हुन्छन ?
- उपसंहारमा – सफ्ट्वेयरमा कोडिङ् बाहेक अन्य काम पनि छन्। अन्य क्षेत्रमा झैँ सफल हुन परिश्रम र smartness चाहिन्छ ।
प्रमूख अतिथि बिदा हुनु अगाडि लिइएको सामुहिक तस्वीर । सौजन्य – सुदर्शन भण्डारी