जेठ ३०, २०७३ मा नयाँ शक्ति नेपालले १५ वर्षमा (अर्थात् सन २०३१) प्रतिव्यक्तिको आय ६३० बाट ७,००० अमेरिकी डलर पुर्याउने ‘अर्जुनदृष्टि’ सर्वजनिक गरेछन् ।
सुन्नमा त कर्णप्रिय लाग्ला नै, तर कत्तिको व्यवहारिक छ, गणितीय दृष्टिले हेर्दा प्रतिवर्ष आयदरको वृद्धि कति आवश्यक छ? दुई तरिकाले Simulation गरी हेरौं ।

१) पहिलो तरिका अन्तर्गत, प्रत्येक वर्ष करीब १७%को दरले बृद्धि भयो भने २०३१मा ‘लक्ष्य’ हासिल गर्न सकिने रहेछ ।
२) अर्को तरिका, शुरुमा कम वृद्धिदर । तर बिकासले गति लिन थालेसँगै वृद्धिदर बढ्ने । त्यसो भयो भने प्रत्येक वृद्धिदर नै २.०८% ले बढ्दै गयो भने लक्ष्य हासिल गरिदो रहेछ । जस्तै २०१७ मा २.०८% ले बढ्ने, २०१८ मा ४.१६%, २०१९मा ६.२४, २०२० मा ८.३२%, गर्दै एवम् रीतले २०३१मा ३१.२% ।
लौ @NayaShaktiNEP र @brb1954 को लागि KPI नै भयो । यी अंकहरू व्यवहारिक कि अव्यवहारिक उनीहरू नै जानून् । 🙂
यो ग्राफ हेरिहेर्दा, मनमा लागेका दुई तर्क:
१) २० वर्षमा १३,००० भन्देको भए झनै लोकपृय होइने रहेछ किन चुकेछन् खै ।
२) १५ वर्ष लगातार सरकार पाएको खण्डमा यो वृद्धि ल्याइदिन्छु भनेका हुन् कि सरकारमा भए नि सडकमा भए नि ल्याउँछु भनेका हुन्, किलिएर भएन ।